उदयपुरमा अब के गर्ने?

उदयपुर भुल्के गाउँ। त्रियुगा नगरपालिकाको यो गाउँ नेपालमा कोरोना संक्रमणको ‘इपिसेन्टर’ बनेको छ। वैशाख ५ गते भुल्केको एउटा मस्जिदमा एकै दिन १२ जना संक्रमित भेटिए। तीमध्ये ११ जना भारतीय र एक त्यहीँका मुस्लिम समुदायका थिए।

धेरै पहिला नै मस्जिदमा आएर बसिरहेका उनीहरूमा संक्रमण पुष्टि भएपछि सँगै रहेका वरपिरिका अररूलाई पनि परीक्षण थालियो। अस्ति मंगलबार थप ११ जनामा संक्रमण पुष्टि भयो। तीमध्ये आठजना पहिलाका संक्रमितसँगै बसेर नमाज पढेकाहररू थिए भने बाँकी वरिपरिका नै। र, हिजो बुधबार फेरि थप सातजनामा संक्रमण पुष्टि भयो। अब यहाँ संक्रमित हुनेको संख्या ३० पुगिसक्यो।

संक्रमित फेला पर्ने यो सिलसिला अहिले आएर एकाएक देखियो। जब कि ती संक्रमित धेरै पहिलादेखि नै त्यो मस्जिदमा बस्दै आएका थिए।
अझ अहिले संक्रमण देखिएका ती भारतीयह त गत पुसमै नेपाल भित्रिएको पुष्टि भइसकेको छ।

घटनाक्रमले नेपाल आइसकेपछि नै उनीहररूलाई संक्रमण भएको देखिन्छ। त्यही मस्जिदमा बस्ने वा मस्जिदसँग सम्बन्धितमात्रै होइन, बस्तीका अरू मानिसलाई पनि संक्रमण पुष्टि भइसकेको छ।

विज्ञहररू के भन्छन्?

‘अब स्थिति जटिल भइसक्यो,’ इपिडिमियोलोजिस्ट डा. पदमबहादुर चन्द भन्छन्, ‘अब थप संक्रमित खोज्न कत्ति पनि ढिला गर्दै गर्नुहुन्नँ।’

उनको बुझाइमा समुदायस्तरमै संक्रमण पुगिसकेपछि ‘आरडिटी’ र्‍यापिड टेस्टमा अल्झिनु भनेको अझै संक्रमण फैलाउने र भइरहेका संक्रमित पत्ता लगाउन पनि ढिला गर्नु हो।

‘यो केस अब स्थानीयस्तरमै पुगिसकेको छ। उनीहरूको सिधै सम्पर्कमा आएका र तेस्रो पक्षकालाई समेत संक्रमण पुष्टि भइसकेको अवस्था छ,’ डा. चन्द भन्छन्, ‘भित्रभित्रै यो धेरै फैलिइसकेको जस्तो छ। त्यसैले अब धमाधम टेस्ट गर्ने र संक्रमित खोज्ने नै हो।’

उनका अनुसार अब परीक्ष गतिलाई एकदमै सघन र केन्द्रिकृत बनाउनुपर्छ।

‘त्यसैले अब कत्ति पनि ढिला गर्नुहुन्नँ। एरियाहरू सिल गरेर तत्काल पिसिआर विधिबाटै संक्रमित पत्ता लगाउनुपर्छ,’ उनी भन्छन्, ‘अबको एकदमै प्रभावकारी र गर्नैपर्ने उपाय भनेको यही हो। संक्रमित पत्ता लगाउँदै आइसोलेट गर्दै जाने। नत्र, स्थिति झन् भयावह हुनसक्छ र अझै संक्रमण फैलिन सक्छ।’

सुरुमा मस्जिदमा बसिरहेका संक्रमित धेरै समय पहिला नै नेपाल आइसकेका थिए। त्यसैले उनीहरूलाई कसरी संक्रमण भयो भन्नेबारे अहिलेसम्म खोजी नीतिसम्म भएको छैन।

अर्कोतिर फेरि संक्रमण पनि बढ्दै गएको छ,’ उनले भने, ‘त्यसैले अब उनीहरूलाई कसरी यो संक्रमण भयो भन्नेतिर पनि हामीले अनुसन्धान बढाउन जरुरी छ। उनीहररूलाई कसरी संक्रमण भयो र कहाँ भयो भन्नेबारेमा खोजी गर्न पनि ढिला गर्नुहुन्नँ।’

‘त्यसैले यो केस धेरै भएको देखिन्छ। एकातिर उनीहरू पहिला नै आएको भन्ने देखिन्छ। अर्कोतिर फेरि संक्रमण पनि बढ्दै गएको छ,’ उनले भने, ‘त्यसैले अब उनीहरूलाई कसरी यो संक्रमण भयो भन्नेतिर पनि हामीले अनुसन्धान बढाउन जरुरी छ। उनीहररूलाई कसरी संक्रमण भयो र कहाँ भयो भन्नेबारेमा खोजी गर्न पनि ढिला गर्नुहुन्नँ।’

र्‍यापिड होइन, पिसिआर

विज्ञहरूका अनुसार उदयपुरको अवस्था अब तेस्रो चरण (समुदायस्तर) मै पुगिसकेको छ। त्यसैले अब ढिला गर्ने समय नै छैन।

‘अझै पनि आरडिटीबाट परीक्षण गर्नु भनेको ढिला गर्नुमात्रै हो। यो समय खेर फाल्नुमात्रै हो,’ डा. चन्द भन्छन्, ‘आरडिटी भनेको त एकदमै ठूलो मासमा, त्यो पनि समुदायस्तरमा संक्रमण नपुग्दै स्थिति पत्ता लगाउन गरिने जाँच हो, अब बिरामी (संक्रमित) नै पत्ता लगाउने हो भने सिधै पिसिआरमै जाने हो। अररू केही विकल्प छैन।’

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक तथा प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार अब पिसिआर विधिको परीक्षणलाई तत्काल बढाउनुको विकल्प छैन।

भन्छन्, ‘अब यो (उदयपुर, भुल्के) हटस्पट नै भइसक्यो। र्‍यापिड टेस्टले मात्रै भन्दा पनि अब पिसिआर विधिबाटै परीक्षण धेरैभन्दा धेरै बढाउनुपर्ने देखिन्छ।’

उनका अनुसार अब त्यो पूरै जिल्लालाई नै केही दिनसम्मै सिल गरेर पिसिआर परीक्षण नगर्ने हो भने स्थिति झन् भयावह हुनसक्छ। ‘पूरै लकडाउन गर्ने, एरिया सिल गर्ने अनि पिसिआर विधिमा जाने हो, र्‍यापिडले मात्रै अब हुँदैन भन्ने प्रष्ट भइसक्यो,’ डा. प्याकुरेलले भने।

‘कुन व्यक्ति कहाँबाट आए, कति दिनदेखि आएका छन्। सम्पूर्ण व्यक्तिको ट्राभल हिस्ट्री थाहा पाएपछि समुदायमा संक्रमण बढेको हो कि होइन भन्न सकिन्छ,’ डा. देवकोटाले भने, ‘जसका लागि पिसीआर परीक्षणको दायरा बढाउछौं।’

सरकारको बेवास्ता

पाँच दिनमै उदयपुरमा ३० जनामा संक्रमण पुष्टि भइसकेको छ। स्थानीय त्रियुगा नगरपालिकाले पनि भुल्केलाई तत्काल ‘डेन्जर जोन’ घोषणा गर्न माग गरिसकेको छ।

‘यो क्षेत्रलाई तत्काल डेन्जर जोन घोषणा गर्नुपर्‍यो। दक्ष जनशक्ति अनि आवश्यक उपकरण र औषधिसहित कोरोना विशेष अस्पताल तत्कालै बनाउनुपर्छ,’ बुधबार भएको पत्रकार सम्मेलनमा नगरप्रमुख बलदेव चौधरीले भने, ‘यसका लागि तत्काल पहल थाल्न संघीय र प्रदेश सरकारसँग माग गर्दछु।’

सुरुका १३ जनामा संक्रमण पुष्टि हुनासाथ नगरमा पर्याप्त जनशक्ति नभएको बारे उनले संघीय र प्रदेश सरकारलाई जानकारी गराइसकेका थिए। तर, कतैबाट कुनै पहल भएन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब भुल्केमा संक्रमण नियन्त्रणका लागि ‘रणनीति’ तय गर्नुपर्ने बताए। तर, त्यो रणनीति कहिले तय हुने भन्नेबारे केही भनेनन्।

बरू, उनले अलि लामै प्रक्रिया सुनाए। उनका अनुसार पहिला संक्रमण भएको व्यक्तिको डिटेल ट्रेसिङ गर्नुपर्ने हुन्छ।

‘कुन व्यक्ति कहाँबाट आए, कति दिनदेखि आएका छन्। सम्पूर्ण व्यक्तिको ट्राभल हिस्ट्री थाहा पाएपछि समुदायमा संक्रमण बढेको हो कि होइन भन्न सकिन्छ,’ डा. देवकोटाले भने, ‘जसका लागि पिसीआर परीक्षणको दायरा बढाउछौं।’

डा. देवकोटाका अनुसार अहिले कोरोना संक्रमण तेस्रो स्तरमा गएको वा नगएको यकिन नभएकाले परीक्षणको दायरा बढाएर हेरेपछि मात्र यकिन गर्न सकिन्छ। समुदाय लेबलमा गएको हो कि होइन त्यसका लागि परीक्षणमा नै हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यकिनसाथ भन्न परीक्षणमा नै जानुपर्ने हुन्छ।’

समुदायमा ‘ट्रान्समिसन’ भएको खण्डमा थप रणनीति बनाएर जानुपर्ने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय