१६ जनाले जिते कोरोना, ३५ जना विभिन्न अस्पतालमा उपचारत

वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमित निको भएपछि डिस्चार्ज भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार डिस्चार्ज भएको जानकारी दिए ।

योसहित नेपालमा उपचारपछि निको भएर डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ। हाल संक्रमितको संख्या ५१ पुगेको छ । धनगढीमा १, वीरगन्ज ३, भरतपुर १ र विराटनगरमा ३० को उपचार भइरहेको छ ।  सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रदेश २ मा थप परीक्षण विस्तार गर्ने काम भइरहेको प्रवक्ता डा. देवकोटाले बताए । ‘करिब १५ सय भन्दा बढी नुमना परीक्षण गर्ने लक्ष्यमा १ हजार २७ को नमुना संलकन भएको छ, डा. देवकोटाले भने, संकलन भएको नुमना परीक्षणको क्रममा रहेका छन् ।’

उदयपुर जिल्लालाई फोकस गरेर गत हप्तामा ४ सय १३ नमुना संकलन परीक्षण भएकोमा थप ३ सय ३७ नुमुना परीक्षण कार्य भइरहेको डा. देवकोटाले बताए ।

झापाको दमकमा १ जना संक्रमित भटिएसँगै उहाँको वरपरि भेटिएका ५० जनाभन्दा बढी को नमुना संकलन कार्य भइरहेको र प्रदेश ५ मा यो हप्तामा नमुना संकलन गर्ने योजना राखेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय