पूर्वीनाकाको भारतीय भूमिमा सयौं नेपाली अलपत्र      

झापासँग सिमाना जोडिएका भारतीय क्षेत्रमा सयौं नेपाली अलपत्र छन्। काँकडभिट्टादेखि कुमरखोसम्मको सीमा नाकामा २ सयभन्दा बढी नेपाली केही दिनदेखि अलपत्र परेका हुन्।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सीमावर्ती भारतीय क्षेत्रमा  नेपाली उद्दारको पर्खाइमा रहेको बताए।

झापासँग सिमाना जोडिएका  भारतीय क्षेत्रहरु लुवागढ, नकसलबाडी, पानीट्यांकी, खोरीबारी, गलगलिया, ठाकुरगञ्ज, धिघलबैक, महेशपुरलगायत  क्षेत्रबाट सयौं नेपालीलीले उद्दारका लागि आग्रह गरिरहेको मेची अभियानका संयोजक विजय डालमियाले बताए।  पानीट्यांकीमा मात्रै ८७ जना नेपाली अलपत्र परेका छन् ।

‘कतिपय नेपाली भारतीय क्वारेन्टाइन, कतिपय आफन्त र कतिपय अलपत्र अवस्थामा रहेका छन्’, सभापति ढकालले भने , ‘स्वदेश आउनका लागि १२० जनाले नाम टिपाएका छन्, अरु ५०/ ६० जना रहेको जानकारी आएको छ।’

उनीहरुलाई स्वदेश आउनका लागि कसैले प्रहरी, सामाजिक अभियन्ता र कसैले आफन्त मार्फत नाम टिपाएको संयोजक डालमियाले बताए।

उनीहरुलाई स्वदेश प्रवेश पछि बस्नका लागि भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको साइन्स ब्लकमा एक सय बेडको क्वारेन्टाइन तयार गरिसकिएको छ। झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले थप क्वारेन्टाइन निर्माणका लागि नेपाली सेनाले काम गरिरहेको बताए। उनीहरुलाई नेपाल ल्याउने तयारी भइरहेको पनि प्रमुख जिल्लाअधिकारीले बताए।

झापाको पुरानो सदरमुकाम झापा बजार र कुमरखोद क्षेत्रबाट शनिबार लुकीछिपी  २० / २५ जना नेपाल प्रवेश गर्ने प्रयास गरेका थिए। तर उनीहरूलाई त्यहाँ रहेको सशस्त्र प्रहरीको बोर्डर अप्रेसन पोस्ट ( बिओपी ) को जनशक्तिले भारततिरै फर्काइ दिएको छ। सीमा क्षेत्रबाट नेपालीहरु मकैबारी तथा चियाबगानमा लुकेर बसेको र नेपाल छिर्ने प्रयास गरिरहेको स्थानीयको भनाइ छ।

त्यसरी सीमामा अलपत्र परेका र  नेपाल छिर्न प्रयास गरिरहेकाहरु रुपन्देही, नवलपरासी र परासी पश्चिम कर्णाली प्रदेशसम्मका भएको बताइएको छ। झापाका ५ देखि १० प्रतिशात पनि नभएको सभापति ढकालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय