विश्व कोरोना कहर : एकै दिन ६ हजार बढीको मृत्यु, ९० हजार बढी नयाँ संक्रमित थपिए

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विश्वमा एकै दिन ६ हजार बढीको मृत्यु भएको छ भने साढे ९० हजार बढी नयाँ बिरामी थपिएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आइतबार विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ हजार ६५ जनाले ज्यान गुमाएका छन् भने ९० हजार ६ सय ३६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

योसँगै बिश्वमा कोरोना भाइरसको महामारीबाट २ लाख ३ हजार २ सय ८९ जनाको मृत्यु भएको छ भने २९ लाख २१ हजार २ सय १ जनामा संक्रमण रहेको पुष्टि भएको छ।

संक्रमितमध्ये ८ लाख ३६ हजार ९सय ७०जना उपचारपछि निको भएर फर्किसकेका छ्न अन्य दिनहरुमा जस्तै शनिबार पनि कोरोना भाइरसबाट मर्नेको सबैभन्दा ठूलो संख्या अमेरिकामा रहेको छ। कोरोनाका नयाँ बिरामी पनि सबैभन्दा बढी अमेरिकामा नै थपिएका छन्।

शनिबार अमेरिकामा २ हजार ६५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ भने ३५ हजार ४ सय १९ नयाँ संक्रमित थपिएका छन। यो संगै अमेरिकामा ९ लाख ६०हजार ८सय ९६ जनामा भाइरसको संक्रमण देखिएको छ भने ५४ हजार २ सय ६५ जनाको ज्यान गएको छ।

स्पेनमा शनिबार कोरोना भाइरसका कारण ३ सय ७८ जनाले ज्यान गुमाएका थिए। सोही दिन स्पेनमा कोरोनाका ३ हजार ९ सय ९५ जना नयाँ बिरामी अस्पताल पुगेका थिए। यसरी स्पेनमा २ लाख २३हजार ७सय ५९ सन्क्रमितमध्ये २२ हजार ९ सय २ जनाको मृत्यु भएको छ।

इटालीमा शनिबार थप २ हजार ३ सय ५७ जनामा कोरोना संक्रमण देखिएको थियो, जहाँ उक्त दिन ४ सय १५ जनाको मृत्यु भयो। इटालिमा अहिलेसम्म १ लाख ९५ हजार ३ सय ५१ जनामा संक्रमण देखिएको छ भने २६ हजार ३सय ८४ जनाको ज्यान गएको छ। शनिबार फ्रान्समा ३ सय ६९ जनाको मृत्यु भएको छ भने १ हजार ६ सय ६० जना नयाँ बिरामी थपिएका छन। यो संगै फ्रान्समा सन्क्रमितको संख्या १ लाख ६१ हजार ४सय ८८ पुगेको छ भने २२ हजार ६ सय१४ जनाको मृत्यु भएको छ।

जर्मनीमा शनिबार थप १ हजार ४ सय १९ जना कोरोनाका नयाँ बिरामी शनिबार थपिएका छन भने १ सय १३ जनाको ज्यान गएको छ। जर्मनीमा हाल्सम्म १ लाख ५६हजार ५सय १३ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुस्टी भएको छ भने ५ हजार ८सय ७७ जनाले ज्यान गुमाएका छ्न।

त्यस्तै बेलायतमा शनिबार कोरोनाका कारण ८ सय १३ जनाको मृत्यु भएको छ भने ४ हजार ९ सय १३ जना कोरोनाका नयाँ बिरामी थपिएका छन। बेलायतमा रहेका १ लाख ४८हजार ३ सय ७७ जना सन्क्रमितमध्ये २० हजार ३ सय १९ जनाको मृत्यु भइसकेको छ। टर्कीमा शनिबार २ हजार ८ सय ६१ जना नयाँ संक्रमित थपिएका छन भने , जहाँ संक्रमित्मध्ये १ सय ६ जनाको मृत्यु भएको छ। यो संगै टर्किमा १ लाख ७ हजार ७ सय ७३ जना सन्क्रमितमा २ हजार ७ सय ६ जनाले ज्यान गुमाएका छन।

इरानमा शनिबार ७६ जनाको मृत्यु भएको थियो भने १ हजार १ सय ३४ जना नयाँ बिरामी थपिएका थिए।हालसम्म इरानमा ८९ हजार ३सय २८ जनामा भाइरस रहेकोमा ५ हजार ६ सय ५० जनाको मृत्यु भएको छ। रुसमा शनिबार ५ हजार ९ सय ६६ जना कोरोनाका नयाँ बिरामी थपिएका छन भने ६६ जनाको मृत्यु भएको छ। यो संगै रुसमा ७४ हजार ५ सय ८८ जना सन्क्रमितमा ६ सय ८१ जनाको ज्यान गएको छ भने ब्राजिलमा शनिबार कोरोनाका कारण ३ सय ७५ जनाले ज्यान गुमाएका छन भने सोही दिन ६ हजार २ सय १ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्। यो संगै ब्राजिलमा ५९ हजार ३सय २४जनामा संक्रमण देखिएको छ भने ४ हजार ५७ जनाको मृत्यु भएको छ।

शनिबार बेल्जियममा थप १ हजार ३२ जनामा संक्रमण रहेको भेटिएको छ भने ४५ हजार ३सय २५ जना सन्क्रमितमध्ये ६ हजार ९सय १७ जनाको मृत्यु भएको छ। त्यस्तै नेदरल्यान्डस्मा रहेका ३७ हजार १ सय ९० जना सन्क्रमितमा ४ हजार ४ सय ९ जनाले ज्यान गुमाएका छ्न। स्वीट्जरल्यान्डमा २८ हजार ८सय ९४ जनामा संक्रमण देखिएको छ भने १ हजार ५सय ९९ जनाको मृत्यु भइसजेको छ। छि

मेकी देश भारतमा अहिलेसम्म २६ हजार २सय ८३ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुस्टी भएको छ भने ८ सय २५जनाको मृत्यु भएको छ। नेपालमा अहिलेसम्म ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ जसमा १२ जना उपचारपछि घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय