नेपालमा संक्रमितको संख्या ४५ पुग्यो, प्रदेश १ मा मात्र २७

नेपालमा थप तीनजनामा कोरोना संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या ४५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४ , ६० र ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनका अनुसार अहिले संक्रमित तीनैजना क्वारेन्टाइनमा छन्।

लगत्तै, उनीहरूलाई कोशी अस्पतालमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए। त्यस्तै, अहिलेसम्म निको भएर अस्पताल फर्कनेको संख्या सात पुगेको मन्त्रालयले जनाएको छ।

पाटन अस्पतालमा दुई, बाग्लुङ दुई, र धनगढीमा दुई, वीरगन्ज चार र भरतपुरमा दुई र विराटनगरमा २४ जना संक्रमित उपचाररत रहेको उनले बताए। मन्त्रालयका अनुसार तीन संक्रमितलाई विराटनगर कोभिड अस्पतालमा ल्याइने छ।

कोरोनाका आशंकामा हालसम्म पिसिआर र र्‍यापिड टेस्टबाट कूल ४० हजार ४ सय ३१ जनाको नमुना परीक्षण भएको छ । हालसम्म क्वारेन्टाइनमा ८ हजार ५ सय ९५ छन्।

आइसोलेसनमा बुधबार ९५ रहेको मन्त्रालयले जनाएको छ। जसअन्तर्गत् काठमाडौंमा तीन र उपत्यका बाहिर ९२ जना छन्। आजसम्म रेडजोनमा २ सय ६९ रहेको प्रवक्ता डा. देवकोटाले जनाकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय