एभरेस्ट बैंकले दियो कोरोना राहत कोषमा १ करोड २ लाख

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख १० गते ९:४९

एभरेस्ट बैंकले कोभिड–१९ (कोरोना) राहत कोषमा १ करोड २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ। बैंकले आफ्ना क्षेत्रीय कार्यालयमार्फत् सातै प्रदेशका प्रत्येक सरकारलाई ६ लाख रुपैयाँ र केन्द्रीय सरकारलाई ६० लाख प्रदान गरेको हो।

उक्त रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मण अर्याललाई बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा तथा अन्य प्रतिनिधिले हस्तान्तरण गरेका थिए।

उक्त रकमबाहेक बैंकले कोरोना महामारीविरुद्ध लड्न अन्य विभिन्न संघसंस्थालाई पनि सहयोग गर्दै आइरहेका छ। यसका साथै बैंकले यो महामारी सुरुवातदेखि नै आफ्ना विभिन्न शाखामा भ्रमण गर्ने सम्पूर्ण ग्राहक सुरक्षामा उच्च ध्यान दिँदै आइरहेको छ।

हाल एभरेस्ट बैंकका ग्राहक संख्या बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै ११ लाखभन्दा बढी छन्। एभरेस्टलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो।

हालसम्म बैंकका ९५ शाखा, ३१ राजस्व संकलन काउन्टर र १ सय ३ स्थानमा एटिएम सञ्चालनमा छन्। आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्कमार्फत् एभरेस्टले पेसेवर दक्ष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय