थप एकमा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप एकजनामा कोरोना भाइरस पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  ३३ वर्षे पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिए । उदयपुरबाट भएको नमुना संकलनको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विपि कोइराला राष्ट्रिय विज्ञान प्रतिष्ठान र कोशी अस्पतालमा परीक्षणको क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

यद्यपी, प्रदेश सरकारले भने ८ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । थप, भेरिफेसनको लागि विपि कोइराला राष्ट्रिय विज्ञान प्रतिष्ठान पठाइएको जनाएको छ ।

संक्रमण देखिएका व्यक्ती उदयपुरमा यसअघि देखिएकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन् । उनीहरुको सम्पर्कमा आएका अन्यमा पनि शंकास्पद भएकाले थप परीक्षण भइरहेको डा देवकोटाले जानकारी दिए। संक्रमितमध्ये ४ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

कोरोना आशंकामा ३ हजार ७ सय १९ को नमुना परीक्षण भएको छ । पिसीआरबाट ८ हजार ७ सय ६३ र र्यापिष्ट टेस्टबाट २७ हजार ९ सय ५६ को परीक्षण भएको छ ।

र्यापिष्ट टेस्टबाट २ हजार ६ सय २०, प्रदेश २ मा ३ हजार ५सय ९८, बागमती प्रदेश ५ हजार १ सय ५७, गण्डकी प्रदेश ४ हजार १ सय ८३ नुमना परीक्षण भएका छन् । त्यसैगरी प्रदेश ५ मा २ हजार ४ सय ८३ , कणाली प्रदेशमा ३ हजार ७ सय ३८, सुदुरपश्चिम प्रदेशमा ६ हजार १ सय १७ र्यापिष्ट टेस्टबाट नुमना परीक्षण भएको छ ।

मगंलबार देशभर क्वारेन्टाइनमा ७ हजार ६७ रहेका छन् भने आइसोलेसन १ सय ७ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय