चितवनका कोरोना संक्रमित युवा निको भएर फर्किए घर

चितवनका कोरोना संक्रमति युवा निको भएर अस्पतालबाट घर फर्किएका छन्। भरतपुर अस्पतालमा उपचारत २७ वर्षीय युवा १० दिनपछि डिस्चार्ज भएर (आज) शनिबार घर फर्किएका हुन्।

लगातार दुईपटक कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए।

उनकी आमाको भने परीक्षण रिपोर्ट अझैं उपचारत छिन्।  चैत ३ गते बेलायतबाट नेपाल आएका आमा-छोरा दुवैमा वैशाख ५ गते  कोरोना संक्रमणको पुष्टि भएको थियो।

सुरुमा आमालाई आरडिटी परीक्षण गर्दा कोरोना देखिएपछि आमा छोरा दुवैको पिसीआर गरिएको थियो। दुवैजनालाई कोरोनाको लक्षण भने देखिएको थिएन। अव चितवनमा एक जनामात्र कारोना संक्रमित उपचाररत छिन्।

आइतबारको स्वाब परीक्षण निगेटिभ भएमा ति महिला पनि डिस्चार्ज हुनेछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय