उदयपुरमा थप ११ मा कोरोना संक्रमण, भुल्के बन्यो पहिलो ‘हटस्पट’, पूरै जिल्ला सिल

प्रदेश १ को उदयरपुर त्रियुगा नगरपालिकामा मंगलबार एकै दिन थप ११ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा तीनजना र विराटनगर, धरानमा भएको परीक्षणमा थप आठजनामा संक्रमण पुष्टि भएको हो।

यसअघि एक स्थानीयसहित ११ जना मस्जिदमा बस्नेहरूमा कोरोना देखिएको थियो र अहिले सोही क्षेत्रमा पहिलोपटक मस्जिद वरपरका बासिन्दामा संक्रमण पुष्टि भएको छ।

सुरुमा देखिएका १२ संक्रमितको सम्पर्कमा आएका २ सय ६० जनाको काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा तीनजनाको पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। त्यसैगरी विराटनगरमा ६९ जनाको परीक्षण भएको थियो।

संक्रमितको संख्या २३ पुगेसँगै प्रदेश सरकारले उदयपुरलाई सिल गर्ने निर्णय गरेको छ। नेपालमा कूल संक्रमितको आधाभन्दा बढी अर्थात् २३ जना एकै ठाउँमा भेटिएपछि त्रियुगा नगरको भुल्के कोरोनाको ‘हटस्पट’ बनेको छ।

संक्रमित सबैको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। हाल पुष्टि भएकाको उमेर १८ देखि ५८ वर्ष छ। उनीहरूमध्ये नौजना पुरुष र दुई महिला हुन्।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय