आयुर्वेदले कोरोनासँग लड्ने क्षमता बढाउँछ, तर निको पार्दैन : डा. उपाध्याय

विश्वव्यापी फैलिएको कोरोना भाइरसलाई जडीबुटीले पूर्णरूपमा निको पार्ने सूचना भ्रममात्र भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभागले जनाएको छ।

मगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेदले कोरोनासँग लड्ने क्षमता बढाउने तर पूर्णरूपमा निको नहुने बताएका हुन्।

‘हाम्रो घरभित्र, वरिपरि विभिन्न बहुमूल्य जडीबुटी छन्। जसले रोगविरुद्ध लड्ने क्षमता राख्छ, डा. उपाध्याय भने, ‘तर, यो अर्थ होइन कि कोभिड१९ लाई ठिक पार्छ।’

उनका अनसार आयुर्वेद तथा जडीबुटीले विशुद्धरूपमा शरीरको रोगप्रति लड्ने क्षमता बढाउँछ। जडीबुटीले कोरोना भाइरस निको पार्ने भ्रम नछरी आयुर्वेद विभागसँग सम्पर्क गरेर अनुसन्धानको दायरामा आउन आह्वान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय