कोरोना ल्याबका ‘योद्धा’

विश्वास न्यौपान चितवन स्वास्थ्य कार्यालयका डिस्ट्रिक्ट ल्याब सुपरभाइजर हुन्। यतिखेर कोरोना भए–नभएको छुट्ट्याउन उनी व्यस्त छन्।

उनको जिम्मेवारी पूरै जिल्लाको ‘सुपरभाइज’ गर्ने हो तर, जनशक्ति अभाव भएपछि उनी आफैं खटिएका छन्।

‘सुरुमा कोरोना भाइरस प्रयोगशालामा काम गर्न धेरैले नाम टिपाएका थिए। बहाना बनाएर आएनन्,’ न्यौपानले भने, ‘जिल्लाको नेतृत्व गर्ने जिम्मा मलाई छ, पछि हट्न पनि भएन। आफैं खटिएँ।’

उनलाई घरपरिवारबाट काम नगर्न दबाब नआएको पनि होइन। तर, पूरै विश्व कोरोनाविरुद्ध लडिरहेको समयमा आफ्नो सीपलाई त्यतिकै फाल्न उनको मनले मानेन। यो लडाइँमा अग्रमोर्चामै खटिएका छन् उनी।

चितवनमा कोरोना पोजिटिभ देखिएका दुईजनाको उनी आफैंदे आरएनए एक्सट्रक्सन गरेका थिए। आरएनए एक्सट्रक्सन गर्ने समयमा ल्याब

टेक्निसियनलाई उच्च जोखिम हुन्छ। यो भनेको पिसिआर अन्तर्गतको मुख्य काम हो।

आफैंले परीक्षण गरेको केसमा कोभिड–१९ पोजिटिभ देखिँदा उनलाई झन् डर लाग्यो।

त्यो स्वाबबाट कोरोना पुष्टि गर्न दुईपटकसम्म परीक्षण गरिएको थियो। त्यतिबेला उनले आफ्ना ७५ वर्षीय बुबाले भनेको सम्झिए– ‘बचेर काम गरेस् बाबु।’

हरेक दिन उनले यो शव्द सुन्छन्। ६५ वर्षीया आमा, श्रीमती र दुई वर्षकी छोरीसँगै बस्छन् उनी। तर, अहिले घर नगएको थुप्रै दिन भइसक्यो।

‘पहिले भारतमा पनि पिसिआरमा काम गरेको थिएँ। त्यहाँ बर्डफ्लु, स्वाइनफ्लु र एचआइभी परीक्षण गरिन्थ्यो। कोरोना भाइरस भने नौलो भाइरस भएकाले डर लागेको थियो,’ उनी भन्छन्, ‘अब त बानी लागिसक्यो।’

तर, अहिले उनलाई डर भने हट्दै गएको छ। ‘पहिले भारतमा पनि पिसिआरमा काम गरेको थिएँ। त्यहाँ बर्डफ्लु, स्वाइनफ्लु र एचआइभी परीक्षण गरिन्थ्यो। कोरोना भाइरस भने नौलो भाइरस भएकाले डर लागेको थियो,’ उनी भन्छन्, ‘अब त बानी लागिसक्यो।’

भरतपुरबाट १२ किलोमिटर दुरीमा घर भए पनि जान पाएका छैनन्। कारण– परिवारलाई कोरोना सर्छ कि भन्ने डर।

‘चितवनमा कोरोना पोजिटिभ देखिएपछि घर गएको छैन। भरतपुर अस्पतालले उपलब्ध गराएको क्वारेन्टाइनमा बस्ने गरेको छु। घर जान हामीलाई जोखिम छ। घरमा वृद्ध बुबा, आमा र दुई वर्षकी छोरी छन्,’ उनले भने, ‘कोरोना प्रयोगशालामा काम गरेपछि एक दिन घर गएको थिएँ। गेटबाट नै आमाबुबालाई हेरेरमात्र फर्किएँ। अहिले भिडियो कलमात्रै हुन्छ।’

डाक्टर, नर्सलाई भन्दा ल्याबमा काम गर्न अलि सुरक्षित नै मानिन्छ। तर, थोरै सावधानी अपनाइएन भने खतरा पनि उत्तिकै हुन्छ। त्यसका लागि प्रयोगशालालाई व्यवस्थित बनाइँदै लगिएको छ। परीक्षण गर्ने समयमा पनि उत्तिकै सावधानी अपनाइने गरिएको उनले बताए। यसका लागि एक सिफ्टमा आठजना आवश्यक पर्ने उनको भनाइ छ।

कोरोना परीक्षण गर्नमात्र एक्लैले सम्भव हुँदैन। एकजना स्प्रे गर्ने, ढोका खोल्ने मान्छे चाहिन्छ। काम सकिएपछि पिपिई सेट डस्टबिनमा राख्नुपर्छ। फाहोर संकलन गर्ने व्यक्ति हुनुपर्छ। ल्याबभित्र गएको व्यक्तिले सोझै अन्य वस्तु छुँदा सर्ने सम्भावना बढी हुन्छ।

प्रयोगशालामा काम गर्नेको १४ देखि२१ दिनभित्र पिसिआर परीक्षण हुन्छ। नेगेटिभ रिपोर्ट आयो भने उनीहरू घर जान पाउँछन्। तर, परिवारसँग घुलमिल हुन नहुने बताए।

प्रयोगशालामा काम गर्नेहररू अहिले १५ घन्टासम्म पिपिई सेटसहित काममा खटिन्छन्।

‘बिहान १० बजे प्रयोगशाला पुग्छौं। भित्र छिरेपछि काम नसकुन्जेल बाहिर निस्कन मिल्दैन,’ उनले भने, ‘कहिले त मध्यरात १२ बजेसम्म काम गर्नुपर्छ।’ यो समयमा बाहिरबाटै प्याकिङ गरेको खाना मगाउँछन्। खाना खान छुट्टै कोठा बनाएका छन्। यहाँ दैनिक ४० देखि ५० सम्म परीक्षणका लागि स्वाब आउने गरेको उनले बताए।

भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला चैत २३ गतेदेखि सुरु गरिएको थियो।

कोरोना परीक्षण गर्नुअघि नमुनाको अलग–अलग प्रोसेसिङ गरिन्छ। काम नसकेसम्म बाहिर निस्कन हुँदैन। भाइरस ल्याउने भएकाले सचेत हुनुपर्ने पाण्डेको भनाइ छ ।

अहिले प्रयोगशाला भरतपुर अस्पतालमातहत ल्याइएको छ। त्यसपछि केही प्राविधिक कटौतीसमेत गरियो। सुरुमा प्रयोगशालाको सुपरभाइजर भएर काम गरेका मदनराज पाण्डे अहिले त्यहाँ कार्यरत छैनन्। पाण्डे त्यहाँबाट बिदाइ भए पनि परिवारसँग बस्न पाएका छैनन्। परिवारमा कोरोना सर्ला भन्ने डरले होम क्वारेन्टाइनमा बसेका छन्।

कोरोना परीक्षण गर्नुअघि नमुनाको अलग–अलग प्रोसेसिङ गरिन्छ। काम नसकेसम्म बाहिर निस्कन हुँदैन। भाइरस ल्याउने भएकाले सचेत हुनुपर्ने पाण्डेको भनाइ छ।

‘परीक्षणमा आउने भनेको कोरोना भएर नै आएको भन्ने बुझ्नुपर्छ। त्यसैले सुरुदेखि नै हामी सतर्क हुनुपर्छ। हामीकहाँ आउने िबत्तिकै स्वाब राखेको बट्टाको बाहिरी भागमा स्प्रे गरेका किटाणु मार्छौं। अनि टेलिबक्सलाई बायोसेफ्टी क्याबिनेटभित्र प्रोसेस गर्ने हो,’ उनले भने, ‘हामीलाई नेगेटिभ छ भन्ने फिल नै हुँदैन। पोजिटिभ नै छ भनेर काम गर्दछौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय