कोरोना विश्वमहामारी : २८ लाख ३० हजार संक्रमित, १ लाख ९७ हजार २ सय ४६ को मृत्यु

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २८ लाख ३० हजार नाघेको छ भने १ लाख ९७ हजार २ सय ४६ जनाको मृत्यु भएको छ।

संक्रमितमध्ये ७ लाख ९८ हजार ७ सय ७६ जना निको भई घर फर्किएका छन्। हालसम्म सबैभन्दा बढी संक्रमित अमेरिकामा छन्। अमेरिकामा शुक्रबारसम्म ९ लाख २५ हजार ३८ जना संक्रमित रहेका छन् भने ५२ हजार १ सय ८५ जनाको मृत्यु भएको छ।

त्यस्तै स्पेनमा २ लाख १९ हजार ७ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ भने २२ हजार ५सय २४ जनाको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म १ लाख ९२ हजार ९सय ९४ जनामा भाइरसको संक्रमण देखिएको छ भने २५ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ।

फ्रान्समा १ लाख ५९ हजार ८सय २८ जना संक्रमित रहेका छन् भने २२ हजार २सय ४५ जनाको मृत्यु भएको छ। त्यस्तै जर्मनीमा १ लाख ५४ हजार ९सय ९९ जना संक्रमित रहेका छन् भने ५ हजार ७ सय ६० जनाको मृत्यु भएको छ भने बेलायतमा १ लाख ४३ हजार ४ सय ६४ संक्रमितमध्ये १९ हजार ५ सय ६ जनाको ज्यान गएको छ।

त्यस्तै टर्कीमा १ लाख ४ हजार ९ सय १२ जना संक्रमित रहेका छन् भने २हजार ६ सयको कोरोनाबाट मृत्यु भएको छ। इरानमा रहेका ८८ हजार १ सय ९४ जना भाइरसका संक्रमितमध्ये ५ हजार ५सय ७४ जनाले ज्यान गुमाएका छन भने चीनमाअ रहेका ८२ हजार ८ सय १६ जनामा ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ।

त्यस्तै ब्राजिलका ५२ हजार ९ सय ९५ जना संक्रमितमध्ये ३ हजार ६ सय ७०जना, बेल्जियमका ४४ हजार २सय ९३ मध्ये ६ हजार ६ सय ७९, नेदरल्यान्डका ३६ हजार ५ सय ३५ मध्ये ४ हजार २सय८९ र स्विट्जरल्याण्डका २८ हजार ६ सय ७७ जनामध्ये १ हजार ८ सय ९ जनाको मृत्यु भएको छ।

छिमेकी देश भारतमा २४ हजार ४ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ भने ७ सय ८० जनाको ज्यान गइसकेको छ। नेपालमा हालसम्म ४९ जनामा भाइरसको संक्रमण देखिएको छ भने १० जना उपचारपछि निको भइ घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय