प्रदेश ५ मा कोरोना ट्रेसिङ एप सञ्चालन

प्रदेश ५ सरकारले नेपाल कोभिड–१९ ट्रेसिङ एप सञ्चालनमा ल्याएको छ ।

यो एपले कोभिड–१९ का संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको विवरण पत्ता लगाउन मद्दत गर्ने प्रदेश सरकारको विश्वास छ। अफलाइनमा पनि चलाउन मिल्ने र संकलित विवरण अनलाइनमा हुँदा स्वतः अपडेट हुने जनाइएको छ ।

ब्लुटुथमा आधारित भएकाले नियमित इन्टरनेट वा मोबाइल डाटा प्रयोग गरिरहन नपर्ने, अफलाइन र अनलाइन दुवै अवस्थामा चलाउन सकिने मुख्यमन्त्रीले आफ्नो आधिकारी पेजमा भनेका छन् । अफलाइन चलाउँदा संकलित विवरण अनलाइनमा हुँदा स्वतः अपडेट हुने सुविधा रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

‘सिंगापुर, दक्षिण कोरियाजस्ता देशले समेत कोभिड १९ को नियन्त्रणका लागि यो प्रविधि प्रयोग गरिरहेका र भर्खरै मात्र पनि भारतले यो प्रविधिको प्रयोगमा ल्याएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

कोभिड १९ नियन्त्रण एवम् व्यवस्थापनका लागि मात्र यो एप्स प्रयोग गरिनेछ । त्यसैगरी यसको प्रयोग गरिरहँदा प्रयोगकर्ताको सूचना पूर्णतया गोप्य रहने पनि दाबी गरिएको छ ।

एप प्रयोग गर्न जीपीएस लोकेसन तथा संक्षिप्त विवरण पेस गरी लग इन गर्न सकिने केसीले बताए । यो एप प्रदेश ५ मुख्यमन्त्री पोर्टल http://cm.p5.gov.np  बाट डाउनलोड गर्न सकिने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय