सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क र एउटा साबुन निःशुल्क

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख १० गते ९:४८

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले नेपालको अग्रणी ईकमर्स प्लेटफर्म प्ले लेस एपसँग सहकार्य गरेको छ।

यस सहकार्यअन्तर्गत् प्ले लेसको कुपन सेक्सनको खल्ती फुडबाट सामग्री खरिद गरी सेलपेबाट भुक्तानी गरे ग्राहकले १० थान मास्क र एकथान साबुन निःशुल्क पाउनेछन्।

विश्वभरि फैलिँदै गरेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्न सरकारले सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरेको हुँदा, यसबेला ग्राहक सुरक्षा र अत्यावश्यक आवश्यकता ध्यानमा राखी प्ले लेस एपले अत्यावश्यक सामग्री ग्राहकको घरमै पुर्‍याउने अनुमति प्राप्त गरेको छ। यसबाट ग्राहकले कोरोना संक्रमणबाट बच्न सामाजिक दुरी कायम गर्न थप मद्दत पुग्नेछ।

यसका साथै भुक्तानी गर्दा नगद कारोबारबाट पनि कोरोना भाइरस संक्रमणको खतरा भएको हुँदा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न प्ले लेस एपको कुपन सेक्नसको खल्ती फुडबाट सामग्री खरिद गर्दा सेलपेका ग्राहकले सेलपेको मोबाइल वा वेब एप्लिकेसनबाट सहज र सुरक्षित माध्यमबाटअग्रिम भुक्तानी गर्न सक्नेछन्।

साथै कोरोना भाइरस संक्रमणबाट जोगिन मास्कको अत्यधिक माग भएकाले सेलपेले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत् ग्राहकलाई मास्क निःशुल्क उपलब्ध गराउने छ। जसका लागि सेलपेका ग्राहकले प्ले लेस एप कुपनबाट खरिद गर्दा सेलपे एपमार्फत् अग्रिम भुक्तानी गरे १० थान मास्क र एकथान साबुन निःशुल्क पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय