कोरोनाबाट बच्न के गर्ने? नेपालभरका ५६ डाक्टरको चेतनामूलक सन्देश (सबैको नाम र भिडियोसहित)

नेपालका विभिन्न जिल्लामा कार्यरत ५६ जना चिकित्सकले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबारे सन्देशमूलक भिडियो सामग्री सार्वजनिक गरेका छन्।

उनीहरूले यो सामग्रीलाई नेपालमा कोरोनाबारेका सत्य अर्थात् ‘द ट्रुथ अबाउट कोभिड–१९ इन नेपाल’ नाम दिएका छन्।

उक्त भिडियो सन्देशमा नेपालका सम्पूर्ण चिकित्सकका तर्फबाट विनम्र अनुरोध भन्दै कोभिड–१९ विरुद्धको लडाइँमा एकजुट हुनसमेत आह्वान गरेका छन्।

केही युवा र चिकित्सकको अगुवाइमा बनाइएको भिडियो सन्देशमा विभिन्न जिल्ला र अस्पतालका ५६ डाक्टरले छोटो र स्पष्ट सन्देश दिएका छन्। भिडियोमा समेटिएका केही क्लिप चिकित्सकले आफैं खिचेर पठाएको र केही अगुवाले लिएका थिए।

चिकित्सकहरुले स्वतःस्फुर्त रुपमा दिएको सन्देशमा कोरोना भाइरसको जटिलता, लकडाउनको किन पालना गर्नुपर्छ? भन्नेदेखि नेपालमा कोरोनाको उपचारका सन्दर्भमा रहेका क्षमता र अवस्थाबारे प्रष्ट पारेका छन्। उनीहरुले लकडाउनको पालना गरेर घरमै बस्नु जत्तिको सुरक्षित रहने उपाय अरु कुनै नभएको भन्दै लकडाउनको पालना किन गर्नुपर्छ भन्नेमा बढी जोड दिएका छन्।

ओरिजिलन भिडियो लिंकका लागि

भिडियाे सन्देशमा डाक्टरहरु :  

  1. डा. श्रेया श्रेष्ठ, रेडियोलोजी, विएण्डसी अस्पताल
  2. डा. सरल शर्मा, मेडिकल अफिसर
  3. डा. अशोक श्रेष्ठ, इन्टरनल, मेडिसिन मनमोहन अस्पताल
  4. डा. तिर्सला गुरुङ, नेपाल मेडिकल कलेज
  5. डा. हेमसागर रिमाल, बालरोग, विराट नर्सिङ होम
  6. डा. दीक्षा बोहोरा, नेत्ररोग, आइओएम
  7. डा.योज्ना शाक्य, साइक्र्याट्री,  मनसिक अस्पताल
  8. डा. प्रतिष्ठा प्रधान, मेडिकल, अफिसर निदान
  9. डा.प्रज्वाल रिजाल,  मेडिकल अफिसर, ग्रान्डी अस्पताल
  10. डा. अरिका रानाभाट, इन्टर्न, केएमसी
  11. डा. श्रेया श्रेष्ठ, मेडिकल अफिसर, अल्का अस्पताल
  12. डा. वर्षा आचार्य, प्याथोलोजी, बिपीके आइएसएच
  13. डा. देव जैसी, इन्टरनल मेडिसिन, धुलिखेल अस्पताल
  14. डा. पुष्पा पन्त, बिडिएस, कान्तिपुर डेन्टल कलेज
  15. डा. मनोज अधिकार, चर्मरोग, धुलिखेल अस्पताल
  16. डा. निश्चल घिमिरे, नेत्ररोग, तिलगंगा अस्पताल
  17. डा. सृजना अधिकारी, संक्रामक रोग, बिपीकेआइएसएच
  18. डा. प्रतिक्षा प्रधान, एमडिजिपी, धुलिखेल अस्पताल
  19. डा. कनक खनाल, एनेस्थेसियोलोजिस्ट, विराट मेडिकल कलेज
  20. डा. आरके साबु, जनरल सर्जन, विराट
  21. डा. ज्योति झा, बालरोग, मणिपाल कलेज
  22. डा. आयुष श्रेष्ठ, अर्थोपेडिक्स डेन्टिस्टी, द डेन्टल क्लिनिक
  23. डा. आनन्द सिंह, सर्जन, बिपीकेआइएसएच धरान
  24. डा. सुष्मा सुब्बा, नेत्ररोग, लुम्बिनी नेत्र प्रतिष्ठान
  25. डा. आस्था सिंह, बालरोग, इशान अस्पताल
  26. डा. तुलमाया गुरुङ, सर्जन, इशानअस्पताल
  27. डा. तरुण प्रधान, गाइनोकोलोजी, विराट
  28. डा. स्मृति शर्मा अधिकारी, प्याथोलोजी, बिपीकेआइएसएच
  29. डा. विकास श्रेष्ठ, इन्टरनल मेडिसिन, ग्रान्डी इन्टरनेशनल
  30. डा. डा. अनुप लामिछाने, मेडिकल अफिसर, भरतपुर अस्पताल
  31. डा. स्वीकृति कोइराला, कम्युनिटी मेडिसिन, नेपालगञ्ज
  32. डा. झरना गुरुङ, नेत्ररोग, लुम्बिनी आइ इन्टिच्युट
  33. डा. पुरु कोइराला, इन्टरल मेडिसिन, विराट मेडिकल कलेज
  34. डा. आशिष यादव, एनेस्थेसियोलोजिस्ट, गोल्डेन हस्पिटल
  35. डा. निकेश राजभण्डारी, फिजिसिस्ट, लाइफगार्ड हस्पिटल
  36. डा. लुना अमात्य, बालरोग, कान्ति बाल अस्पताल
  37. डा. प्रवेज कुमार, फिजिसियन, विराट नर्सिङ होम
  38. डा. सुजु भट्टराई, मेडिकल अफिसर, ओम अस्पताल
  39. डा. मीलन पौडेल, मेडिकल अफिसर, गोरखा वेयलफेयर ट्स्टी
  40. डा. अमिर गुरुङ, मेडिकल अफिसर, ग्रीनसिटी अस्पताल
  41. डा. सुदिप राजभण्डारी, नेत्ररोग, तिलगंगा
  42. डा. सन्तोष उपा. काफ्ले, प्याथोलोजी, विराट मेडिकल कलेज
  43. डा. इभा शाक्य, एनेस्थेसियोलोजी, न्याम्स
  44. डा. सुशील पोखरेल, जिपी नेशनल विरगञ्ज
  45. डा. प्रतीक सिंह, अर्थोपेडिक्स, बिपीकेआइएसएच
  46. डा. विजया लक्ष्मी गुरुङ, सर्जरी, नेपाल मेडिकल कलेज
  47. डा. स्नेहा श्रेष्ठ, मेडिकल अफिसर, अल्का अस्पताल
  48. डा. विविषा बानियाँ, चर्मरोग, विपिकेआइएसएच
  49. डा. शिखा उपाध्याय, साइक्रयाट्री, विराट मेडिकल कलेज
  50. डा. एन्जेला रेग्मी नेपाल, साइक्रयाट्री न्याम्स, मानसिक अस्पताल
  51. डा. अंगिरा थापा, फिजियोथेरापी, सर्भा फिजियोथेरापी
  52. डा. युगल ज्योति, नेपाल सर्जरी पाटन एकेडेमी
  53. डा. ज्ञानेन्द्रमान सिंह, गाइनेकोलोजिस्ट, विराट नर्सिङ होम
  54. डा. इस्टोरी पोखरेल, मेडिकल अफिसर, निदान अस्पताल
  55. डा. सुप्रिया शेरचन, साइक्र्याट्री न्याम्स, पाटन अस्पताल
  56. डा. रोहिसा प्रजापति, पेरियोडेन्टिस्ट, नेपाल मेडिसिटी अस्पताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय