बागलुङकी अंशुको पाँचौं रिपोर्ट नेगेटिभ, छैठाैं पनि नेगेटिभ आए डिस्चार्ज गरिने

बागलुङकी कोरोना संक्रमित अंशु सापकोटाको पाँचौं रिपोर्ट नेगेटिभ आएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामा बिहीबार गरिएको परीक्षण नेगेटिभ आएको हो।

शुक्रबार छैठौं परीक्षण गरिने र त्यो रिपोर्ट पनि नेगेटिभ आए उनलाई घर पठाइने स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए। ‘उहाँको भोलि छैठौं परीक्षण गर्छौं। नेगेटिभ आए उहाँलाई घर पठाउँछौ,’ उनले भने, ‘त्यसपछि पनि निरन्तर फलोअप गरिरहन्छौं।’

उनी गत चैत ४ मा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन्। नेपाल आएको ११औं दिनमा उनलाई कोरोना पुष्टि भएको थियो। उनी धौलागिरी अञ्चल अस्पतालमा उपचाररत छिन्। अंशुसँगै एउटै जहाजमा आाएकी बाग्लुङकी ६५ वर्षीया मनकुमारी पौडेल उपचारपछि निको भएर घर फर्किसकेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय