अब लकडाउन खुकुलो पार्ने कि!

लकडाउन कोरोनाविरूद्धको स्थायी समाधान होइन। यो रोग फैलिनबाट रोक्न तथा रोगको भार कम गरी यसको चापलाई उपलब्ध स्रोतसाधनको दायराभित्र राख्न अपनाइने एउटा अस्थायी उपायमात्र हो।

संसारका अधिकांश देश अहिले लकडाउनको पालना गर्दै कोरोना प्रभाव तत्काल रोकथाम गर्ने प्रयास गर्दैछन्। यो एउटा महत्वपूर्ण र प्रभावकारी उपाय भए पनि लकडाउनको आफ्नै गम्भीर दुश्परिणाम पनि छन्। लकडाउनले गर्दा विश्वस्तरमै अनेक समस्या उत्पन्न भएका छन्। यसका केही दुश्परिणाम तत्काल देखिँदैछन् र अनेकौं भविष्यमा देखिने निश्चित छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिवेदन अनुसार विश्व आर्थिक बृद्धिदर ३ प्रतिशतसम्ममा झर्ने सम्भावना देखिन्छ। सन् २०२० र २०२१ को सञ्चिती असरको आँकलन गर्ने हो भने कोरोनाले गर्दा कूल गार्हस्थ उत्पादनमा ९ खर्ब डलरको घाटा हुने देखिन्छ। यस सम्भावित घाटा मात्रको कुरा गर्ने हो भने यो जापान र जर्मनीको कूल गार्हस्थ उत्पादनभन्दा पनि बढी हो।

दक्षिण एसियामा पनि यसको प्रभाव देखिन्छ। विश्व बैंकको प्रतिवेदनअनुसार यस क्षेत्रको कूल गार्हस्थ उत्पादनको आँकलन ६.३ प्रतिशतबाट घटेर १.८-२.८ प्रतिशतमा पुग्ने देखिन्छ। यो पछिल्लो चालीस वर्षको सबैभन्दा नराम्रो स्थिति हो।

नेपाल पनि यसको प्रभावबाट अछुतो छैन। राजश्वमा मात्र नेपालले अर्बौं डलरको घाटा सहनु पर्ने अवस्था छ। नेपालको आर्थिक बृद्धिदरमा पनि यसको प्रतिकूल असर छ। नेपालको कूल गार्हस्थ उत्पादन ७.१ बाट झरेर ५.३ प्रतिशतमा झर्ने देखिन्छ। आर्थिक क्षेत्रका विज्ञहरूका अनुसार सन् १९१८ को फ्लू प्यानडेमिक (जसमा प्रथम विश्वयुद्धले पनि योगदान गरेको थियो) र सन् २००९ को भन्दा पनि ठूलो मन्दी कोरोनाले निम्त्याउने निश्चित छ।

यो आर्थिक नजरले अत्यधिक कमजोर अवस्था हो। आर्थिकबाहेक शैक्षिक, औद्योगिक र स्वास्थ्यलगायतका क्षेत्रमा समेत यसको प्रतिकूल असर पर्ने देखिन्छ। यसका साथै समाजका सबै क्षेत्रलाई असर गर्दै लकडाउनले सामाजिक सद्भावमा पनि नराम्रो प्रभाव देखाउन थालेको छ।

यो आर्थिक नजरले अत्यधिक कमजोर अवस्था हो। आर्थिकबाहेक शैक्षिक, औद्योगिक र स्वास्थ्यलगायतका क्षेत्रमा समेत यसको प्रतिकूल असर पर्ने देखिन्छ। यसका साथै समाजका सबै क्षेत्रलाई असर गर्दै लकडाउनले सामाजिक सद्भावमा पनि नराम्रो प्रभाव देखाउन थालेको छ।

यस रोगविरूद्धको भ्याक्सिन तयार हुन अझै छिटोमा १८ महिनासम्म लाग्ने प्रक्ष्येपण भइरहँदा नेपालजस्तो निम्न आय भएको देशले ‘हट स्पट’ बाहेकका क्षेत्रमा कठोर लकडाउनको थोरै खुकुलो विकल्प खोज्दै अर्थतन्त्रलाई केही गति दिने उपाय खोज्नु अत्यन्त आवश्यक छ। अर्को विकल्प अहिले स्वास्थ्य प्रणाली र श्रोतलाई सञ्चय गरी निकै सावधानी अपनाई चक्रिय तरिकाले कोरोनासँग लुकामारी खेल्दै बजारलाई केही दिन खुलाउँदै, फेरि बन्द गर्दै जानुपर्ने हुनसक्छ।

यसर्थ, लकडाउनको विकल्पका बारेमा बहस चलाउने, अध्ययन गर्ने र जनस्तरबाट विकल्पप्रति विश्वास जगाउने उचित समय अहिले नै हो। अहिले पनि कोरोनाका रोगीहरू र यसबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। हालैमा नेपाल सामाजिक संक्रमण अर्थात् संक्रमणको तेस्रो चरणामा प्रवेश गरेको जस्तो देखिन्छ। यस्तो परिस्थितिमा लकडाउन खुकुलो बनाउँदा धेरै कुराहरूमा ध्यान पुर्‍याउन आवश्यक छ।

विश्व स्वास्थ्य संगठनका अनुसार लकडाउन खुकुलो बनाउन कुनै पनि देशले कम्तीमा छ आधारहरू पूरा गर्नुपर्ने देखिन्छ।

कोरोना भाइरस संक्रमणको दर नियन्त्रण

अहिले २३ अप्रिलसम्म नेपालमा पिसिआरमार्फत ९१९९ वटा र आरडिटीमार्फत् ३४५२३ वटा जाँच भएका छन्। अहिले नेपालभरि कोरोना जाँच गरिने ल्याब पर्याप्त मात्रामा छैनन्। शंकास्पद केस र त्यसको कन्ट्याक्ट ट्रेसिङ जति तदारुकताका साथ भइरहेको छ, त्यो समयसापेक्ष गतिअनुसार सन्तोषजनक छैन। कन्ट्याक्ट ट्रेसिङबाट दिउँसो कुन-कुन व्यक्ति सम्भावित संक्रमित हुन् भन्ने थाहा हुँदा त्यसको नमूना परीक्षणको लाथि भने अर्को दिउँसो कनेक्सनको लागि जाने चलन अहिले पनि जारी छ।

नेपालको परिप्रेक्ष्यमा अहिलेसम्म कम्तीमा लकडाउनअघि विदेशबाट फर्किएकाहरूमा समेत पर्याप्त टेस्ट भइसकेको अवस्था छैन। दिनहुँ कोरोनाका केसहरू बढ्दै गएको जस्तो देखिए तापनि केही ठाउँ विशेष छोडेर सबैजसो संक्रमण विदेशबाट फर्केकाहरूमा मात्र देखिएकाले नेपालका अझै धेरै स्थानहरू कोरोना संक्रमणको तेस्रो चरणमा गइनसकेको अवस्था देखिन्छ। यद्यपि, यो सम्भावनालाई पुष्टि गर्न भने सुरूमा विदेशबाट फर्किएका सम्पूर्ण, तीमध्ये संक्रमण देखिएकाहरूको समपर्कमा आएका व्यक्तिहरूसँगै संक्रमण व्याप्त भएका स्थानहरूमा स्थानीय जनतालाई पनि टेस्ट गर्न आवश्यक छ।

प्रत्येक बिरामीको खोजटेस्टआइसोलेट र उपचार

विज्ञ इपिडिमियोलोस्टहरूको समूह एवम् विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणको परिभाषा, शंकास्पद बिरामीबारे पत्ता लगाउने तरिका, अस्पताल, औषधी पसल, स्वास्थ्यकर्मी तथा चिकित्साशास्त्रका विद्यार्थीहरूको मद्दतद्वारा कन्ट्याक्ट ट्रेसिङ गर्ने संरचनात्मक प्रणाली तुस्त तयारी गर्न सरकार र सरोकारवाला तदारुकताका साथ लाग्न आवश्यक छ। यसका साथै सुविधासम्पन्न अस्पताल, क्वारेन्टाइन र आइसोलेसनको पर्याप्त व्यवस्था गरिनु समयको माग हो। यस प्रक्रियामा धेरै नयाँ बिरामी देखिने ठाउँलाई ‘हट स्पट’ घोषित गर्नुपर्छ।

संक्रमणको जोखिमका सम्भावित स्थान नियन्त्रण

पूर्वनिर्धारित अस्पताल, क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गरी शंकास्पद र बिरामीहरूलाई त्यस्ता ठाउँमा मात्र केन्द्रित गरी बाँकी ठाउँहरूमा संक्रमणको जोखिम कम गर्न सकिन्छ। गुणस्तरीय व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराई स्वास्थ्यकर्मीमा संक्रमणको सम्भावना न्यूनीकरण गर्न सकिन्छ।

विद्यालयकाम गर्ने ठाउँ र अन्यमा रोकथाम

सामाजिक दूरी कायम गर्नका लागि विद्यालय, काम गर्ने ठाउँ र आवश्यक ठाउँहरूमा भिडभाड कम गर्न क्षमताभन्दा कम उपस्थितिबाट सुरूवात गर्न सकिन्छ। यस्ता ठाउँहरूमा जाने सम्पूर्ण व्यक्तिले नियमित रूपमा मास्क लगाएर जानुपर्ने र त्यस्ता ठाउँहरूमा सानिटाइजर तथा हात धुने व्यवस्था जरुरी छ। तत्कालका लाथि अनलाइनबाट पढ्ने, पढाउनेदेखि किनबेच गर्ने उपायहरू प्रभावकारी हुन सक्छन्।

राज्यले भविष्यमा अबलम्बन गर्ने रणनीति तय गर्न र नागरिकलाई राज्यको निर्णयप्रति विश्वस्त बनाइराख्न पनि उतिकै आवश्यक छ। रणनीतिप्रति जनस्तरबाट पूर्णत: सहयोग र पालना हुनका लागि आम जनमानसमा कोरोना सम्बन्धी चेतना अझ सशक्त रूपमा विकास हुन नि:तान्त आवश्यक भएकाले यसप्रति सरोकारवाला सबै गम्भीर हुन जरुरी छ।

नयाँ आउने केसको जोखिम समाधान

यसका साथै नयाँ संक्रमण भित्रिन नदिन विशेषगरी दक्षिणी सीमा निकै कडाइ आवश्यक देखिन्छ। त्यस्तै, संक्रमण फैलिन सक्ने ‘हट स्पट’ क्षेत्र जस्तै: अस्पताल र स्वास्थ्यकर्मीका निम्ति कडा निर्देशिका आदि तयार पारी अत्यावश्यक सामग्री पिपिईलगायतको कमी हुन नदिन समयमै ध्यान पुर्‍याउनुपर्ने देखिन्छ। यस्तै, आइसोलेसन र क्वारेन्टाइनका निम्ति पर्याप्त पूर्वाधार निर्माण गर्न सेनालगायत सशस्त्र प्रहरी बलको उचित प्रयोग र व्यवस्थापन गर्न सकिन्छ। साथै, केससँग सम्पर्कमा आएका व्यक्तिहरूलाई छिटो खोज्न स्थानीय सरकारी संयन्त्र चुस्त बनाउनुपर्ने आवश्यकता देखिन्छ। दुर्भाग्य, कोरोना महामारीको रूप लिन सक्ने सम्भावना प्रवल छ। यस्तो अवस्थाको लागि देशका सम्पूर्ण साना-ठूला अस्पतालको क्षमता मापन गरी आवश्यक साधन तथा उपकरणको उपलब्धता सुनिश्चित गरी तयारी अवस्थामा राखिनु पर्छ।

. समुदाय शिक्षित र सशक्त  

राज्यले भविष्यमा अबलम्बन गर्ने रणनीति तय गर्न र नागरिकलाई राज्यको निर्णयप्रति विश्वस्त बनाइराख्न पनि उतिकै आवश्यक छ। रणनीतिप्रति जनस्तरबाट पूर्णत: सहयोग र पालना हुनका लागि आम जनमानसमा कोरोना सम्बन्धी चेतना अझ सशक्त रूपमा विकास हुन नि:तान्त आवश्यक भएकाले यसप्रति सरोकारवाला सबै गम्भीर हुन जरुरी छ।

कार्य विभाजन

लकडाउनलाई विस्तारै खुकुलो बनाउँदै लैजान विभिन्न निकायले आपसी समन्वयमा आफ्नो-आफ्नो भंमिक खेल्न आवश्यक छ।

सेना तथा सशस्त्र प्रहरी बल: सीमाको सुरक्षा, अस्थायी क्वारेन्टाइन क्षेत्र निर्माण र अरू आपतकालीन अवस्थाको लागि तयारी रहने।

 नेपाल प्रहरी: ‘हट स्पट’ क्षेत्रमा पूर्ण तथा अन्य क्षेत्रमा केही खुकुलो लकडाउनको उचित कार्यान्वयनमा सहयोग, जनतालाई आइपर्ने समस्यामा अन्य सहयोग।

अस्पताल र स्वास्थ्य संस्था: प्रत्येक सम्भावित आउनसक्ने केसलाई खोज गर्न, टेस्ट गर्न, आइसोलेट गर्न र उपचार गर्न क्षमता बृद्धि गर्दै लैजानुपर्छ। आफूलाई कोरोना सार्ने क्षेत्र हुन नदिन राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्ड र निर्देशनको कडा रूपमा पालना, बजार खोलेपछि आइपर्न सक्ने महामारीको दोस्रो लहरलाई धान्न सक्ने तयारी गर्ने।

सरकार (स्वास्थ्य मन्त्रालय र अन्य): विभिन्न क्षेत्रका विज्ञहरू राखी कोरोनाविरूद्धको राष्ट्रिय रणनीति तयार, विभिन्न निर्देशन र मापदण्ड तयार पार्ने, जनताको समस्यालाई तुरुन्तै उचित सम्बोधन गर्ने संयन्त्र निर्माण, स्रोत साधन परिचालन।

अत्यावश्यक सेवा सम्बन्धित व्यापारव्यवसायसरकारले तोकेको मापदण्ड र निर्देशन पूरा गर्दै विभिन्न सेवाहरू सकेसम्म सुचारू अवस्थामा राख्ने।

मिडिया: आम जनतालाई सुसूचित राख्ने, जनतालाई आइपर्ने समस्याहरू सम्बन्धित निकायसम्म निष्पक्ष रूपमा पुर्‍याउने।

स्कुलकलेज: खोल्नैपर्ने अवस्थामा निर्देशित रोकथामका उपायहरू अपनाई मात्र खोल्ने।

आम नागरिकहरूको जिम्मेवारी: यो महामारी नियन्त्रण गर्न जति भूमिका एउटा स्वास्थ्यकर्मीको हुन्छ, त्यति नै एउटा सर्वसाधारण नागरिकको पनि। स्वास्थ्यकर्मीले भनेको सल्लाह मान्दै व्यवहारमा पनि विवेकशील भई कर्तव्य निभाउनु, २० सेकेन्डसम्म हात धुन समेत अल्छी नमानिदिनु, खोक्दा कुहिनाले मुख छोप्ने बानी बसाइदिनु, कोरोनाको ट्याब्लेट र भ्याक्सिन खोज्नुभन्दा साबुन र मास्क खोजेर लगाउनु, अहिले आफू सावधान रही अरूको सुरक्षाको कारण बनिदिनु आम नागरिकको जिम्मेवारीभित्र पर्छन्। छरछिमेकमा कसैलाई रुघाखोकी, ज्वरो आएको छ वा विदेशबाट फर्केर आएको कुनै व्यक्ति छन् भने उहाँलाई आफ्नो परीक्षण गर्न प्रोत्साहन गरिदिनु।

बैंकिङ क्षेत्र: कोरोनाबाट प्रभावित उद्योग, संघ-संस्था, व्यापारीलगायतका लागि उचित प्याकेजको तयारी गर्ने।

अन्यजनतालाई सुसूचित र सशक्तिकरणको बाटोतर्फ डोर्‍याउन, उच्च मनोबलसहित यस विषम परिस्थितिसँग जुध्न सहयोग गर्ने जोकोही विशेषगरी युवाहरूको अहम् भूमिका रहन्छ।

अन्त्यमा,

यसरी कार्यविभाजन गर्नाले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका छ वटै आधारहरू क्रमबद्ध रूपमा पूरा गर्न नेपाल सफल हुने देखिन्छ। यसले रोगको भारलाई न्यूनतम् अवस्थामा राखी त्यसले दूरगामी परिणामहरूलाई समेत न्यूनीकरण गर्दै लैजाने ‘मध्यमार्ग’ निर्माण गर्नेछ।

समस्त मानव सभ्यता कोरोनारूपी समस्याबाट आक्रान्त भएको यस अवस्थामा लकडाउन खुकुलो बनाउनु आफैंमा चुनौतीपूर्ण छ। लकडाउनको विकल्पका बारेमा बहस चलाउने, अध्ययन गर्ने र जनस्तरबाट विकल्पप्रति विश्वास जगाउने प्रयास आजको समयमा हामी सबैको साझा जिम्मेवारी हो।

(हुसैन प्राध्यापक (एमडी इन्टरनल), नेसनल मेडिकल कलेज वीरगन्जसाह (एमबिएस) राष्ट्रिय वाणिज्य बैंक, सिमरापाण्डेय र रामद्वय नेशनल मेडिकल कलेजमा अध्ययनरत् विद्यार्थी हुन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय