हालसम्म कोरोना संक्रमित भेटिएको छैन :  नर्भिक अस्पताल

थापाथलीस्थित नर्भिक अस्पतालमा कुनै पनि कोरोना संक्रमित नभेटिएको अस्पतालले स्पष्ट पारेको छ । सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन मिडियामा उपचारार्थ एक बिरामीमा आरडिटी परीक्षणमार्फत पोजेटिभ आएको समाचार सही नभएको अस्पतालले जनाएको छ ।

मगंलबार अस्पतालले विज्ञप्ति निकाल्दै बिरामीमा आरडिटी पोजेटिभ भन्ने समाचार गलत रहेको स्पष्ट पारेको हो । ‘सोमबार नर्भिकमा उपचाररत ५० वर्षीया महिलामा कोरोना आशंका भएपछि पिसिआर परीक्षणका लागि वीर अस्पताल पठाइएको थियो,’ विज्ञप्तिमा छ, ‘परीक्षणमा नतिजा नेगेटिभ आएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय