हालसम्म ४७ हजार ४ सय ९६ परीक्षण, आज नयाँ संक्रमित भेटिएनन्

कोरोना आंशकमा हालसम्म ४७ हजार ४ सय ९६ नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये पिसिआरबाट ९ हजार ४ सय ७ र र्‍यापिड टेस्टबाट ३८ हजार ८९ नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

प्रदेश १ मा ३ हजार ९ सय २९ , प्रदेश २ मा ४ हजार ९ सय ७७, बागमती प्रदेशमा ७ हजार १ सय ४३ नुमना परीक्षण भएको छ । त्यसैगरी, गण्डकी प्रदेशमा ४ हजार ७ सय ८३, प्रदेश ५ मा २ हजार ८ सय ७४,कणाली प्रदेशमा ४ हजार ८ सय ७० र सुदुरपश्चिम प्रदेशमा ९ हजार ५ सय १३ नमुना परीक्षण भएका छन् ।

हालसम्म देशभर नै क्वारेन्टाइनमा १२ हजार ९ सय ८५ रहेका छन् भने आइसोलेसनमा ८९ जना रहेका छन् । हालसम्म संक्रमित संख्या ४८ पुगेको छ भने निको भएर जाने संख्या १० पुगेको मन्त्रालयले जनाएको छ ।

बागलुङ १, धनगढीमा १, विरगञ्जमा ५, भरतपुरमा २, विराटनगरमा २९ जना गरी ३८ जनाको उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय