नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको सुविधा अब घर-घरमा

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख ९ गते १८:०९

वेस्टर्न युनियन, अन्नपूर्ण ट्राभल एन्ड टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न युनियन मनिट्रान्सफरको होम डेलिभरी सेवा उपलब्ध गराउने घोषणा गरेका छन्।

सरकारले नागरिक सुरक्षाका लागि लकडाउन गरेपछि अन्नपूर्ण ट्राभल तथा हुलास रेमिटान्सले रकम घरमै पुर्‍याउने भएको हो। एजेन्टहरूको होम डेलिभरी सेवाले नेपालका ग्राहकलाई आफ्नो घरबाट बाहिर नगई पठाएको रकम प्राप्त गर्न सकिन्छ।

होम डेलिभरी सुविधा सातै दिन बिहान १० बाट ४ बजेसम्म उपलब्ध हुनेछ। ‘हामी र हाम्रा एजेन्टहरूले पैसा जहाँ र जहिले आवश्यक परेको स्थानमा पुर्‍याउनेछन्, वेस्टर्न युनियन, ग्लोबल नेटर्वकका प्रेसिडेन्ट जीन क्लाउड फराहले भने, एक उद्देश्यद्वारा सञ्चालित ग्लोबल कम्पनीका रूपमा हाम्रो जनादेश विश्वव्यापी समुदायको सेवा गर्ने हो र यसको अर्थ डिजिटल्ली सक्षम समुदायलाई मात्र नभएर अफलाइन समुदायलाई पनि नविनतम तरिकाले सेवा गर्नु हो।’

घरघरमा पैसा डेलिभरी गर्ने नयाँ एजेन्ट सर्भिसको थालनीले नागरिकमा नगदको पहुँच पुर्‍याउने र बैंक खाता नभएकासहित ठूलो संख्यामा ग्राहकलाई वित्तीय सेवा प्रदान गर्ने फहराले बताए।

आफूहरू जिम्मेवारीपूर्वक ग्राहक सेवाकामा तयार रहेको सुनिश्चित गर्न र काममा हरसम्भव प्रयास गर्न प्रतिबद्ध रहेको अन्नपूर्ण ट्राभलका प्रबन्ध निर्देशक नवराज घिमिरेले बताए।

‘हामी बुझ्दछौं अहिले परिस्थिति कठिन छ। यस्तो बेलामा ग्राहकलाई वैकल्पिक समाधान प्रदान गर्न पाउँदा खुशी छौं, हुलास रेमिटान्सका निर्देशक हेमन्त गोल्छाले भने, हाम्रो नयाँ घरघरमा मनि ट्रान्सफर डेलिभरी सेवाले नागरिकमा नगद पहुँच सुनिश्चित गर्दछ र बैंक खाता नभएका सहित सबैलाई वित्तीय सेवा पुग्दछ।’

एकपटक प्रेषकद्वारा पैसा पठाएको जानकारी प्रापकले प्राप्त गरेपछि उनीहरूले अन्नपूर्ण ट्राभल वा हुलास रेमिटान्समा सम्पर्क गरेर नजिकैको शाखा पत्ता लगाउन सक्नेछन्। उक्त अनुरोध एजेन्टका होम डेलिभरी टिमलाई पठाइने छ। एजेन्टका प्रतिनिधिले ग्राहकलाई सम्पर्क गरेर होम डेलिभरी प्रक्रिया अगाडि बढाउन परिचयपत्रको प्रतिलिपि ह्वाट्सएप गर्न र सम्बन्धित सम्पूर्ण जानकारी प्रमाणित गर्न अनुरोध गर्नेछन्।

एकपटक विवरण प्राप्त र प्रमाणित भएपछि, एजेन्ट प्रतिनिधि प्रापकको घरमा रकमसहित पुग्नेछन्। रकम हस्तान्तरण गर्नुअघि एजेन्टका प्रतिनिधिले प्रापकको सक्कली परिचयपत्रसँग प्रमाणित गर्नेछन्। सफल प्रमाणिकरणपछि एजेन्ट प्रतिनिधिले ट्रान्जेक्सन रिसिप्टमा हस्ताक्षर गराएर रकम हस्तान्तरण गर्नेछन्।
कल सेन्टरका नम्बर निम्न छन् :
अन्नपूर्ण ट्राभल : ०१४२२३५३०
हुलास रेमिटान्स : ९८५१०१९९७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय