भारतबाट ४५ दिनपछि बुटवलसम्म आएर उद्धार पर्खाइमा

हेल्थपोस्ट नेपाल

रुपन्देही तिलोत्तमा नगरपालिकाको एक क्वारेन्टाइनमा २६ दिनदेखि १० जना उद्धार पर्खिरहेका छन्। भारतका विभिन्न ठाउँबाट आएका उनीहरू स्थानीय तहसँगको समन्वय हुन नसक्दा थप क्वारेन्टाइनमै बसिरहेका छन्।

नेपाल प्रवेश गर्नका लागि तीन दिन नेपाल-भारत सीमा बेलहियामा पर्खेका उनीहरूले सुनौलीमा २४ दिन बिताएका थिए। त्यसपछि शुक्रबार उनीहरूलाई तिलोत्तमाको शंकरनगर दुर्गा दत्त माविमा बनाइएको क्वारेन्टाइनमा ल्याइएको हो।

आरडिटी सहित स्वास्थ्य जाँच गरी ल्याइएका १ सय जनामध्ये उनीहरु टाढाका जिल्लाका भएपछि क्वारेन्टाइनमै राखिएको स्थानीय प्रशासनको भनाई छ ।

त्यसरी थपिएका १० जनाहरु विभिन्न जिल्लाका छन् ।

भारतबाट घर जान भनेर हिँडेको ४६ दिन बितिसकेको छ। उनीहरु भारतको दिल्ली, गाजियाबाद, हरियाणालगायतका ठाउँबबाट आएका हुन्। नेपाल भारत सिमाना सुनौलीसम्म उनीहरु १३ दिन हिँडेर आइपुगेका थिए।

भारतबाट घर जान भनेर हिँडेको ४६ दिन बितिसकेको छ। उनीहरु भारतको दिल्ली, गाजियाबाद, हरियाणालगायतका ठाउँबबाट आएका हुन्। नेपाल भारत सिमाना सुनौलीसम्म उनीहरु १३ दिन हिँडेर आइपुगेका थिए।

आफ्नो गाउँ ठाउँमा रहेको स्थानीय सरकारले आफुहरुलाई सक्दो छिटो क्वारेन्टाइनबाट उद्दार गर्न उनीहरुले सामुहिक माग गरेका छन्। गाउँमा पुगेर आफुहरु क्वारेन्टाइनमै बस्न समेत तयार रहेको खोटाङका दिपक दर्जीले बताए । उनी भारतको हरियाणादेखि हिँडेको ४६ दिन पुगिसकेको बताए । ‘भारतको क्वारेन्टाइनमा २५ दिन बस्यौं’ उनले भने, ‘घर पुग्न खल्तीमा पैसा छैन। यहाँ आएको दुई दिन भयो यो क्वारेन्टाइनले कहिले छाडिदिने हो ?’

उनीहरु आएसँगै क्वारेन्टाइनमा बस्नेको संख्या २८ जना पुगेको स्वास्थ्य निरीक्षक रामेश्वर ढकालले जानकारी दिए । त्यसमध्ये ५ जना महिला छन् भने २३ जना पुरुष छन् ।

स्वास्थ्य निरीक्षक ढकालले उनीहरुलाई भारततर्फको क्वारेन्टाइनमा पूरा अवधि राखिएको हुँदा सम्बन्धित स्थानीय तहले पहल गरे पठाउन सकिने बताए । ‘उनीहरु संगै आएकाहरु स्थानीय तह र विभिन्न व्यक्तिको पहलमा हिजै घरतर्फ गए’ स्वास्थ्य निरीक्षक ढकालले भने, ‘यहाँ बस्नेहरुलाई पनि जिम्मेवारी लिन आए पठाउन सकिन्छ।’

उनीहरुलाई घरसम्म पठाउनका लागि क्वारेन्टाइनको ९८५११७९१९७ र ९८५७०६०६१५ वा टोलफ्रि नंं. १६६०७१५६६६६ मा सम्पर्क गर्न सकिनेछ।

१. सुजन कडेल, धादिङ रोराङ गाउँपालिका

२. एकराज कडेल, धादिङ रोराङ गाउँपालिका

३. रमशे बहादुर खड्का, बाग्लुङ गल्कोट नपा

४. यम बहादुर खड्का, बाग्लुङ गल्कोट नपा

५. शेरबहादुर खड्का, बाग्लुङ गल्कोट नपा

६. खेमराज शर्मा , बाग्लुङ जैमिनी नपा

७. सञ्जय अर्याल, स्याङजा पुतली बजार नपा

८. करन बहादुर बडकामी, जाजरकोट भेरी नपा

९. दिपक दर्जी , खोटाङ रुपाकोट मजुवागडी नपा

१०‍. बुद्धीराज दर्जी , मोरङ सुन्दरहरैया नपा



Leave a Reply

Your email address will not be published. Required fields are marked *