झापामा पनि देखियो कोरोना, संक्रमित संख्या पुग्यो ४९

थप एकजनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झापामा एकजनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै नेपलमा कोरोना संक्रमित संख्या ४९ पुगेको छ ।

१० जना निको भएर घर फर्किसकेका भने ३८ जना उपचार गराइरहेका छन् ।

बागलुङ १, धनगढीमा १, विरगञ्जमा ५, भरतपुरमा २, विराटनगरमा २९ जना गरी ३८ जनाको उपचार भइरहेको छ ।

सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय