विश्व अर्थतन्त्र डुबिरहँदा भेन्टिलेटर बेचेर दिनहुँ अर्बौं कमाउँदै चिनियाँ कम्पनी

कोरोना भाइरसले विश्व अर्थतन्त्र त के विश्व व्यवस्थै कता जाने हो भन्ने अन्योल छ। पृथ्वीका आधा मानव घरभित्र आइसोलेसनमा छन्। यस्तोमा पनि सिंगापुरका लि सितिङलाई भने चन्द्रमा दाहिना भएको भयै छ। पहिल्यै धनि उनको सम्पत्तिमा कोरोना महामारी सल्केयता हरेक महिना एक अर्ब अमेरिकी डलरका दरले बढोत्तरी भइरहेको छ।

कोरोना वैश्विक महामारीको कारण स्वास्थ्य उपकरण उत्पादन गर्ने उनको कम्पनीको स्टक मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ।
ब्लुम्बर्गका अनुसार सेन्जेन मिनडे« बायो मेडिकल इलेक्ट्रोनिक्स्का सहसंस्थापक तथा अध्यक्ष सितिङको चालु वर्षको कमाइ ४.३ अर्ब अमेरिकी डलर (प्रति दिन तीन करोड ७७ लाख अमेरिकी डलर) भईसकेको छ। उनको आजको दिनको नेट वर्थ १३.५ अर्ब अमेरिकी डलर छ ।

पूर्बी चीनको अन्हुइ प्रान्तमा जन्मेर सन् २०१८ देखि सिंगापुरमा स्थायी बसोबास गर्दै आएका सितिङ अब एसियाका गिनेचिनेका धनीका रुपमा उदाइसकेका छन्।

बिहिबार मात्रै सेन्जेनको चिनेक्स्ट स्टक बजारमा उक्त कम्पनीको सेयर अहिलेसम्मकै उच्च– २६०.५२ उहानमा किचबेच भयो। र, कम्पनीले करिब ४६.५ अर्ब अमेरिकी डलर बराबरको बजार मूल्यप्राप्त गर्‍यो।

‘मार्चमा हाम्रो कम्पनीको उत्पादनहरुको माग धेरै बढ्यो,’ साउथ चाइना मर्निङपोष्टलाई इमेलमार्फत् जानकारी दिँदै सितिङले भने, ‘मार्चमा मात्रै सय मुलुकबाट स्वास्थ्य उपकरणको मागसहित अनुरोधपत्र पायौं।’

मुख्यतः एक्सरे उपकरण तथा बिरामीको स्वास्थ्य अनुगमन गर्ने मोनिटरको उत्पादन गर्ने यस कम्पनीलाई इटालीले मात्रै १० हजार थान भेन्टिलेटर बनाइदिन अनुरोध गरेको थियो । तथापी, कम्पनीले प्रति थान भेन्टिलेटरको मूल्यखुलाउन भने अस्वीकार गरेको छ ।

संक्रमण संख्याको आधारमा इटाली समग्र यूरोपको सबैभन्दा धेरै प्रभावित हुनेमा दोश्रो ठूलो राष्ट्र हो जहाँ एक लाख ८७हजार ३२७ संक्रमण पुष्टि भैसकेको छ भने करिब २५ हजार ८५ जनाले कारण ज्यान गुमाइसकेका छन् ।

कपडा उत्पादनदेखि घरजग्गा कारोबार गर्ने कम्पनीसम्म अहिले संसारभर मास्कलगायतका रक्षाकवच उत्पादन गर्न हौसिएका छन् तर उच्चप्रविधियुक्त भेन्टिलेटर बनाउन चाहिं सानो लगानी र विशेषज्ञताले पुग्दैन।

चीनको सबैभन्दा ठूलो कार कम्पनी बिवाइडीले प्रतिदिन दुई करोड थान उत्पादन क्षमतासहितको विश्वकै सबैभन्दा ठूलो माष्क उत्पादन केन्द्रको स्थापना गरेको छ ।

सन् २०१८ मा पब्लिक कम्पनी बनेको सेन्जेन मिनडे«बायोमेडिकल इलेक्ट्रोनिक्स् मेनल्याण्ड चीनमा रहेको सिमित भेन्टिलेटर उत्पादकहरुमध्येको एक हो जसलाई अहिले ‘विश्वकै भेन्टिलेटर कारखाना’को रुपमा चिनिन थालिएको छ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयका एक अधिकारी सु केमिनका अनुसार चीनका उत्पादकहरुले प्रति हप्ता २२ हजार थान भेन्टिलेर उत्पादन गर्ने क्षमता राख्दछन् जुन समग्र संंसारकै सोहि क्षमताको २० प्रतिशत हो ।

‘सबै राष्ट्रहरुले भेन्टिलेटरको लागि संर्घष गरेकाले यस उपकरणको अन्तराष्ट्रिय मागमाबृद्धि आएको छ,’ सांघाइस्थित स्वास्थ्य उपकरणको कारोबार गर्ने कम्पनी सांघाइ जुन्हान्सिका प्रमुख अधिकृत जेम्स लुई भन्छन्, ‘तर हाल संचालित कम्पनीहरुलाई यस उपकरणको आपूर्र्ति बढाउन त्यति सजिलो भने पटक्कै छैन ।’

(एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय