नाममात्रको नगरपालिका हो, कोरोनासँग लड्न केही पनि छैन : मेयर विष्ट

पछिल्लो समय सुदुरपश्चिममा पाँचजनामा कोरोना भाइरस संक्रमण देखिएपछि सुदूरबासी त्रसित छन्। भैतिक विकासका साथै स्वास्थ्य सेवामा समेत देशमै सबैभन्दा पछाडि परेको सुदूर यतिबेला कोरोना कहरमा परेको छ।

सुदूरका सर्वसाधारणमा कोरोनाका कारण सन्त्रास छाएको छ। सुदुरका जनप्रतिनिधिलगायत सर्वसाधारण चिन्तित छन्। रोजिरोटीका र रोजगारीका लागि भारत पस्नु सुदूरको बाध्यता हो। उनीहरू हातमुख जोड्नकै लागि भारत जान्छन्।

यसैबीच बझाङ बुङ्गल नगरपालिकाका मेयर धनबहादुर विष्टले कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामग्री अभाव भएको गुनासो गरेका छ्न्।

नगरपालिकासँग कोरोना परीक्षण गर्ने स्वास्थ्य सामग्री नभएकाले रोकथाम तथा नियन्त्रण गर्न कठिन रहेको भन्दै उनले प्रदेशसँगै केन्द्रीय सरकारसँग गुनासो गरेका हुन्।

‘कोरोना संक्रमण सुदूरपश्चिममा बढिरहेको छ। सुदूरका अधिकांश नागरिक रोजगारीका लागि भारत पस्छन्। पछिल्लोपटक बाहिरबाट आउनेको संख्या बढिरहेकाले सुदूर जोखिममा छ,’ मेयर विष्टले भने, ‘तर, हामीसँग स्वास्थ्य सामग्री नै छैन।’

‘नगरका गरिब, विपन्न तथा ज्याला मजदुरी गर्ने सर्वसाधारणलाई पहिलो चरणमा १ सय ५० क्विन्टल चामल, १ सय पेटी तेल, १० क्विन्टल नुन तथा दाल ल्याइसकेका छौं’,

बुङ्गल नगरपालिका भए पनि नगरपालिकामा हुनुपर्ने सेवासुविधा नभएको बताउँदै मेयर विष्टले क्वारेन्टाइनमा रहेका सर्वसाधारणलाई सोधेर भाइरसको लक्षण थाहा पाउनुपरिरहेको गुनासो गरे।

नगरपालिकामा भारतबाट अहिलेसम्म १ सय ९२ सर्वसाधारण आएका छन्। जसमा १ सय ५४ जनालाई क्वारेन्टाइनमा राखी तोकिएको समयपछि घर पठाइसकेको छ भने बाँकी ३८ जनालाई १४ दिन नपुगेकाले क्वारेन्टाइनमै राखिएको छ।

अहिलेसम्म क्वारेन्टाइनमा बसेर घर फर्किएका र क्वारेन्टाइनमा बसिरहेका कसैमा पनि कोरोना भाइरस लक्षण नदेखिएको नगरपालिकाले जनाएको छ।

‘क्वारेन्टाइन बसेर घर फर्किसकेका १ सय ५४ र अहिले बसिरहेका ३८ जनामा कुनै लक्षण देखिएको छैन। कोरोना रोकथाम तथा नियन्त्रण गर्न नगरपालिकाले साबुन र मास्क वितरण गर्नुका साथै स्वयंसेवक परिचालन गरी जनचेतना फैलाउने काम गरिरहेको छ,’ विष्टले भने।

नगरका अधिकतम सर्वसाधारण कामका लागी भारत जाने र कोरोना भाइरसको संक्रमण फैलिएपछी घर फर्किनेहरुको संख्या बढेपछी रोकथाम तथा नियन्त्रणका लागी भन्दै नगरपालिकाले नगरका ८ भन्दा बढी विधालयमा करिब २ सय बेडको क्वारेन्टाइन निर्माण गरेको छ।

नगरभित्र रहेका गरिब विपन्न र दैनिक ज्यालादारी गरी गुजरा हर्नेहरुको तथ्यांक संकलन गर्ने काम भइरहेको र उनीहरुलाई राहात वितरण गर्ने काम अघी बढिरहेको नगरपालिकाले बताएको छ।

‘नगरका गरिब, विपन्न तथा ज्याला मजदुरी गर्ने सर्वसाधारणलाई पहिलो चरणमा १ सय ५० क्विन्टल चामल, १ सय पेटी तेल, १० क्विन्टल नुन तथा दाल ल्याइसकेका छौं’, मेयर विष्टले भने, ‘नगरपालिकामा स्वास्थ्य सामग्री अभाव खड्किएको छ।‘

‘थर्मल गन, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) लगायत स्वास्थ्य सामग्री अभावले स्वास्थ्यकर्मीलाई जोखिम भएको छ। सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्नसमेत समस्या छ। गाउँपालिकालाई सबै व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ,’

कोरोना रोकथाम तथा नियन्त्रण गर्न नगरपालिकाले ३० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ।

उनका अनुसार नगरपालिकाका अधिकांश सर्वसाधारण विभिन्न सिमानाकामा अलपत्र परेका छन्। गौरिफन्टा, गड्डाचौकी, झुलाघाट तथा दार्चुला नाकामा सयौं अलपत्र छ्न।

‘उनीहरू केही गरिदिनुपर्‍यो भनेर दुःख पोख्छन् तर हामी केही गर्न सक्दैनौं,’ नगरप्रमुख विष्टले भने, ‘दार्चुलामा मात्रै बुङ्गलका ३ सय बढी नागरिक अलपत्र छन् भन्ने खबर पाएका छौं।’

गाउँपालिकाले छोटीबगड, सुवालेक र गनैलेक गरी तीन ठाउँमा कोरोना संक्रमण परीक्षण गर्न हेल्थ डेस्क स्थापना गरेको छ।

‘थर्मल गन, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) लगायत स्वास्थ्य सामग्री अभावले स्वास्थ्यकर्मीलाई जोखिम भएको छ। सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्नसमेत समस्या छ। गाउँपालिकालाई सबै व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ,’ उनले भने।

नगरपालिकाकामा एउटा एम्बुलेन्स रहेको र त्यसलाई तयारी अवस्थामा राखिएको छ।

भारतलगायत बाहिरबाट आएकाहरूका कारण संक्रमणको जोखिम बढेको भन्दै मेयर विष्टले सुदूर खतरामा रहेको गुनासो गरेका छन्।

‘सुदूरपश्चिम कोरोना संक्रमणको केन्द्र बन्न सक्छ। यसमा सरकारले विशेष पहल गर्नुपर्छ,’ मेयर विष्टले भने, ‘सुदूर जोखिममा गइसकेको छ, कोरोनासँग लड्न सरकारले विशेष रणनीति ल्याउनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय