भोजपुरका संक्रमित युवाको ट्राभल हिस्ट्री : काठमाडौंबाट रात्रिबस चढेर चतरा, उदयपुर ससुराली हुँदै ११ दिनपछि घर

बिहीबार स्वास्थ्य मन्त्रालयले भोजपुरका २६ वर्षीय युवालाई कोरोना संक्रमण पुष्टि गर्‍यो।

वैदेशिक रोजगारीका लागि साउदी गएका ती युवा फागुन ३० गते नेपाल आएका थिए।

प्रहरीका अनुसार उनी हिमालय एयरलाइन्सको जहाजबाट त्रिभुवन विमानस्थलमा फागुन ३० गते बिहान ९ बजे उत्रिएका थिए।

भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरका अनुसार उनले त्यही दिन रात्रि बस चढेर पूर्वको यात्रा तय गरेका थिए।

भोलिपल्ट बिहान उनी सुनसरीको झुम्का उत्रिए। त्यहाँबाट उत्तर कच्ची बाटो भएर बसमै उनी चतरा पुगेका थिए।

चतरामा श्रीमती छोरीसाथ डेरा गरी बस्थिन्।

‘काठमाडौं आएपछि सिधै श्रीमती र छोरी भेट्न चतरा पुगेको देखिन्छ,’ प्रहरी नायब उपरीक्षक मगरले भने।

ती युवा चैत ७ गतेसम्म चतरामै बसे। यो बीचमा उनी चतरामै कति घुमफिर गरे भन्ने यकिन हुन सकेको छैन।

परिवारसँग सोधपुछ गर्दा उनी यो बीचमा बस चढेर श्रीमती र छोरीसहित एक दिन आफ्नो मावली घर धरान गएका थिए। धरान बजारमा किनमेल गरी साथीहरूसँग घुम्न इटहरी पनि गएका थिए।

युवाको स्थायी घर भोजपुर हतुवागढी गाउँपालिका६ होम्ताङ हो। प्रहरीका अनुसार नेपाल आएको ११ दिनपछि उनी घर होम्ताङ पुगेका थिए।

‘त्यहाँ पुगेपछि उनको दुईपटक र्‍यापिड परीक्षण गरियोदुबै पटक पोजेटिभ देखिएपछि स्वाब परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो,’ डिएसपी मगरले भने।

बिपीमा स्वाब परीक्षण गर्दा युवामा बिहीबार कोरोना पोजेटिभ देखिएको हो। अहिले गाउँमै रहेका उनलाई कोसी अञ्चल अस्पताल ल्याउने तयारी भइरहेको छ।

‘सुनसरीमा आएर एक साता बसेपछि, उनी उदयपुर गएको बुझिएको छ,’ सुनसरीका एक प्रहरी अधिकृतले भने। सुनसरीकै विभिन्न स्थानउदयपुर हुँदै उनी भोजपुर पुगेको देखिएको छ।  

उदयपुर प्रहरीका अनुसार ती युवा चैत ९ गते मैनामैनी पुगेको देखिन्छ।

ससुरालीमा दुई दिन बसेर उनी ११ गते मोटरसाइकलमा भोजपुर हिँडे। श्रीमती र छोरीलाई ससुरालीमै छोडे।

उनी सैनामैनाबाट मोटरसाइकलमा उदयपुरको सीमाना दुधकोसीको चुहार पुगे। त्यहाँबाट अर्कै व्यक्तिको सहयोगमा हतुवागढी गाउँपालिका९ हसनपुरको बार्ताङसम्म गए। त्यहाँबाट पनि उनी अर्को मोटरसाइकलमा घर होम्ताङ पुगेका थिए।

हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईका अनुसार उनी ११ गते नै घर आइपुगेको थाहा भएको छ।

अहिले संक्रमित युवालाई हतुवागढी१ को घोरेटारस्थित आइसोलेसनमा राखिएको छ। ‘कोसी अञ्चल अस्पतालले सञ्चालन गरिरहेको कोरोना अस्पताल पठाउने तयारी गरिरहेका छौं,’ राईले भने।

घर पुगेपछि ती युवा क्वारेन्टाइनमा नबसी घुमफिर गरेको देखिएको छ।

राईका अनुसार हतुवागढीमा उनका ९ जना परिवारका सदस्य छन्। ती सबैको परीक्षण गर्नुपर्ने देखिएको छ।  

‘चतरा बसिरहेकी श्रीमती र छोराको स्वाब परीक्षण गरी धरान पठाइसकिएको छ,’ अध्यक्ष राईले भने। मैनामैनीस्थित ससुराली घरका परिवारको पनि परीक्षण तयारी भइरहेको उदयपुर प्रहरीले जनाएको छ।

‘पहिलो चरणमा १५२० जनाको त तत्कालै परीक्षण गर्नुपर्ने देखिएको छ,’ राईले भने।

राईका अनुसार युवासँग सँगै हिँडडुल र एउटै टेबलमा खाना खाएका मान्छे प्रशस्तै देखिएका छन्। ‘कम्तीमा ६० जना व्यक्तिसँग हेलमेल भइसकेको थाहा भएको छ,’ राईले भने।

ती युवाको ससुरालीमा सासुससुरा र एक सालो रहेको पत्ता लागेको छ। उनीहरू सबैको स्वाब परीक्षण गर्न धरान पठाइएको छ। ‘आजभोलिमै रिपोर्ट आउने सुनिएको छ,’ डिएसपी मगरले भने।

हतुवागढी गाउँपालिकाले युवासँग नजिक देखिएकाहरू परीक्षणका लागि तयारी थालिएको बताएको छ। ‘जिल्ला स्वास्थ्य कार्यालयसँग छलफल भइरहेको छहामी चाँडै परीक्षण थाल्छौं,’ राईले भने।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय