जनकपुरमा नेगेटिभ भन्दै घर पठाइएका १४ वर्षे बालकको पिसिआर रिपोर्ट टेकुमा पोजेटिभ

जनकपुरधाम प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर रिपोर्ट नेगेटिभ देखिएका एकजनाको रिपोर्ट टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा भने पोजेटिभ देखिएको छ।

प्रादेशिक अस्पताल जनकपुरको जाँचमा पिसिआर नेगेटिभ देखिएको बालकको टेकुमा स्वाब परीक्षणको नतिजा पोजिटिभ देखिएको हो। सर्लाहीको धनकौल गाउँपालिकाको हरकठबा बस्ने १४ वर्षीय एक बालकमा कोरोना पोजिटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। आरडीटी पोजेटिभ देखिएपछि स्वाब परीक्षणको लागि बालकलाई जनकपुर ल्याइएको थियो। प्रादेशिक अस्पताल जनकपुरले गत आइतबार गरेको स्वाब परीक्षणपछि नेगेटिभ नतिजा आएको भन्दै बालकलाई घर फर्काएको थियो।

तर, टेकुस्थित प्रयोगशालामा पुनः स्वाब परीक्षण गर्दा पोजिटिभ नतिजा आएको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले बताएका छन्।
टेकु प्रयोगशालाले कोरोना संक्रमित भनेसँगै बालकको खोजी सुरु भएको छ । कोरोना पोजिटिभ देखिएका ती युवक भारतको दिल्लीबाट चैत २३ गते रौतहटको सीमा हुँदै सर्लाही पुगेका थिए।

‘लकडाउन’ कै अवधिमा घर पुगेको जानकारी पाएलगत्तै उनलाई क्वारेन्टाइनमा राखिएको थियो । आरडिटी जाँचमो पोजिटिभ देखिएपछि स्वाब परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो। प्रादेशिक अस्पताल जनकपुरले स्वाब रिपोर्ट आरडिटी दिएपछि युवकलाई घर फर्काइएको थियो ।

‘प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर परीक्षण नेगेटिभ देखिएपछि उनलाई घर पठाइएको रहेछ,’ जिसीले भने, ‘आज पुनः पोजिटिभ भनिएको छ । गाउँमा रहेका उनलाई हामी आइसोलेसनमा पठाउँदै छौं।’

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले कोरोना पोजिटिभ देखिएका ती बालकलाई आइसोलेसनमा पठाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

‘प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर परीक्षण नेगेटिभ देखिएपछि उनलाई घर पठाइएको रहेछ,’ जिसीले भने, ‘आज पुनः पोजिटिभ भनिएको छ । गाउँमा रहेका उनलाई हामी आइसोलेसनमा पठाउँदै छौं।’

प्रमुख जिल्ला अधिकारी जिसीले ती बालक दिल्लीबाट आएको जानकारी पाएलगत्तै क्वारेन्टाइनमा पठाइएको बताए ।

‘आरडीटी पोजिभिट आएपछि स्वाब परीक्षणको जनकपुर पठायौं । तर, त्यहाँ नेगेटिभ नतिजा देखायो, स्वाब परीक्षणमा नेगेटिभ देखिएपछि उनी घर फर्किए,’ जिसीले भने, ‘तर आज पोजिटिभ नतिजा आएको छ। उनलाई आइसोलेसनमा पठाइने छ । नेपाल आइसकेपछि उनले क–कसलाई भेट, कहाँकहाँ पुगे हामी ट्रेसिङ गरिरहेका छौं ।’

प्रमुख जिल्ला अधिकारी जिसीले रोजगारको लागि भारतको दिल्लीमा रहेका उनी रौतहटको सीमा हुँदै एक्लै सर्लाही पुगेको बताएका छन् । नेपाल आइसकेपछिको उनको ट्राभल हिस्ट्री खोत्लने काम भइरहेको उनले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय