जिल्ला विपद समितिलाई प्रदेश ५ सरकारको राहत रकम

हेल्थपाेस्ट/बुटवल
प्रकाशित
२०७७ वैशाख १० गते १७:२६

प्रदेश ५ सरकारले जिल्ला विपद व्यवस्थापन समितिलाई राहत रकम दिने निर्णय गरेको छ। बुधबार बसेको प्रदेश ५ सरकारको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो।

मुख्यमन्त्री कार्यालयका अनुसार कोरोना भाइरस जोखिम व्यवस्थापनमा आवश्यक काम गर्न प्रदेश विपद व्यवस्थापन कोषमा रहेको रकमबाट जिल्ला विपद व्यवस्थापन समितिलाई रकम दिने निर्णय भएको छ। निर्णयमा तराईका जिल्लालाई ८ लाख र पहाडी जिल्लालाई ५ लाख रुपैयाँ तोकिएको छ।

यसअघि प्रदेश ५ सरकारले प्रदेशभित्रका स्थानीय तह र जिल्ला समन्वय समितिलाई राहत रकम दिने निर्णय गरेको थिए। विपदको समयमा स्थानीय तह र जिल्लाका निकायसँग सहकार्य गरी प्रदेश सरकारले समन्वय र सहयोगको हात बढाएर नजिक हुने प्रयास गरिरहेको छ।

प्रदेश ५ मा १२ जिल्ला रहेकोमा पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया तराईका जिल्ला र पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान र रोल्पा पहाडी तथा रुकुम हिमाली जिल्लामा पर्दछन्।

त्यसैगरी प्रदेश सरकारले बाल रोग विशेषज्ञ डा. किरणमणि पौडेललाई लुम्बिनी प्रादेशिक अस्पतालमा हाजिर गराई कामकाजमा खटाउने निर्णय गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय