‘ट्रम्प आफ्ना राजनीतिक आसेपासेका सिफारिसमा औषधिकाे वकालत गर्दैछन्’

कोरोना भाइरसको सम्भाव्य भ्याक्सिन विकासमा संलग्न अमेरिकी निकायका निर्देशकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘टक्कर’ लिएका कारण आफ्नो पद गुमाएका छन्।

कोभिड–१९ उपचारमा वैज्ञानिक रूपले प्रमाणित भइनसकेको औषधिको उपलब्धतालाई व्यापक बनाउने ट्रम्पको प्रस्ताव डा. रिक ब्राइटले स्विकार गरेनन्।

ट्रम्पलाई मन नपर्नुको मतलब तत्काल केही न केही भइहाल्छ।

डा. ब्राइटले सन् २०१६ देखि बायोमेडिकल एडभान्स्ड रिसर्च एन्ड डेभलपमेन्ट अथोरिटि (बिएआरडिए) को नेतृत्व सम्हालेका थिए।

फरक मत राखेका कारण बिएआरडिएको निर्देशकबाट आफूलाई हटाइएको डा. ब्राइटले बताएका छन्।

‘कोभिड–१९ नियन्त्रण गर्न सरकारले विनियोजन गरेको अर्बौं डलर वैज्ञानिक उपयोगीताबिनाको औषधि, भ्याक्सिन तथा अन्य प्रविधिमा भन्दा सुरक्षित तथा वैज्ञानिक रूपले परीक्षण गरिएको समाधानमा खर्च गरिनुपर्छ भन्ने अडानका कारण मलाई हटाइएको हो,’ वक्तव्य जारी गर्दै डा. ब्राइटले भनेका छन्, ‘म मेरो आवाजलाई बुलन्द बनाइरहेको छु किनकि यस घातक भाइरस नियन्त्रणविरुद्धको युद्धमा राजनीति वा आसेपासेको राजनीतिक नियुक्तिले भन्दा पनि विशुद्ध वैज्ञानिक वा विवेकशील समाधान निकाल्नुपर्छ भन्ने मेरो मान्यता रहिआएको छ।’

ट्रम्प सरकार यतिबेला राजनीतिक पहुँचवालाहरुको हितमा प्रमाणित नभएको औषधिको प्रवद्र्धनमा लगानी गर्न लागिपरेको डा. ब्राइटको आरोप छ।

यस मामिलामा उनको स्वास्थ्य तथा मानव सेवा विभागका सचिव एलेक्स अजार र पूर्व–तयारी तथा प्रतिकार्य विभागका सहसचिव काड्लेकसँग असहमति थियो।

स्वास्थ्य तथा मानव सेवा विभागका एक उच्चाधिकारीले डा. ब्राइटले आफ्नो वक्तव्यमा ‘राजनीतिक नेतृत्व’भनेर लक्षित गरेको ब्यक्ति अजार नै भएको दाबी गरे ।

म मेरो आवाजलाई बुलन्द बनाइरहेको छु किनकि यस घातक भाइरस नियन्त्रणविरुद्धको युद्धमा राजनीति वा आसेपासेको राजनीतिक नियुक्तिले भन्दा पनि विशुद्ध वैज्ञानिक वा विवेकशील समाधान निकाल्नुपर्छ भन्ने मेरो मान्यता रहिआएको छ।’

स्वास्थ्य तथा मानव सेवा विभागका कायममुकायम सहसहायक सचिव केट्लीन ओक्लेले ब्राइटको भनाइको सत्यतामाथि प्रश्न खडा गरेका छन्।

‘डा. ब्राइट बिएआरडिए छोडी नेशनल इन्स्टिच्युट्स अफ हेल्थमा नियुक्त भएका छन्,जहाँ उनले नयाँ परिक्षणको विकास तथा प्रयोगमा काम गर्नेछन्,’ ओक्लेले भनेका छन्, ‘डा ब्राइटले नै फुड एण्ड ड्रग एडमिनिष्ट्रेशनसमक्ष हाइड्रोक्सिक्लोरोक्विनको आकष्मिक प्रयोगको अधिकार (आइयूए) का लागि अनुरोध गरेका थिए।’

डा.ब्राइटको दाबी फरक छ। कोभिड–१९ को उपचारका लागि ‘सर्वरोगनाशकऔषधी’ भनेर ट्रम्प प्रशासनले चर्चा गरिरहेको हाइड्रोक्सिक्लोरोक्विनको व्यापक प्रयोगलाई आफ्नो मात्रै प्रयासबाट सीमित गर्न सकेको उनको भनाई छ।

ह्वाइट हाउसको व्रिफिङमा ट्रम्पले यो औषधि अहिलेसम्मको सबैभन्दा प्रभावकारी समाधान भनेर जिकीर गर्दै आएका छन्।

बिहिबार आयोजित पत्रकार सम्मेलनमा डा. ब्राइटलाई हटाइएकाबारे प्रश्नमा ट्रम्पले अनौठो जवाफ दिए।

‘मैले यसबारे केहि पनि सुनेको छैन । यो कहिले भएको हो र ?’ उनले प्रतिप्रश्नगर्दै भने।

अनुवादित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय