स्वीस अध्ययन भन्छ- ‘कोरोनाको असर मुटु, मिर्गौला र आन्द्रामा समेत’

कोराना भाइरसले मानिसको शरीरको रक्तधमनीको भित्री सतहलाई आक्रमण गरी विभिन्न अंगको कार्यसञ्चालनलाई निष्कृय गराउने स्विजरल्यान्डमा गरिएको एक अध्ययनले देखाएको छ।

‘यस भाइरसले फोक्सोलाई मात्र आक्रमण गर्दैन। बरू शरिरभरिका सबै रक्तधमनीलाई पनि आक्रमण गर्दछ,’ द ल्यान्सेट नामक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा लेखक युनिभर्सिटी हस्पिटल जुरिचका अनुसन्धानकर्ता फ्रान्क रुस्किजाकले जनाएका छन्।

उनका अनुसार कोरोना भाइरसले निमोनियाभन्दा गम्भीर रोग लगाउने अनुसन्धानले देखाएको छ।

‘यसले रक्तनलीको रक्षा गर्ने इन्डोथेलियममा प्रवेश गरी रक्त प्रवाहमा अवरोध ल्याई शरीरको प्रतिरक्षा क्षमतालाई क्षीण गराउँदछ,’ रुस्किजाक भन्छन्, ‘रक्त प्रवाहमा अवरोध ल्याई यसले अन्ततः शरीरभित्रको सम्पूर्ण अंगबीच रक्तसञ्चार पूर्णररूपले बन्द गराउँछ।’

धमनीको रोग तथा धमनीसम्बन्धी हाइपरटेन्सनबाट ग्रसित एक ७१ वर्षे बिरामीको शव परीक्षण गर्दा विभिन्न अंगले काम गर्न नसकेर मृत्यु भएको अध्ययनले देखाएको छ।

जसको कारण मुटु, मिर्गौला, आन्द्रा तथा सबै अंगमा समस्या आउने उनले जनाए।

‘यसले धुमपान गर्ने तथा पहिल्यैदेखि इन्डोथेलियम कमजोर भएको वा अस्वस्थ रक्तधमनीसहित उच्च रक्तचाप, चिनी रोग, मोटोपना वा मुटुसम्बन्धी समस्या भएका व्यक्ति कोभिड–१९ को थप जोखिममा हुने अवस्थालाई पुष्टि गर्छ,’ प्रतिवेदनमा छ।

तीनजना संक्रमितको विश्लेषणका आधारमा यो निष्कर्ष निकालिए पनि रुस्किजाकका अनुसार कोभिड–१९ का कारण ज्यान गुमाएका बिरामीको शव परीक्षण गर्दा उनीहरूको रक्तधमनीको भित्री भाग भाइरसले भरिएको र सबै अंगको धमनीको कार्यमा अवरोध आएको भेटिएको थियो।

धमनीको रोग तथा धमनीसम्बन्धी हाइपरटेन्सनबाट ग्रसित एक ७१ वर्षे बिरामीको शव परीक्षण गर्दा विभिन्न अंगले काम गर्न नसकेर मृत्यु भएको अध्ययनले देखाएको छ।

शरीरभित्र भाइरसको विस्तार रोक्ने भ्याक्सिनको अलावा धमनीसम्बन्धी स्वास्थ्यको मजबुतीकरण कोभिड–१९ बिरामीको उपचारको प्रमुख उपाय हुने रुस्किजाकको सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय