मोबाइल फोन इम्पोर्टर्स एसोसिएनद्वारा प्रहरी अस्पताललाई पिपिई र मास्क सहयोग
कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्ने सुरक्षा तथा स्वास्थ्य निकायलाई मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनले पिपिई तथा मास्क सहयोग गरेको छ।
नेपाल प्रहरी अस्पताललाई ४० थान पिपिई र ५ हजारथान मास्क हस्तान्तरण गरेको एसोसिएसनले जनाएको छ। महाराजगञ्जस्थित प्रहरी अस्पतालमा आयोजित कार्यक्रममा एसोसिएसनका अध्यक्ष दीपककुमार मलहोत्रा एवं पदाधिकारीहरूले संयुक्तरूपमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिहंलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।
एसोसिएसनका अध्यक्ष मलहोत्राले यस सहयोगबाट कोभिड–१९ महामारीविरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल पुग्ने बताए।