महामारी राेक्ने मूल सूत्र : स्वास्थ्यकर्मीको व्यापक परिचालन

कोरोना संक्रमणको महामारीले अहिले सारा विश्व आक्रान्त छ। विश्वका सारा विज्ञान यसको निदान र उपचारका उपाय पत्ता लगाउन अध्ययन अनुसन्धानमा लागिपरेको छ।

नेपालमा पनि सबै सरकारी, गैरसरकारी तथा निजि संयन्त्र कोरोना महामारी रोकथाम र यसको उपचारमा लागेका छन्।

यस महत्वपूर्ण घडीमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अभिभावकत्वको भूमकामा छ।

महामारीको यो बेलामा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि अत्यावश्यक उपकरणहरू पिपिई, उपचारमा प्रयोग हुने औजार तथा उपकरणको अभाबको बिषयले मुख्य स्थान पाएको छ ।

विश्वका शक्तिशालि देशलाई समेत यी सामाग्रीको ब्यबस्थापन गर्न निकै कठिन भएका बेला नेपालमा यस समस्या प्राथमिकता आउनु अन्यथा होइन।

यसको  अर्को पाटो भनेको यस कार्यमा विभिन्न जिम्मेबारी निर्बाह गरेका जनशक्ति हुन् अझ त्यसमा पनि प्राबिधिक जनशक्ति हुन् जसको भूमिका अतुलनीय छ।

नेपालमा कार्यरत स्वास्थ्यसंग आबद्ध प्राबिधिक जनशक्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कार्यरत छन् भने नियमन गर्नका लागि विभिन्न  परिषद्हरू छन् जसमा  चिकित्सकहरुको नियमन नेपाल मेडिकल काउन्सिल, नर्सिङ एवं मिडवाईफ्रीको नेपाल नर्सिंङ काउन्सिल, आयुर्वेद अन्तर्गत कार्यरत आयुर्वेद काउन्सिल, फार्मेसी अन्तर्गतका जनशक्ति फार्मेसी काउन्सिल साथै सामान्य चिकित्सा, जनस्वास्थकर्मी, रेडियोलोजी, ल्याब लगायत विभिन्न ३४ भन्न्दा बढी  विधाका जनशक्ति  नेपाल स्वास्थ्य ब्याबसायिक परिषदले दर्ता एवं नियमन गर्ने गरेको गरेको छ  ।

कोरोना ब्यबस्थापनमा यी  जनशक्तिले निर्णायक भूमिका खेल्दै आएका छन्।

यस्तो बेलामा बिभिन्न परिषदसंग दर्ता भएका जनशक्ति सरकारी सेवामा कार्यरत, नजी क्षेत्रमा कार्यरत एवम् हाल दर्ता भइ रोजगारको खोजीमा कति जनशक्त्ति छ भन्ने तथ्याङ्क अभिलेख हुन  जरुरी छ।

यस्तो बेलामा बिभिन्न परिषदसंग दर्ता भएका जनशक्ति सरकारी सेवामा कार्यरत, नजी क्षेत्रमा कार्यरत एवम् हाल दर्ता भइ रोजगारको खोजीमा कति जनशक्त्ति छ भन्ने तथ्याङ्क अभिलेख हुन  जरुरी छ।

हामीसँग मानव संशाधन सम्बन्धि दीर्घ योजना नहुनु र भएका दक्ष जनशक्तिले यथोचित  जिम्मेवारी नपाउनु  दुर्भाग्यपूर्ण हो।  यसको अभिलेखीकरण नहुँदा नीति निर्माणमा समस्या पर्ने त छँदैछ अर्कोतर्फ यस्तो महामारीमा कार्यरत र खाली भएका जनशक्तिको विवरण नहुँदा  जनशक्त्तिपरिचालनमा समस्या आउनसक्छ। झन् त्यसमा पनि अहिले ३ तहका सरकारद्वारा ति जनशक्ति परिचालित छन्।

एकातिर यो समस्या छ भने अर्को तर्फ भएको गुणस्तरीय जनशक्तिलाई राष्ट्रले विभिन्न नीति बनाई सहि ठाउँमा सदुपयोग गर्न नसक्नुले हामी कस्तो दुर्दशामा छौं भन्ने स्पष्ट हुन्छ।

यस संकटको अवस्थामा हामीले अन्य राष्ट्रको अभ्यास हेर्ने हो भने उनीहरूको भौतिक पूर्वाधार, औजार उपकरण एवम् जनशक्तिको तयरीमा द्रुत गतिमा लागेको देख्नसक्छौं। अझ केहि राष्ट्रहरुले केहि प्राबिधिक जनशक्तिलाई तालिम दिएर नर्सिङको कार्य गर्न सुरु गरेका छन् भने कति देशले  संक्रमण जोखिम कम गर्न रोबेर्टको प्रयोग गरेका छन्।

हाम्रा देशको सवालमा यी सम्भावना त अहिले पूरा हुने देखिदैन । तसर्थ हामीले हाम्रो जनशक्तिको यथोचित ब्यवस्थानमा जोड दिनुपर्ने देखिन्छ त्यसमा पनि हाल हामीसंग भएका प्राबिधिक दक्ष जनशक्तिको अभिलेख हुनु जरुरी छ ।  यस समयमा हामीले सरकारी निजी निजि  एवम गैरसरकारी संघ संस्था मा कार्यरत  जनशक्तिलाई यस अभियानमा लगाउन  जरुरी छ ।

मन्त्रालयले मात्र नभई हरेक परिषदले  यस्ताे महामारीमा योगदान गर्नसक्ने जनशक्तिलाई मन्त्रालयसँग समन्वय गरी परिचालन गर्न सकिन्छ। विभिन्न परिषदमा जनशक्ति हिसाबले सबैभन्दा धेरै जनशक्ति नेपाल स्वाथ्य ब्यबसायिक परिसदसँग छ, भने सबै भन्दा कम दर्ता आयुर्वेद परिसदसंग छ, तथापि हरेक परिषद् को भूमिका यस अवस्थामा अपरिहार्य छ।

सरकारले कोरोना रोकथाम को लागि ६ वटा रणनीति लिएको देखिन्छ र यो हरेक रणनीतमाउलेखित जनशक्तिको उत्तिकै भुमिका देखिन्छ । यसरी कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीलाई  समाज र राज्यले उच्च सम्मान दिनुपर्ने देखिन्छ। स्वास्थ्यकर्मीको मनोवल खस्किन दिनुहुन्न

राज्यको मात्रै होइन  यो मानवीय संकटका बेला सबैजना एकजुट हुन जरुरी छ।

(लेखक नेपाल स्वास्थ्यकर्मी संघका महासचिव  हुन्)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय