भुल्केका भोकाकुल भुक्तभोगीले ओलीलाई माफी देलान्?

केपी ओली प्रधानमन्त्री थिएनन्, वरिष्ठ नेता हुन्थेनन् भने उनलाई एकदमै फराकिलो मानवीय उदारताबाट ओतप्रोत गर्नुपर्ने हुन्छ। दुईपटकको
मिर्गौला प्रत्यारोपण, बारबारको संक्रमण, अत्यासपूर्ण अस्पताल बसाई, स्टेरोइडको अत्यधिक प्रयोगले फुलेको शिथिल शरीर। तीन बीस एक दसहाराहारी व्यक्तिको यो नियतिले भद्र समाजमा निसंकोच हरेक सम्भाव्य सुविधा र सहानुभूतिको उपलब्धता माग गर्छ। यी चिज भइसकेपछि सम्भव भएसम्मको आराम र चिन्तनबाट समाजलाई सहजता प्रशस्त गराउने चित्त आउनुपर्थ्यो। तर खै!

खासमा ओली पद, पैसा, विज्ञान र स्याहारको चमत्कारिक सम्मिलनबाट बाँचेका हुन्–कोही मानिस आत्मवलले मात्र यति धेरै खड्गो काटेर जीवित रहन सक्दैन। ती सबैसँगसँगै नेपाली जनताले उनका लागि गरेको प्रार्थनाको मूल्य पनि कतै जँच्न सक्दैन। यति भइसकेपछि बाँकी जीवन केका लागि? आफू मार्गदर्शक भएर अरुलाई अगाडि बढाउनेसम्मको यत्नलाई संगति मान्न सकिन्थ्यो।

परन्तु, दोस्रो पटकको प्रत्यारोपण अगाडि नेताहरुलाई बोलाएर ओलीले भनेको कुरा यहाँ सम्झनुपर्ने हुन्छ–अब अपरेसन गर्छु, एक हप्ता आराम गर्छु। त्यसपछि देश विकासका लागि दिनरात खट्छु।

सबै चित परे, ओलीले फेरि पनि प्राण युद्ध जिते। यस्तो प्राणदायिनी भाग्य दुर्लभ हो। यत्तिकैमा सत्ता चलाइरहने चेष्टा हुँदा पनि केही गर्न नसकिने भने होइन। तर यथार्थ हेरौं, त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएर फर्केयता उनको सत्ताबाट फगत कलंकको घडा भर्नेबाहेक के चाहिं काम भएको छ?

त्यसो त जनताको डर भए यस्तो काम नै हुँदैन। इतर पार्टीका सांसद मित्रको मनोवैज्ञानिक अपहरण गर्न तम्सने महेश, किशानजस्ता कथित नेता–पात्र, तिनको निर्लज्ज चाकडी गर्ने पूर्व प्रहरी जनतालाई मुर्ख बनाउने धन्दाका मालदार ठेकेदार हुन्।

जब ओली डिस्चार्ज भएर अत्यन्त नियन्त्रित अवस्थामा स्वास्थ्यलाभ गर्दै थिए, नेपाली जनतामा चाहिं कोरोना भाइरसको वैचेनी बढिरहेको थियो। वुहानको उत्पत्तिस्थलबाट उम्कदै कोरोना भुमण्डल परिक्रमा गर्ने क्रममा नेपाल छिर्ने बाटो हेरिरहेको थियो। तर बालुवाटार र सिंहदरबारमा चाहिं त्यस्को विल्कुल हेक्का नभएझैं मारमुङ्ग्री चलिरहेको थियो। जे चिजले बाँचेर ओली फेरि सत्ताको खालमा घुँडा मुर्सान थाले, त्यसले भाइरसलाई परास्त गर्न कठीन थियो। भाइरसआगे कुनै अंग प्रत्यारोपणको जोर चल्नेवाला हुन्न।

आखिर भाइरस छि¥यो, वा पहिल्यै कति छिरिसकेको थियो। घाँटी चिथोर्ने खेलबाट झल्याँस भएर एक्कासी लकडाउनमा जाने निर्णय गर्नुबाहेक विकल्प थिएन। तब त, सुद्धिले काम गर्नुपर्ने थियो। विना तयारीको यो दशामा ओलीले केही त्यस्तो अक्कल वा प्रभाव देखाउनुपर्ने थियो, जसले सरकार हामीसँग छ, कम्तिमा यस्तो अवस्थामा इमान्दारिपूर्वक काम हुन्छ भन्ने भान जनतामा परोस्। तर ओम्नी प्रकरणको झट्का लाग्यो।

सरकार, अनि उसको प्रोपोगाण्डा संयन्त्रले अन्तर्राष्ट्रिय माफियाहरुको लगानी रहेको ओम्नी समूहलाई खल्तिबाट दिइएको अचाक्ली महँगो ठेक्का प्रतिरक्षा गर्न सकेन। ओम्नीका वास्तविक मालिकहरु (कठपुतली तुलहरिलाई टेको दिने) सँग ओली संरक्षित मन्त्रिहरुको तारेहोटलको उठवस महिना दिनदेखि चलिरहेको थियो। त्यहाँ आधा अर्व पहिलो लटमै हान्ने तजविज मिलिसकेको थियो। संकटमा जे पनि जायज हुन्छ भन्ने वहानाबाट जनतालाई भुट्ने आत्मविश्वास उनीहरुमा हुने नै भयो। ओम्नीलाई दिइएको पुरस्कार फिर्तै गर्नुपर्ने भयो, सन्चारमाध्यमलाई कजाउने प्रयास सफल भएन। त्यसलाई वीरतापूर्वक सच्याइएको भन्ने लाजमर्दो विश्लेषण गर्ने ओली सरकारले त्यही ठेक्कामा सेनालाई घुसाएर अर्को प्रपन्च रच्यो। सेनाले माखो मार्न सकेको छैन।

सन्तोष केमा मानौ भने भ्रष्टाचारको प्रपन्च पनि कम्तिमा कोराना केन्द्रित त थियो। लुटेर बचेको चाहिं जनतालाई दिन लागे, मर्नुभन्दा बहुलाउनु जाति भन्ने ठानेर चित्त बुझाउने कुरा हुन्थ्यो। तर पछिल्लो घटनाक्रमबाट चाहिं त्यति अनुभूतिका लागि पनि जनता हकदार नभएको पुष्टि भएको छ। प्रधानमन्त्री ओली नैतिक पतनको पराकाष्ठाबाट पनि उँभो लागिसकेको दसी पर्याप्त भइसकेको छ।

कोरोनाले एक्कासी उदयपुरको भुल्केमा डेरा जमाएको खबरले लकडाउन खुल्दै जाने आसमाथि कुठाराघात गरिरहँदा ओलीले पार्टी फुटाउन सहज हुने र संवैधानिक परिषदमा एकलौटी पार्ने दुई अध्यादेश अचानक ल्याए। र, तिनलाई राष्ट्रपतिले पूर्व सल्लाह अनुरुप भएको भन्ने प्रष्ट बुझिने गरी सदर गरिदिइन। त्यसो त यस्तो सहकार्य अनपेक्षित थिएन। तर अध्यादेशको आशय र समय नै चाहिं बबण्डरपूर्ण थियो। यसले सबैभन्दा बढी नेकपाकै एकतालाई हल्लायो, ओली आफैंले अरिगाँल बन्न उक्साउने कार्यकर्ता तहको मानसिकतामा वे–मनसुनी चट्¥याङ पा¥यो। तर, आम जनमानसका लागि चाहिं यो सानो छुल्याईं थिएन। यो त हदैसम्मको नैतिक स्खलन हो। एउटा वुजु्रक घरमा बिरामी लालावालाको स्याहार गर्न छाडेर व्यभिचारका लागि छिमेकतिर सल्केबराबर।

अध्यादेश प्रकरणको दुई दिनमा दुई तिहाई सरकारले चरम नैतिक पतनको दुस्साहस सिद्ध ग¥यो। सबैभन्दा बढी त प्रजातन्त्रका लागि जनताले दिएको वलिदानीको निर्मम अवमूल्यन ग¥यो। लगातार लाचारी र भ्रष्टाचारमा लिप्त भएर पनि नपुगी अर्काको घर फोर्ने काममा लहसियो। संवैधानिक निकायहरुलाई निरकुंशता प्रवद्र्धन गर्ने नाइकेहरुको अखडा बनाउन खोज्यो।

अध्यादेश प्रकरण पनि ओलीकै मनस्थितिकै उपज हो भन्नेमा सन्देश रहेन। उनी यसबाट पार्टीभित्रैका आफ्ना आलोचक, प्रतिपक्षी काँग्रेस र आफ्नो ‘इगो हर्ट’ गर्ने उपेन्द्र यादवलाई डण्डा लगाउन चाहन्थे। त्यसमा उनका लागि मतियारी गर्नेमा राष्ट्रपतिदेखि संघीय समाजवादी पार्टीका सांसद चोर्न जाने साँसदद्धय महेश बस्नेत र किशान श्रेष्ठदेखि पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसम्म देखिए। भलै यो खेल तुहिनु, यसमा लागेकाहरुको चीरहरण हुनु सामान्य र अपेक्षित हो। तर यसले समाजको प्रजातान्त्रिक चेष्टा र समझमाथि बलत्कार गरेको विषय चाहिं क्षम्य होइन। राष्ट्रपतिजस्तो संस्थाको गरिमा स्खलनले जनताका ऐतिहासिक उपलब्धी भनेर व्याख्या गरिने पछिल्ला राजनीतिक परिवर्तनको औचित्यमाथि समेत प्रश्न उठाउनु नौलो होइन।

भुल्केमा प्रदेश नं १ का मन्त्री गएर अहिले नै पैसा पठाउन सकिदैन, मिलाउँदै गर्नोस् भनेर लाचारी देखाएको, स्थानीय प्रशासकले स्वास्थ्य सामग्री पठाउन अरण्य रोदन गरेको समाचार हामी अहिले लेख्दैछौं। यस्तो बेला उल्फदमा राज्यको स्रोत मास्ने, राष्ट्रिय राजनीतिको ध्यानान्तर गर्ने, राष्ट्रिय संकटलाई निरकुंशताको अभिष्ट साँध्ने मौका बनाउन खोज्ने अपराधलाई भुल्केका जनताले क्षमा गर्न सक्लान?

प्रजातन्त्र जति खराब भए पनि योभन्दा उत्तम विकल्प छैन भनेर मानिरहँदा प्रजातन्त्रको खोलमा गरिने अस्मिताहरण कतिसम्म सहने भन्ने प्रश्न उठ्छ। व्यवस्था परिवर्तन भइरहने, व्यवस्थापकको नियति चाहिं कलुषित र कुत्सित बन्दै जाने यो विडम्बनाको सर्वअग्रणी सारथी बन्ने श्रेयका लागि ओली किन यति धेरै हतारिएका हुन्? यो प्रश्नले अब प्रजातन्त्रमाथिकै विश्वास खल्बलिनसक्छ। यसले नेपालमा नियन्त्रित अस्थिरता कायम गरी लाभ दोहन गर्ने पक्षहरुलाई अध्यादेशभन्दा निकै बलियो ‘टनिक डाइट’ दिएको छ।

उदयपुरको भुल्केमा यतिबेला वेहाल छ। त्यहाँ दशकौंदेखि न्यायो मेलमिलापमा बसेको वहुधामिर्क–साँस्कृतिक समाज भाइरस सर्ने डरले नोटसमेत नचल्ने स्थितिमा पुगेको छ। पाँचतारे होटलमा सांसद थुन्ने खर्चले भुल्केका भोकाकुल जनतालाई कति छाक दालभात पुग्थ्यो होला? अहिले त्यहाँ गर्भवति महिला, केटाकेटी, वृद्धवृद्धाको हाल के छ? डा. सुरेन्द्र यादवलाई आधा रातमा फकाउन फोन गर्नसक्ने ओलीले बुझेका होलान त्? भुल्केमा प्रदेश नं १ का मन्त्री गएर अहिले नै पैसा पठाउन सकिदैन, मिलाउँदै गर्नोस् भनेर लाचारी देखाएको, स्थानीय प्रशासकले स्वास्थ्य सामग्री पठाउन अरण्य रोदन गरेको समाचार हामी अहिले लेख्दैछौं। यस्तो बेला उल्फदमा राज्यको स्रोत मास्ने, राष्ट्रिय राजनीतिको ध्यानान्तर गर्ने, राष्ट्रिय संकटलाई निरकुंशताको अभिष्ट साँध्ने मौका बनाउन खोज्ने अपराधलाई भुल्केका जनताले क्षमा गर्न सक्लान?

त्यसो त जनताको डर भए यस्तो काम नै हुँदैन। इतर पार्टीका सांसद मित्रको मनोवैज्ञानिक अपहरण गर्न तम्सने महेश, किशानजस्ता कथित नेता–पात्र, तिनको निर्लज्ज चाकडी गर्ने पूर्व प्रहरी जनतालाई मुर्ख बनाउने धन्दाका मालदार ठेकेदार हुन्। कोरोनाको वैश्विक महामारी चलिरहँदा हामीकहाँ यस्ता तत्वहरुको बोलबाला, अनि यस्तो सरकार हुनु चाहिं नेपाल जनताको अभिषप्त नियति मात्रै हो।

प्रजातन्त्रमा सधैं चाँदीको घेरा हुन्छ। जनघातको यो विष कोरोनाभन्दा खतरनाक छ। भाइरससँग भिड्दै यस्तो विषसँग लड्ने क्षमता बनोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय