‘विश्व–लकडाउन’ ले फेरिएको प्राकृतिक सुन्दरता

पछिल्ला केही दशक विज्ञान र प्रविधि विकासका नाममा प्रकृतिको अत्यधिक दोहन भइरहेको छ।

औद्योगिकरणले वातावरण बिगार्ने हरित गृह ग्यास निष्कासन बढिरहेको छ। जसले गर्दा हावाको गुणस्तरमा गिरावट आई मानिसको प्राणरक्षक हावा अब प्राणभक्षकका रूपमा परिवर्तित हुँदेैछ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर वार्षिक ४२ लाख मानिस बाहिरी वायु प्रदुषण र ३२ लाख मानिसको घरभित्रको वायु प्रदुषणका कारण मृत्यु हुन्छ।

सन् २०१९ अन्तिमतिर चीनको उहान प्रान्तबाट संसारभर फेैलिएको महाव्याधि नयाँ कोरोनासँग लड्न प्रमुख अस्त्रका रूपमा लागू गरिएको लकडाउनले मानिसको देैनिक जीवनयापन कष्टकर बनाए पनि वातावरणीय प्रदुषण कम गर्न सुनौलो मौका साबित भएको छ।

एसिया क्षेत्रमा उत्सर्जन हुने नाइट्रोजनडाइअक्साइडको ५० प्रतिशत हिस्सा कोरोनाको उद्गमस्थल मानिएको चीनले ओगट्छ।

चीनमा मात्र वार्षिक १२ लाख मानिस वायुप्रदुषणका कारण ज्यान गुमाउँदै आएको तथ्याङ्क छ।

कोरोना महामारीका कारण चीन करिब ३ महिना ठप्प भयो। लकडाउन भयो। सारा उद्योगधन्दा ठप्प भए। सवारीहरु बन्द रहे। जसका कारण वायुमा पिएम २को मात्रामा २० देखि ३० प्रतिशतसम्म कमी आएको अध्ययनहरुले देखाएका छन्। पिएम २ हावामा मिसिने प्रदूषित कणहरुको इकाई हो।

स्ट्यान्डर्ड विश्वविद्यालयको एक अध्ययनका अनुसार चीनमा नाइट्रोजन डाई अक्साइडको उत्सर्जन ४० प्रतिशत कमी भयो। त्यो पनि यही लकडाउनको अवधिमा।

उक्त अध्ययनका अनुसार वातावरणीय प्रदुषणमा आएको यो कमीका कारण चीनमा ५३देखि ७७ हजार मानिसको ज्यान जोगिएको छ। जसमा बालबालिका र बृद्धबृद्धाहरु अझैं जोखिममा थिए।

यसरी वातावरणमा देखिएका यी नाटकीय परिवर्तन हेर्दा लाग्छ, प्रकृतीले कोरोनाको डर देखाएर हामीलाई भविष्यमा हुनसक्ने अझैं भयानक दुर्घटनाहरुबाट बचाउन खोजिरहेको छ।

युरोपियन स्पेश एजेन्सीको स्याटेलाइटले देखाए अनुसार लकडाउनको कारणले जनवरी अन्तिम र फेब्रुवरीको सुरुमा नाइट्रोजन डाइअक्साइडको उत्सर्जन एशिया र युरोपका ठूला सहर र औद्योगिक क्षेत्रमा अघिल्लो वर्षको यही समयमा भन्दा ४०प्रतिशतले कमी आएको छ।

विश्वका सबभन्दा प्रदुषित दश सहर मध्ये छ वटा प्रदूषित सहर भारतमा छन्। त्यहाँ पनि लकडाउनका कारण वायु प्रदूषणमा कमी आएको छ। जब कि चीनमा कोरोनाको संक्रमण फैलिनुभन्दा केही महिना अघिमात्रै भारतमा वायु प्रदुषणका कारण दिल्लीलगायत केही सहरमा विद्यालयहरु बन्द गरिएका थिए। सवारी सञ्चालनमा कमी ल्याउन ‘जोर बिजोर’ प्रणाली लागु गरिएको थियो।

यो लकडाउनका बेला विश्वकै प्रदुषित सहर मध्य पहिलो र तेस्रो स्थानमा रहेका अहमदाबाद र नयाँ दिल्लीमा वायु प्रदुषणमा ५०प्रतिशतले कमी आएको छ।

युरोपियन स्पेश एजेन्सीको स्याटेलाइटले देखाए अनुसार लकडाउनको कारणले जनवरी अन्तिम र फेब्रुवरीको सुरुमा नाइट्रोजन डाइअक्साइडको उत्सर्जन एशिया र युरोपका ठूला सहर र औद्योगिक क्षेत्रमा अघिल्लो वर्षको यही समयमा भन्दा ४०प्रतिशतले कमी आएको छ।

नासाका अनुसार न्यूर्योक लगायत प्रमख सहरहरुमा वायु प्रदुषण २०१५ दखि २०१९ सम्मको तुलनामा ३०प्रतिशतले कमी भएको छ भने कार्बन उत्सर्जनमा ५० प्रतिशतले कमी आएको छ।

कोरोनाको कहरबाट बच्न नेपालमा पनि विगत एक महिनादेखि ‘लकडाउन’मा छ। काठमाडौं सहर पनि विश्वका सय प्रदूषित सहरमध्ये एक हो। अरु समयमा यहाँको वायु प्रदुषणको मात्रा १५० देखि १८०सम्म हुने गथ्र्याे। काठमाडौंका विभिन्न ठाउँमा राखिएका एयर क्वालिटि इन्डेक्स देखिने यी मात्रा स्वास्थ्यका लागि निकै खतरापूर्ण हुन्।

तर, जब लकडाउन सुरु भयो दोस्रो सातामै केही सुधार भयो र, कतिपय प्वाइन्टहरुमा ५० सम्म झ¥यो। पोखरा, बिराटनगर तथा लुम्बिनीलगायतका सहरमा पनि वायु प्रदुषणमा निकै कमी आएको छ। काठमाडौंका सहरमा वर्षाैपछि कोइलीका स्वर सुनिए।

लकडाउनले वायु प्रदुषणमात्र होइन, जल प्रदुषणमा पनि कमी आएको छ।

भारतकै गंगा, जमुनामा बगेको कन्चन जल र सामुन्द्रिक तटमा नाचिरहेका डल्फिनहरु यसका साक्षी हुन्।

विगतका वर्षको यही समयको तुलनामा हिमालका हिउँ पग्लिने गतिमा पनि कमी आएको छ। विश्वमा तीव्रगतिमा रहेको ‘ग्लोबल वार्मिङ’लाई यो लकडाउनले केही भएपनि चुनौति दिएको छ।

यतिमात्रै होइन, यो महामारीका कारण भएको विश्वव्यापी ‘लकडाउन’ले क्षणिक नै सही तर, प्रकृति र पर्यावरणमा नाटकीय सुन्दरता दिएको छ। यसबाट हामी मानवजातिले पनि पाठ सिक्नुपर्छ। वर्षाैंदेखि विकासको नाममा मानवजातिले प्रकृतिको अमानवीय तरिकाले दोहन गर्दै आएको छ।

यसरी प्रकृतिले कोरोनारुपी हतियार देखाएर मानिसलाई आफैंले बनाएको पिंजडामा थुनिदिएको छ र, प्रकृति आफैं खुल्ने प्रयास गरिरहेको छ। लकडाउका कारणले सवारीसाधन, उद्योग तथा कलकारखानाको संचालनमा आएको कमीले नाइट्रोजन डाइअक्साइड, कार्बनडाइअक्साइड,

कार्बनमोनोअक्साइडजस्ता मानिसको स्वास्थ्यलाई प्रत्यक्ष असर गर्ने ग्यास हुन्। यी श्वासप्रश्वास प्रणाली, स्नायू, मुटु तथा छाला सम्बन्धि घातक रोकका कारक हुन्।

यतिमात्रै होइन, यो महामारीका कारण भएको विश्वव्यापी ‘लकडाउन’ले क्षणिक नै सही तर, प्रकृति र पर्यावरणमा नाटकीय सुन्दरता दिएको छ। यसबाट हामी मानवजातिले पनि पाठ सिक्नुपर्छ। वर्षाैंदेखि विकासको नाममा मानवजातिले प्रकृतिको अमानवीय तरिकाले दोहन गर्दै आएको छ।

यो विश्वमहामारी र लकडाउनका कारण प्रकृतिमा देखिएको यो नाटकीय परिवर्तनले मान्छेलाई पक्कैपनि सिकाएको हुनुपर्छ कि, हामीले प्रयास गर्‍यौं भने पक्कै प्रकृति सुन्दरतालाई केही हदसम्म भएपनि बचाइराख्न सक्छौं।

मान्छेकै क्रियाकलापका कारण बिग्रिएको पर्यावरणीय चक्रलाई केही भएपनि सुधार गर्न सकिन्छ। यो महामारी र लकडाउनमा हामीले पर्यावरणमैत्री विकल्पहरुको बारेमा सोंच्न जरुरी छ।

(लेखक मनमोहन मेडिकल कलेजमा अध्ययनरत, जनस्वास्थ्यकी विद्यार्थी हुन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय