बाँकेको दशगजामा रहेका १ सय ८१ नेपाली २३ दिनपछि फर्किए घर

बाँकेको नेपाल–भारत सीमास्थित दशजगा क्वारेन्टाइनमा राखिएका १ सय ८१ नेपालीलाई घर पठाइएको छ। नेपाल–भारत सीमानाकामा अलपत्र नेपालीलाई गत चैत १८ गतेदेखि बाँकेको दशगजामै क्वारेन्टाइन निर्माण गरी राखिएको थियो।

नेपाल–भारत नाका बन्द भएको बेला भारतका विभिन्न ठाँउबाट घर आएका उनीहरू कोरोनाको जोखिमले गर्दा नाकामा रोकिएका थिए।

बाँके प्रशासनले उनीहरूलाई नेपालगन्ज उपमहानगरपालिका- १५ पिप्रहवाको जमुनाहस्थित दशगजा नजिक अस्थायी क्वारेन्टिन निर्माणगरिएको थियो।

२३ दिनको क्वारेन्टाइन बसाईपछि उनिहरूलाई सम्बन्धित जिल्ला पठाइएको बाँकेका सहायक जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए।

भारतका विभिन्न ठाउँबाट घर आएका उनीहरूलाई कोरोनाको जोखिमले गर्दा नाकामा रोकिएको थियो। जिल्लागत रुपमा पायक पर्नेलाई गाडीको व्यवस्था गरेर घर पठाइएको उपाध्यायले बताए।

सम्बन्धित जिल्लाका स्थानीय निकायसँगको समन्वयमा थप १४ दिन क्वारेन्टाइनमा राख्ने गरी गृहमन्त्रालयबाट आएको मौखिम आदेशका आधारमा उनिहरूलाई गृह जिल्ला पठाएको बताउँदै उपाध्यायले शुक्रबार बेलुका १ सय ८१ जनालाई नै बाँकेबाट विदाई गरिएको जानकारी दिए।

गत चैत्र १८ गते नेपालगन्ज नाका आइपुगेका उनीहरूलाई बाँके प्रशासन र नेपालगन्ज उपमहानगरपालिकाको पहलमा १९ गते उक्त दशगजा नजिक टेन्ट लगाएर बनाइएको क्वारेन्टिनमा राखिएको थियो। नेपाली भूमिमा बस्नका लागि उनीहरूले आन्दोलनसमेत गरेका थिए। २३ दिनसम्म उक्त क्वारेन्टिनमा बसेका उनीहरूलाई बाँके प्रशासनले ७ वटा गाडीमा आफ्नो गन्तब्यमा पुर्‍याएकोछ।

क्वारेन्टाइन बसाइको १५औं दिन उनीहरूको आरडिटी टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो। सबैजनाको रिपोर्ट नेगेटिभ आएपछि बाँके प्रशासन र नेपालगन्ज उपमहानगरपालिकाले घर पठाउन तयारी थालेको थियो।

उपाध्यायका अनुसार दाङदेखि पूर्व झापासम्मका ५७ जना, बर्दियाका १२ जना, मुगु र अछामका २३ जना, सल्यान, रुकुम र जाजरकोटका १४ जना, रोल्पा र प्यूठानका १९ जना तथा दैलेख र सुर्खेतका २८ जनालाई छुट्टाछुट्टै गाडीको ब्यवस्था मिलाएर सम्बन्धित जिल्लासम्म पुर्‍याउने व्यवस्था मिलाइएको हो।

क्वारेन्टाइन बसाइको १५औं दिन उनीहरूको आरडिटी टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो। सबैजनाको रिपोर्ट नेगेटिभ आएपछि बाँके प्रशासन र नेपालगन्ज उपमहानगरपालिकाले घर पठाउन तयारी थालेको थियो। तर, केन्द्र सरकारसँगको प्रभावकारी समन्वय बिनै गरिएको प्रयासलाई गृहले रोकेको थियो। सोक्रामा आक्रोसित भएका उनीहरूले आन्दोलनसमेत गरेका थिए।

सबै प्रक्रिया पूरा गरिसक्दा पनि घर जान नपाउँदा उनीहरूले नेपालगञ्जका मेयर डा. धवल शमशेर राणामार्फत प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएका थिए।

उनीहरूको व्यवस्थापनको लागि प्रदेश सभा सदस्य तथा नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले स्वास्थ्य परिक्षणबाट सबैको अवस्था सामान्य देखिएपछि सम्बन्धित जिल्ला पठाइएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय