दुबईबाट घर आएका युवाले बुबालाई कोरोना सारे, तर आफूलाई भएन

भारतसँग सीमा जोडिएको सुदूरपूर्वको जिल्ला झापा पनि कोरोना संक्रमणबाट अछुतो रहन सकेन।

झापा दमक नगरपालिका३ का ६२ वर्षीय वृद्धमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको देखिएको छ।

दमक नगरपालिकाका अनुसार उनका ३४ वर्षीय छोरा दुबईबाट ३४ दिनअघि आएका थिए। शुक्रबार बिहान मात्र संक्रमित वृद्धउनकी श्रीमतीयुवा र उनकी श्रीमतीको स्वाब परीक्षण गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो।

कोरोना महामारीको त्रास व्यापक थियो। देश ‘लकडाउन’ गर्नेबारे सरकारी तहमा छलफल घनिभूत भइरेका बखत चैत ७ गते दुबईबाट छोरा फर्किएका थिए।

उनी आउँदै कोरोनाको लक्षण देखिएका थिएनन्। रुघाखोकीज्वरो थिएन।       

ती युवामा गरिएको आरडिटी टेस्ट पोजेटिभ देखिएको छ। यसकाे मतलव उनलाई दुबईमा भाइरस सरिसकेकाे थियाे। तर उनकाे प्रतिराेधात्मक शक्तिले भाइरस निस्क्रय भएकाे हुनसक्ने चिकित्सककाे आंकलन छ। आरडिटीमा पूरानो संक्रमण पनि पाेजेटिभ देखिनसक्छ। श्रीमतीको पनि आरडिटी पोजेटिभ छ। आमाको पनि। उनकाे बुवालाई पनि।  

अर्थात्, ती युवालगायत अन्य तीन जनामा कोरोनाको सम्भावना बलियो छैन। तर बुवालाई भने स‌ंक्रमण पुष्टि भयाे। आरडिटीमा सबैकाे पाेजेटिभ नतिजा आएपछि चारैजनाकाे पिसिआर परीक्षण गरिएकाे थियाे। त्यसमा ती युवाका बुवालाई मात्रै संक्रमण देखियाे। आरडिटीमा पाेजेटिभ देखिएपछि त्यसलाई निर्क्याेल गर्नका लागि पिसिआर गरिन्छ।

चिकित्सकका अनुसार आरडिटी पोजेटिभ देखिनु कोरोना सम्भावना निकै कम हो। दमकका बृद्धलाई छोराबाटै सरेको हुनुपर्छ भन्नेमा डाक्टरहरू एकमत देखिन्छन्।

ती युवाबाट भाइरस सरिसकेपछि उनको शरीरमा कोरोनासँग लड्न सक्ने ‘एन्टिबडी’को विकास भएको हुनुपर्छ। ‘उनले कसैलाई सारिसकेपछि उनको शरीरमा एन्टिबडी बनेको हुनुपर्छत्यसले भाइरसलाई हराइदिएको हुनुपर्छ,’ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाविकास साह भन्छन्।

तरबाबुलाई सर्ने भाइरस अरूलाई किन सरेन? श्रीमतीलाई पनि भएन। आमालाई पनि भएन। 

के बृद्धबाहेक अन्यको शरीरमा पनि ‘एन्टिबडी’ले काम दिएको हो?

यी प्रश्नहरूको उत्तर डाक्टरहरूले तत्कालै दिन सकेका छैनन्।  

अरूमा कोरोना संक्रमण तेस्रो चरणमा पुगेर निष्क्रिय भएको हुनसक्ने तर्क चिकित्सकको छ।

कोसी अञ्चल अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डासंगीता मिश्रका अनुसार आरडिटी पुरानो इन्फेक्सन हो। पिसिआर नयाँ हो। बृद्धमा पिसिआर पोजेटिभ देखिएको हो।

‘सम्पूर्ण केश हिस्ट्री हेरेर मात्र भन्न सकिन्छ कि भाइरसको विकास क्रम कसरी चल्यो,’ उनले भनिन्।

दमकका बृद्धबाहेककाको सन्दर्भमा पुनपरीक्षणहरू जरुरी रहेको उनले बताइन्। यो अनुसन्धान गरिरहनु पर्ने विषय पनि बनेको छ। डाक्टरहरूले उनीहरूलाई निगरानीमा राख्ने बताएका छन्।

कोरोना संक्रमित ६२ वर्षीय बृद्धको घरमा बुधबार मात्रै मरिमराउको काम सकिएको थियो। दमक नगरपालिकाका मेयर रोमनाथ ओलीका अनुसार संक्रमण पुष्टि भएका बृद्धकी सासुआमाको १२ दिनअघि मृत्यु भएको थियो।

आमाको निधन भएपछि संक्रमित बृद्धकी श्रीमती घरमा किरिया बसेकी थिइन्। ओलीका अनुसार उनकी दिदी पनि इटहरीको हाँसपोसाबाट दमक आएकी थिइन्। काजकिरियामा बस्ने क्रममा त्यो घरमा दमककै ६७ र ९ नम्बर वडाबाट थुप्रै मानिसहरूको भिड लाग्थ्यो।

यसकारणत्यो क्षेत्रमा कोरोनाको जोखिम अन्य व्यक्तिलाई पनि हुन सक्ने शंकाहरू उत्पन्न भएका छन्। ‘कम्तीमा त्यो क्षेत्रका सय जनाको परीक्षण आवश्यक देखिएको छ,’ ओलीले भने‘जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरेर हामी काम थाल्दैछौं।’  

वैदेशिक रोजगारीबाट फर्किनेहरूको तथ्यांक संकलन गर्ने क्रममा प्रहरी ती युवाको घर पुगेको थियो। इलाका प्रहरी कार्यालय दमकका अनुसार उनीहरू सबैको आरडिटी परीक्षण ११ गते भएको थियो।

सबैको आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि भोलिपल्ट स्वाब संकलन गरिएको थियो। स्वाब लिँदा बृद्धमा कोरोना पुष्टि भएको थियो।

मेयर ओलीले संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ थाल्ने तयारी भइरहेको बताए।

दमक३ कृषिजन्य ठाउँ हो। ‘लकडाउन’ जारी भए पनि यहाँका मानिसहरू कृषि पेशामा सक्रिय नै थिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय