‘स्वास्थ्य सचिवको आलोचना गर्दा’ पक्राउ परे पूर्वसचिव भीम उपाध्याय

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेका छ। नेपाल प्रहरीको साइबर ब्यूरोले उपाध्यायलाई ललितपुरबाट बुधबार पक्राउ गरेको हो।

स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालालाई सामाजिक सञ्जालमा गाली गरेको अभियोगमा उपाध्यायलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

‘सामाजिक सञ्जाल फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको’ आरोप उपाध्यायमाथि लगाइएको छ। महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा राखिएका उपाध्यायले पछिल्लोसमय प्रधानमन्त्री केपी ओलीलाई लक्षित गरी गम्भीर राजनीतिक टिप्पणी गरेका थिए।

त्यसैगरी, अघिल्लो साता स्वास्थ्य सचिव यादव कोइरालालाई स्वास्थ्य सामग्री खरिद गरेको विषयमा आलोचना गरेका थिए। पूर्वसचिव उपाध्याय र सचिव काेइरालाबीच दाेहाेरी नै चलेकाे थियाे।

प्रहरी स्राेतका अनुसार काेइरालाले उपाध्यायविरुद्ध साइबर अपराधमा कारबाही गर्न निवेदन दिएपछि उनी पक्राउ परेका हुन्।

मंगलबार पनि उपाध्यायले फेसबुकमा स्वास्थ्य मन्त्रालयको गतिविधिबारे टिप्पणी गरेका थिए। उनले स्वास्थ्य मन्त्रालयले डाक्टरलाई दिएको हैरानीका सम्बन्धमा स्टाटस लेखेका थिए।

‘भाइरसले होस् उडाइरहेको बेलामा टेकु प्रयोगशालाबाट स्वास्थ्य मन्त्रालय तानेर कुनै काम नदिइ हल्लाएर राखिएको अर्का भाइरस विज्ञ डा. श्रवणकुमार मिश्र पनि छन्। डा. मिश्र भन्छन्, ‘मलाई एक सातादेखि मन्त्रालय तानिएको छ, किन र केका लागि तानियो थाहा छैन, कतैबाट जवाफ पाएको पनि छैन, देश संकटमा परेको बेला म जस्तोसुकै काम गर्न पनि तयार छु तर काम पाएको छैन,’ उपाध्यायले कुनै सञ्चारमाध्यमको समाचार कोट आफ्नो स्टाटसमा लेखेका छन्।

हेर्नुहाेस् पूर्व सचिव उपाध्याय र सचिव काेइरालाकाे ट्वीट दाेहाेरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय