थप दुईमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७

थप दुईजनामा कोरोना भाइरस संकमण देखिएको छ। स्वास्थ्य तथा जनसंखया मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोरोना भाइरसको पछिल्लो अपडेटबारे जानकारी दिँदै प्रवक्ता डा. विकास देवकोटाले थप दुईलाई कोरोना पुष्टि भएको जानकारी गराएका हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षण क्रममा उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षका एकजनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा संक्रमित संख्या ४७ पुगेको छ। जसमध्ये उदयपुरबाट मात्रै २७ जना छन्। अहिलेसम्म निको भएर अस्पताल फर्कनेको संख्या नौ पुगेको मन्त्रालयले जनाएको छ।

उनका अनुसार  हालसम्म ४३ हजार २ सय ७७ जनामा कोरोना परीक्षण गरिएको छ। तीमध्ये क्वारेन्टाइनमा १० हजार ५ सय ७३ जना र आइसोलेसनमा ८६ जना छन्।

कोरोना आशंकामा पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ५ जनाको नमुना परीक्षण भएको छ। सबै जिल्लामा आरटिडी परीक्षण सुरु गरेको मन्त्रालयले प्रदेश १ मा ३ हजार ५ सय ९२, प्रदेश २ मा ४ हजार ५ सय २९, बागती ६ हजार १ सय ५५, गण्डकी ४ हजार ५ सय ५५, प्रदेश ५ मा २ हजार ७ सय ५६, कर्णाली ४ हजार ७ सय ३५ र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय १ जनाको नमुना परीक्षण गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय