‘प्लास्टिकको पिपिई बनाएर लगायौं’

बागलुङमा भेटिएका दुईजना संक्रमित निको भएर घर फर्किसकेका छन्। दुवैको उपचार धौलागिरि अस्पतालमा भएको थियो। लगातार दुई संक्रमित भेटिएपछि स्थानीय तथा स्वास्थ्यकर्मीमा समेत एकखाले मनोवैज्ञानिक त्रास उत्पन्न भएको थियो।

अहिले दुवैजना निको भएर घर फर्किसकेका छन्। हेल्थपोस्टनेपालका अशोक अधिकारीसँग कुरा गर्दै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट  डा. शैलेन्द्र बिक पोखरेलले केही अनुभव साटेका छन् :

कोरोना संक्रमित दुईजनाको उपचार गर्दा के–कस्ता चुनौती आए?

अवश्य पनि चुनौतीहरू छन्, हुन्छन् पनि। चुनौतीहरूलाई योजनाबद्ध रूपमा चिर्दै अघि बढ्ने कोसिस जारी छ। केही इक्यूप्मेन्टको कमी थियो। हामी आफैले स्थानीयस्तरमै डिजाइन गरेर निर्माण गर्‍यौँ। सतर्कताका लागि प्लास्टिकका व्यक्तिगत सुरक्षा सामग्री पिपिई बनायौँ। आर्थिकले भ्याएसम्म खरिद पनि गर्‍यौँ। सुरूआतमा कोरोना भाइरसका संक्रमितको भर्ना गर्ने डेडिकेटेड अस्पताल पनि बनेको थिएन। आइसोलेसन कक्ष निर्माणसहितका योजनाहरू बनाएर काम सुरू गरेपछि सम्भावित चुनौतीहरू विस्तारै पार लागेका छन्। आइसियू निर्माणको प्रक्रिया पनि अघि बढेको छ।

भौतिक संरचनाका हिसाबले अहिले कति बिरामीको उपचार गर्नसक्ने क्षमता छ धौलागिरि अञ्चल अस्पतालको?

अञ्चल अस्पतालकै संरचना, दरबन्दी र मापदण्डमै अहिले काम भइरहेको छ। यद्यपि, अब केही परिमार्जित ढाँचामा अस्पतालको संरचना आउनेमा हामी विश्वस्त छौँ। कुन लेभलको अस्पताल बनाउने भन्ने छलफलकै विषय छ। सकेसम्म यो क्षेत्रका नागरिकलाई हरहालमा स्वास्थ्यसेवा प्रदान गर्ने हाम्रो लक्ष्य हो।

कोरोना महामारीविरुद्धको विशेष चिकित्सकीय सेवा दिने भनेर सरकारले धौलागिरि अञ्चल अस्पताललाई पनि छुट्टयाएपछि स्थानीय, प्रदेश र संघीय सरकारसँग कसरी समन्वय गर्दै हुनुहुन्छ?

तीनै तहका सरकारसँग समन्वय गरेर नै काम अघि बढाउने प्रयत्न भइराखेको छ। अस्पतालका हरेक पक्षको सुधारका लागि हामीले तीनै तहका सरकारसँग समन्वय गर्नुपर्छ। आइसियूको काम पनि धेरै हदसम्म अघि बढेको छ। तीन बेडको आइसियूका लागि मेजर इक्यूपमेन्टहरू जडान गरिसकेका छौँ। बागलुङमा वैदेशिक रोजगारीका लागि जाने आउने मान्छेहरूको चाप हुने भएकाले त्यसबाट उत्पन्न हुने खतराको महसुस हामीले पहिल्यै गरेका थियौँ। आइसोलेसनको तयारी गरेको हुनाले डेडिकेटेड अस्पताल नभए पनि कोरोना संक्रमितलाई राखेर उपचार गर्न सफल भयौँ। आइसोलेसनले मात्रै हुँदैन आवश्यक सामग्रीको प्रबन्ध गर्नुपर्छ भनेर नै आइसियू जडान गरिएको हो। कोरोना संक्रमित भर्ना भएपछि एउटा भेन्टिलेटर पोखराबाट ल्याइएको थियो। दरबन्दी अनुसार कर्मचारी र चिकित्सक नभएका कारण पनि एउटा च्यालेन्ज छ। थप सेवाहरू दिँदा जनशक्तिको अभाव थप समस्याको रूपमा देखिएको छ। जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारसँग कुरा अघि बढाएका छौँ।

अहिले चिकित्सकसहित कति जनशक्ति परिचालन गर्नुभएको छ?

अहिले हामीसँग १० जना कन्सल्ट्यान्ट डाक्टर हुनुहुन्छ। १२–१३ जना मेडिकल अफिसर डाक्टर हुनुहुन्छ। तर, ६ जना मेडिकल अफिसरको मात्रै दरबन्दी हो। करारमा पनि छन्। १६ जना विशेषज्ञको दरबन्दी हो। छात्रवृत्ति करारको डाक्टर भए पनि विशेषज्ञ डाक्टरको दरबन्दी रिक्त नै छ।

बाहिरबाट आएका व्यक्तिलाई टेस्ट गर्नुपर्छ भनेर शंकाको घेरामा रहेका व्यक्तिलाई आइसोलेसनमै राखेका थियौँ। र, रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई डिस्चार्ज गरियो।

बागलुङ नगरपालिकाभित्रै कोरोना भाइरसको संक्रमण देखिएपछि उत्पन्न मनोवैज्ञानिक त्रासलाई कम गर्न चिकित्सकीय परामर्श चाहिँ कसरी सञ्चालन गर्नुभयो?

विभिन्न सञ्चारमाध्यम, टेलिभिजन, रेडियोमा सचेतना जगाउने सन्देश दिइराखेका छौँ। दुई जनामा देखिनासाथ हामीले वाइड रेन्जमा टेस्ट गर्नुपर्छ भनेर हामीले सम्बन्धित परिवारका सदस्यको तत्कालै जाँच ग¥यौँ। परिवारको सदस्यमा नेगेटिभ देखिएपछि अलिकति मनोवैज्ञानिक त्रास कम ग¥यौँ। कोरोनाको संक्रमण कुन रूपमा फैलिएको छ भन्ने कुराको प्रष्ट जानकारी नहुँदा सुरूमा अलिकति संत्रास थियो। सुरूआति अवस्थाको आँकलन गर्न हामीलाई पनि अप्ठ्यारो थियो। साथै पछि ¥यापिड डाइगोनोस्टिक टेस्टलाई तीव्र पा¥यौँ। बाहिरबाट आएका ८ सय जना जतिको ट्रेसिङ गरिएको थियो। ¥यापिड डाइगोनोस्टिक टेस्टबाट थप २ सय गरेर एक हजारभन्दा धेरैको परीक्षण गरियो। यही प्रक्रिया अघि बढाएपछि नै समाजमा केही हदसम्म सुरक्षित महसुस गर्न प्रेरित गरेको हो। रिस्क कम भयो कि भन्ने हाम्रो अनुमान हो। तर देशभरकै स्थिति हेर्दा त १६ बाट ३० भयो, अनि ४० भन्दामाथि पुग्यो। त्यसैले अझै पनि संक्रमितहरू भेट्न–पत्ता लगाउन नसकेको हो कि भन्ने छ। अबको खतरा भारतीय सीमानाकाबाट पनि छ। राति पनि व्यक्तिहरू प्रवेश गर्न सक्ने भएकाले सुरक्षा सतर्कता उच्चतम बनाउन आवश्यक छ। हामीले सबै सरोकारवालाहरू, निर्देशक तह, गृहमन्त्रालय र प्रदेश सरकारलाई यही सुझाव दिएका पनि छौँ। पछिल्लो समय केही कडाई गरिएको छ, सुरक्षाकर्मी थपिएको छ भन्ने सुनेको पनि हो। मुख्य खतरा सीमाबाट भएकाले त्यसतर्फ ध्यान जानैपर्छ। एक महिनाअघि नेपाल प्रवेश गरेका व्यक्तिहरूबाट अब नफैलिएला कि भन्ने अनुमान हो। संक्रमित व्यक्ति भित्रिनबाट रोक्नु नै अहिलेका लागि सबैभन्दा महत्त्वपूर्ण हुन्छ।

दुईजना संक्रमित भए पनि धौलागिरि अस्पतालमा तीनजनालाई आइसोलेसनमा राख्नुभएको थियो नि, किन?

हो, कोरोना संक्रमित बागलुङकै दिदीबहिनी बाहेक एक जनालाई आइसोलेसनमा राखिएको थियो। एक जना पटनाबाट आएका व्यक्तिलाई आइसोलेसनमा राखिएको थियो। बाहिरबाट आएका व्यक्तिलाई टेस्ट गर्नुपर्छ भनेर शंकाको घेरामा रहेका व्यक्तिलाई आइसोलेसनमै राखेका थियौँ। र, रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई डिस्चार्ज गरियो। अन्य दुई जना संक्रमित भएको थाहा भएपछि उहाँहरूलाई आइसोलेसनमा राखेर उपचार थालेका थियौँ।

अस्पतालको सेवा सुचारू छ। इमर्जेन्सी सेवा नियमित सञ्चालन गरिएको छ। अहिले कसैलाई केही भइहालेमा रेफर गर्ने अवस्था पनि नरहेकाले उपचार सेवा दिइरहेका छौँ।

६५ वर्षीया महिला, उमेरसँगै स्वास्थ्य अवस्था पनि अलिकति संवेदनशील नै हुन्छ। कसरी उपचार सम्भव भयो? उहाँको मनोवैज्ञानिक अवस्था कस्तो पाउनु हुन्थ्यो?

१९ वर्षकी संक्रमित युवतीको स्वास्थ्य ठिक छ। अब ६५ वर्षकी महिला दिदी जो हुनुहुन्छ, उहाँ पहिल्यैदेखि दम र उच्च रक्तचापको बिरामी हुनुहुन्थ्यो। जोखिमपूर्ण बिरामी नै भए पनि हामीले राख्यौँ। उहाँको उपचार गरेर घर पठाउन सफल पनि भयौँ। उहाँ उच्च मनोबल र आत्मविश्वासका साथ घर जानु भयो।अस्पतालमा हाम्रो टिमले खटेर गरेको कामको प्रतिफल पनि भन्न सकिन्छ यो सफलतालाई। टिममा विशेषज्ञ डाक्टर साबहरू फिजिसियन डा.प्रदीप श्रेष्ठ, एनेस्थेसियाको डा. सुजन बल्ल, डा. मचिन्द्र लामिछाने हुनुहुन्छ। टिममा मानसिक रोग विशेषज्ञ डा. धिरेन्द्र पौडेल हुनुुहुन्छ। उहाँले संक्रमितहरूलाई मनोवैज्ञानिक रूपमा सशक्त बन्न प्रेरित गर्नुभयो। बिरामीको मानसिक अवस्थालाई हेरेर त्यही अनुसारको ट्रिट्मेन्ट गर्ने, परामर्श दिने गर्नुभयो। हाडजोर्नीको डा. नवीन पौडेल लगायत सम्पूर्ण टिमले काम गरेको हो। हाम्रो सवल पक्ष भनेकै टिम वर्क हो। सम्पूर्ण अस्पताल टिमको प्रयासबाटै यो कार्य सम्भव भएको हो।

सेवा प्रवाहमा कुनै समस्या त आएको छैन नि?

अस्पतालको सेवा सुचारू छ। इमर्जेन्सी सेवा नियमित सञ्चालन गरिएको छ। अहिले कसैलाई केही भइहालेमा रेफर गर्ने अवस्था पनि नरहेकाले उपचार सेवा दिइरहेका छौँ। मेडिकल अफिसर डाक्टरहरूले इमर्जेन्सीको सेवा पनि दिइराख्नु भएको छ। प्रसुति सेवा, आवश्यक शल्यक्रिया सेवामा डा. सौगात कोइराला हुनुहुन्छ। समग्रमा उपचारसेवालाई कुनै कमी हुन दिएका छैनौ। यो क्षेत्रका नागरिकमा धौलागिरि अस्पतालप्रति विश्वास पैदा भएको छ। पहिलेको ट्रेन्ड पोखरा वा काठमाडौँ जानुपर्छ भन्ने थियो। तर, सेवाको स्तरमा बृद्धि भएसँगै अहिले जनविश्वास पनि बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय