सनसिटी अपार्टमेन्टका दुई संक्रमितले पनि जिते कोरोना, निको हुने संख्या नौ

काठमाडौं पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुईजना कोरोना संक्रमित निको भएका छन्। निको भएपछि उनीहरूलाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाटन अस्पतालमा उपचाररत सनसिटी अपार्टमेन्टका दुई संक्रमित निको भएर डिस्चार्ज भएको बताए।

उनका अनुसार  हालसम्म ४३ हजार २ सय ७७ जनामा कोरोना परीक्षण गरिएको छ। तीमध्ये क्वारेन्टाइनमा १० हजार ५ सय ७३ र आइसोलेसनमा ८६ जना छन्।

गत चैत ५ मा बेलायतबाट आएका आमा, छोरा र बुहारीमा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको थियो। परीक्षणमा आमा र छोरालाई कोरोना संक्रमण पुष्टि भएको थियो भने बुहारीमा संक्रमण देखिएको थिएन।

संक्रमित आमा, छोरालाई बिहीबार अस्पतालबाट डिस्चार्ज गरिएको छ। योसँगै नेपालमा निको भएका संक्रमित संख्या नौ पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय