भोजपुरमा पनि देखियो कोरोना संक्रमण, संक्रमित संख्या पुग्यो ४८

धरानमा थप एकजनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित व्यक्ति २६ वर्षका पुरुष  हुन्।

बिपी कोइराला राष्ट्रिय प्रतिष्ठानमा परीक्षण गर्दा पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। संक्रमित व्यक्ति भोजपुरका रहेको बुझिएको छ।

आजमात्रै ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यो संँगै नेपालमा कोरोना संक्रमित संख्या ४८ पुगेको छ। निको भएर १० जना घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय