कोरोना कहर : खाडीका विदेशी श्रमिकमाथि दुर्दशाको वज्र

लामो समयदेखि स्रोत देशका अर्थतन्त्रको प्रमुख स्तम्भ बन्दै आएका लाखाैं अन्तराष्ट्रिय श्रमिक यतिबेला खाडी राष्ट्रमा बन्दीसरह दिन काट्दै छन्।

धन कमाउने आसमा जहान छाडेर पेट्रोलियमले समृद्ध मानिने अरब हानिएका उनीहरु कोरोनाभाइरसका कारण जागिरविहीन बनेका छन्। अब भन्नेवित्तिकै देश फर्किहाल्ने स्थिति पनि छैन, पैसा आउने बाटो पनि बन्द भयो।

गगनचुम्बी इमारतको प्रतिच्छायाँमा गुल्जार भएर चल्ने दुवईका औद्योगिक क्षेत्र, बहराइनको टापु अनि साउदी अरबका असरल्ल शहरहरु, सबै ठाउँमा विदेशी श्रमिक एकान्तवासको अत्यासलाग्दो दैनिकीमा छन्। उनीहरुमध्ये कतिपय वेतलबी विदामा छन् कतिको त जागिर नै गुमिसक्यो।

यूनाइटेड अरब इमिरेट्स (युएइ)ले श्रमिकलाई गृह राष्ट्रले फिर्ता नलगे भविष्यमा ती राष्ट्रलाई दिइने श्रमिक कोटामा कटौती धम्की दिइसकेका छन्। यसले गर्दा अहिले कोरोना नियन्त्रणको धपेडी खेपिरहेका विकासशील मुलुकका सरकार र ती श्रमिकका करोडौं आश्रित परिवार गहिरिंदो तनावमा छन्।

पाकिस्तानको पेसावरबाट दुवई आएर सूचना–प्रविधि व्यवथापक बनेका हुन्जुल्लाह खालीकनुर यतिबेला जसरी होस् उम्केर घर पुग्न चाहन्छन्।
‘हाम्रो जागिर गैसक्यो । अब हामी आफ्नै देश फर्कन चाहन्छाैं,’ दुबइस्थित पाकिस्तानी कन्सुलेटलाई हरेक दिन ताकेता गरिरहेका उनी भन्छन्।

कोरोना भाइरसले संसारभरिका मानिसलाई कुनै न कुनै रुपमा प्रभावित गरिरहेता पनि अरब राष्ट्रमा कार्यरत दक्षिण एसियाका वैदेशिक श्रमिकका हकमा चाहिं दुदर्शाकै वज्र परेको हो । आकर्षक तलब तथा सुविधाका लागि यिनीहरुले धेरै अमूल्य बर्ष खाडीमा खन्याएका छन्।

यी मजदुरको श्रम स्रोत तथा रोजगारदाता मुलुकका लागि उत्तिकै महत्वपूर्ण छ। अन्योन्याश्रित छन्। अफगानिस्तान, नेपाल, भारत, पाकिस्तान, फिलिपिन्सजस्ता देशको अर्थतन्त्रको लागि विप्रेषण प्रमुख आधारशिला हो ।

संयुक्त राष्ट्रसंघको एक तथ्यांकअनुसार छ खाडी राष्ट्र(वहराइन, कुवेत, ओमान, कतार, साउदी अरबीया र दुबइ) का साथसाथै जोर्डन र लेबनानमा करिब तीन करोड ५० लाख वैदेशिक श्रमिक कार्यरत छन् । सबैजसो खाडी राष्ट्रमा वहुसंख्यक श्रमदाता विदेशबाटै ल्याइन्छन्। कतिपयमा कुल जनसंख्याकै ८० प्रतिशत तिनले नै ओगटेका छन्।

खाडी देशहरुले आफ्ना नागरिक तथा आप्रवासी कामदारको स्वास्थ्य परीक्षणलाई तीव्रता दिएका छन्। दुबइले आबुधाबीस्थित औद्योगिक जिल्लामा प्रतिदिन १० हजार कामदारको स्वास्थ्य जाँच गरिरहेको छ ।

बैदेशिक रोजगारीमा जाने अधिकांश श्रमिकले पाउने काम भनेको सरसफाइ, गाडी चालक, वेटरलगायत नै हुन्। निर्माण क्षेत्रमा पनि ठूलो संख्या जान्छ। न्यून पारिश्रमिकका लागि उखरमाउलो गर्मीमा जोतिने उनीहरुको स्वास्थ्य यसै पनि स्रोत राष्ट एवम् परिवारजनका लागि ठूलो चिन्ताको विषय हो।

कोरोनाभाइरसले वैदेशिक श्रमिक बस्ने शिबिरमा नयाँ जोखिम थपेको छ । भारतको आबुधाबीस्थित केरला समाजिक केन्द्रका प्रमुख कृष्ण कुमारका अनुसार सो क्षेत्रका श्रम शिविरमा १० जना एकै कोठामा कोच्चिनुपर्ने वाध्यता छ।

उता बहराइन र कतारमा सयौं संख्याका श्रमिक कोभिड–१९ संक्रमणमा परेका छन्, क्वारेन्टाइनमा छन्। साउदी अरेबियाले पनि श्रमिक शिविरमा फैलेको संक्रमणप्रति चिन्ता जाहेर गरिसकेको छ।

विश्व महामारीको हालको समयमा भिसा तथा बसाइको स्विकृति समाप्त भएका श्रमिकका लागि खाडी राष्ट्रले आममाफिको घोषणा गरेका छन्। यसका साथै कति राष्ट्रले रोजगारी गुमेका वा बिदामा रहेका श्रमिकका लागि खाना तथा आवासको सुविधा प्रदान गराउन रोजगारदातालाई आदेश दिएका छन्। यी राष्ट्रले जुनसुकै देशको नागरिक भएता पनि कामदारलाई कोरोना संक्रमण पुष्टि भएको अवस्थामा निःशुल्क उपचारको वाचा पनि गरिसकेका छन् ।

तथापि, स्वास्थ्य सेवाको पहुँच अझै सहज छैन । दुबइको औद्योगिक नगर अल कोजमा एसोसियटेड प्रेसका पत्रकारले भाइरस संक्रमणको शंकाको कारण जाँच गराउन गएका २० जनाभन्दा बढी श्रमिक क्लिनिकबाहिर घण्टांैसम्म कुरेको देखेका थिए।

दुबइको नाइफ नगरमा आफूलाई बिलाल भनेर परिचय दिएका एक श्रमिकले प्रहरीले पूर्वजानकारीविना एक साताको कºर्यु लागू गरेपश्चात् सहकर्मीहरुसहित कार्यालयमै थुनिएको अनुभव सुनाए।

सन् २०२२ को फिफा विश्वकप आयोजक राष्ट्र कतारले कोरोना भाइरसको विस्तारलाई नियन्त्रण गर्न आºनो औद्योगीक क्षेत्रको विभिन्न भागलाई घेराबन्दी ग¥यो, जसले गर्दा कैयन् श्रमिक खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीका लागि सरकारमाथि निर्भर रहे ।

कतार सरकारले क्वारेन्टाइनमा रहेका वा बिरामी परेका जुनसुकै संख्याका मजदुरलाई पनि पूरा पारिश्रमिक प्रदान गर्ने जनाएको छ ।

कोरोना भाइरस संक्रमणको आशंका गरिएका वैदेशिक श्रमिकलाई उनीहरुले पाउनुपर्ने पारिश्रमिक तथा सेवाको समाप्तिपछि पाउनुपर्ने सुविधाविना‘डिपोर्ट’गरिएको भन्दै एम्नेष्टि इन्टरनेशनलले हालै कतार सरकारको आलोचना गरेको थियो । तर कतारले भने ती मानिसहरु कानूनी बन्देज लगाइएको पदार्थको उत्पादन र बिक्रीवितरणमा संलग्न भएको भन्दै प्रतीरक्षा गर्‍यो।

समग्र खाडी क्षेत्रमा निर्माण क्षेत्रलाई ‘महत्वपूर्ण’भन्दै कºर्यु वा प्रतिबन्धको बाबजुद पनि निरन्तरता दिइएको छ । एम्नेष्टि इन्टरनेशनलका अनुसन्धानकर्ता मे रोमानोसले यातायात, निर्माण क्षेत्र वा आवास केन्द्रमा कामदारले सामाजिक दूरीको पालना गर्न सकेको वा नसकेको भन्ने विषयमा आफू प्रष्ट नभएको बताए ।

‘आफ्ना मजदुरहरु सुरक्षित छन् भनेर सुनिश्चित गर्ने दायित्व सम्बन्धित सरकारको हो,’ उनी भन्छन्।

घर फर्कन चाहने कैयौं मजदुरका लागि दुर्भाग्य मानौं, खाडी क्षेत्रका विमानस्थलहरु बन्द अवस्थामा छन्। केहि स्रोत देशले संक्रमण नियन्त्रण गर्न नसक्ने भन्दै उनीहरुलाई फिर्ता लान आनाकानी गरेका छन्।

खाडीमा कार्यरत् हजारांै फिलिपिनी नागरिकलाई फिर्तीका लागि फिलिपिनी सरकारले गत फेबु्रअरीदेखि सहायता गरिरहेका छन्। तर त्यही काममा चाहिं नेपाल तथा भारतले हालसम्म कुनै तयारी थालेका छैनन्।

(एपीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय