१७ हजार २५ जना क्वारेन्टाइनमा , १ सय १० रेड जोनमा

कोरोनाका आशंकामा हालसम्म १७ हजार २५ क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ५१ हजार ३ सय ६७ नमुना परीक्षण भएको छ ।

जसमध्ये पिसिआरबाट ९ हजार ९ सय ३१ र र्‍यापिड टेस्टबाट ४१ हजार ४ सय ३६ नुमना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घन्टामा २ हजार ९६ वटा नमुना परीक्षण भएको छ ।

कुन प्रदेशमा कति नुमना परीक्षण भए ?
हालसम्म प्रदेश १ मा ४ हजार ३ सय ८, प्रदेश २ मा ५ हजार १ सय ४१ , बागमती प्रदेशमा ७ हजार ५ सय ९१नुमना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

त्यसैगरी, गण्डकी प्रदेशमा ४ हजार ९ सय २४, प्रदेश ५ मा ३ हजार ३ सय २६ , कर्णाली ४ हजार ९ सय ७४ र सुदुरपश्चिम प्रदेशमा ११ हजार १ सय ७२ नमुना परीक्षण भएको छ ।

हालसम्म आइसोलेसनमा १ सय १० जना रहेका छन् । काठमाडौं उपत्यकामा ६ र उपत्यका बाहिर ८४ जना रहेका छन् । रेडजोनमा २ सय ९६ जना रहेका मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जनाकारी दिए ।  नेपालमा हालसम्म ५१ संक्रमित संख्या पुगेको छ भने १६ जना निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय