‘महामारीमा आइएनजिओहरू पनि सरकारसँगै छन्’

नेपालमा काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सञ्जाल अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ (एआइएन) ले कोरोना महामारी सामनाका लागि पूर्वतयारी र प्रतिकार्यमा सरकारसँगको समन्वयमा काम गरिरहेको जनाएको छ।

सरकारले गैर सरकारी संस्थाहरूलाई चालू परियोजनाको २० प्रतिशत बजेट कोरोना महामारी संकट सामनाका लागि खर्च गर्न गरेको आग्रहलाई स्वागत गर्दै एआइएनले सबै गैरसरकारी संस्था त्यसका लागि काममा जुटिसकेको जनाएको छ।

‘थुप्रै गैरसरकारी संस्थाले कोभिड-१९ सम्बन्धी केही परियोजना कार्यान्वयन गर्न थालिसकेका छन्, अरु थुप्रै संस्था कार्यान्वयन गर्ने अन्तिम चरणमा छन् भने केही संस्था दातृ निकायको अनुमोदन पर्खिरहेका छन्,’ एक विज्ञप्ति जारी गर्दै उसले भनेको छ, ‘एआइएन कोभिड-१९ मा पूर्वतयारी र प्रतिकार्यमा सहयोग गर्दा सम्बन्धित मन्त्रालय, समाज कल्याण परिषद र स्थानीय सरकारसँगको समन्वयमा कार्य गर्न प्रतिबद्ध छ।’
एआइएनले सरकारसँगको समन्वयमा अहिलेसम्म महामारी नियन्त्रण तथा रोकथामका लागि देशभरि गरेका काम पनि सार्वजनिक गरेको छ।

महामारी राेकथाम तथा नियन्त्रण र उपचारका लागि एआइएनले गरेका पहल र सहयाेगहरु : 

१. स्वास्थ्य र सरसफाइ क्षेत्रमा सहयोग

एआइएनमा आवद्ध अन्तराष्ट्रिय गैरसरकारी संस्थाले हात धुने अस्थायी केन्द्र बनाउन, स्थानीय सरकारहरुको आग्रह अनुसार क्वारेन्टिन र आइसोलेसन कक्ष बनाउन आवश्यक सामाग्री प्रदानका गर्नुका साथै काठमाडौं र सिराहाका थुप्रैस्थानमा खुट्टाले चलाउन सकिने हात धुने केन्द्र बनाउन सहयोग गरेका छन् । अहिलेसम्म स्वास्थ्य संस्था, स्थानीय र प्रादेशिक सरकारलाई गरी २ हजार वटा पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीई) सेट प्रदान गरिसकेका छन् । त्यस्तै, २ हजार वटा एन–९५ मास्क, ९५ हजार भन्दा बढी सर्जिकल मास्कका साथै हजारौं सुज कभर, अप्रोन र पञ्जा प्रदान गरिएको छ । त्यसैगरी एआइएनमा आवद्ध १५ संस्थाले ४ हजार ५ सय पीपीइ सेटसहित स्वच्छता र मेडिकल सामग्री संयुक्त रुपमा खरिद गर्दैछन् । २ हजार ३ सय पीपीइ सेट यसै साता वितरण गर्न तयारी अवस्थामा छन् । संयुक्त रुपमा खरिद गर्न लागिएको र वितरण गर्न लागिएको पीपीई सेटको कूल मूल्य ६ करोड ५० लाख नेपाली रुपैया छ ।

स्वास्थ्य सेवामा सहयोग गर्न देशभरमा गरी अत्यावश्यक उपकरण जस्तै भेन्टिलेटर, क्वारिन्टीन बेड, म्याट्रेस, कार्डिक मोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, इसीजी मेसिन लगायत वितरण गरिएको छ । एआइएनमा आवद्ध सदस्य संस्थाहरुले हजारौं विपन्न परिवारका लागि साबुन, ह्याण्ड स्यानिटाइजर, मास्कसहितका स्वच्छता सामग्री सहयोग गरेका छन् । साथै, केही संस्थाहरुले प्रादेशिक जन स्वास्थ्य प्रयोगशालामा नमूना संकलन तथा स्वास्थ्यकर्मी र प्रयोगशालाका कर्मचारीलाई पीपीई प्रयोगसम्वन्धि जानकारी दिनका लागि सहयोग गरेका छन् । संस्थाहरुले सरसफाइको क्षेत्रमा काम गर्ने कामदारको स्वास्थ्य, सुरक्षा र मर्यादालाई ध्यानमा राखी सहयोग गरेका छन् । काठमाडौं, किर्तिपुर र ललितपुर तथा केही अस्पतालमा गरी सरसफाइको क्षेत्रमा काम गर्ने कामदारलाई पर्सनल प्रोटेक्टिभ किट प्रदान गरिएको छ ।

तत्कालको राहतका लागि सरकारको निर्देशिका अनुसार विपन्न र लकडाउनबाट सबैभन्दा बढी प्रभावित भएका हजारौं परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ । स्थानीय तहमा बनाइएका क्वारिन्टीन र आइसोलेसन सेन्टरका लागि खाद्य सामग्री सहयोग गरिदैछ ।

२. जोखिमसम्बन्धी सञ्चार

एआइएनमा आवद्ध अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले चैत्र महिनाको सुरुआत देखि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना र सञ्चार केन्द्रले तय गरे बमोजिम सामुदायिक रेडियो, सामाजिक सञ्जाल, माइकिङ र अन्य माध्यमबाट कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेतना अभिवृद्धिका लागि सन्देश प्रवाह गरिरहेका छन् । नेपाली र स्थानीय भाषामा रेकर्ड गरिएका सार्वजनिक सन्देश देशभरका गरी ३ सय वटा सामुदायिक रेडियोबाट प्रसारण भएका छन्, ती सन्देशहरु ७ प्रदेशका गरी झण्डै १ करोड ६५ लाख व्यक्तिमाझ पुगेका छन् ।

रेडियो जिंगलको प्रसारणका साथै रेडियो, राष्ट्रिय र स्थानीय टेलिभिजन तथा सामाजिक सञ्जाल, मोवाइल सेवा र अन्य माध्यमबाट गरिएका चेतनामूलक सन्देश प्रवाह देशभर पु¥याउने कार्य भएको छ । सांकेतिक भाषामा तयार पारिएका सचेतनासम्वन्धि दृश्य सामाग्री समेत प्रसारण भइरहेका छन् । प्रदेश २, ५ र ७ मा गरी झण्डै ६० हजार पम्प्लेट र ११ हजार ५ सय प्रचार सामाग्री स्थानीय निकायलाई प्रदान गरिएको छ । सही सूचना दिन तथा अफवाह रोक्ने उद्देश्यसहित ६ लाख १८ हजार घरपरिवारका लागि मोवाइलमा एसएमएस पठाइएको छ । वैदेशिक रोजगारीमा गएर हालै घर फर्किएका व्यक्तिको परिवार तथा कोभिड-१९ को लक्षण देखिएका व्यक्तिको परिवारलाई लक्षित गरी टेलि–काउन्सिलिङमार्फत् आवश्यक सूचना र जानकारी गराउने व्यवस्था गरिएको छ । यो सेवा झण्डै १० हजार परिवारलाई प्रदान गरिसकिएको छ।

३. सचेतना र स्वास्थ्य सेवाका लागि अग्रपंक्तिमा सामुदायिक स्वास्थ्यकर्मी परिचालन

भारत र अन्य मुलुकबाट घर फर्किएर आउने कामदारको तथ्यांक राख्न, सूचना प्रदान गर्न तथा स्वास्थ्य डेस्कमा ज्वरो नाप्ने व्यवस्थाका लागि स्थानीय सरकारलाई मद्धत गर्नका लागि सामुदायिक स्वास्थ्यकर्मीलाई खटाउने र प्रशिक्षित गर्ने कार्यमा सहयोग गरिएको छ । यी कार्यक्रम खासगरी सीमा क्षेत्र र भारतबाट नेपाल फर्किने कामदारको बढी आवत्जावत् हुने प्रदेश नम्वर ७ मा बढी केन्द्रित गरिएका छन् ।

४. सहायता र सूचना डेस्क

कोभिड १९ सम्वन्धि सूचना दिन मुलुकका विभिन्न भागमा हेल्प डेस्क स्थापना गरिएका छन् भने कतिपय स्थानमा डेस्क स्थापना हुँदैछन् । यी हेल्प डेस्कले हात धुन र सरसफाइका लागि चाहिने आधारभूत स्वच्छता सामग्री वितरण गरिरहेका छन् । साथै, कोभिड-१९ को संक्रमणबाट जोगिन गर्नुपर्ने पूर्वतयारीका लागि स्वच्छता प्रवद्र्धनमा कार्य गरिरहेका छन् ।

५. जीविकोपार्जनका लागि खाद्य सामग्रीसहितको राहत प्याकेज

तत्कालको राहतका लागि सरकारको निर्देशिका अनुसार विपन्न र लकडाउनबाट सबैभन्दा बढी प्रभावित भएका हजारौं परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ । स्थानीय तहमा बनाइएका क्वारिन्टीन र आइसोलेसन सेन्टरका लागि खाद्य सामग्री सहयोग गरिदैछ ।

६. बाल संरक्षण

कोभिड-१९ ले बालबालिकाको अधिकारमा पार्न सक्ने प्रभावप्रति एआइएन गम्भीर चासो व्यक्त गर्दछ । खासगरी सबैभन्दा बढी समस्यामा रहेका र विपन्न परिवारका बालबालिका तथा अभिभावक विहिन बालबालिका (जो विभिन्न संस्था र आश्रय स्थलमा बसिरहेका छन्) उनीहरु अहिलेको अवस्थाबाट बढी मात्रामा प्रभावित भएको र यो संकटका कारण आगामी महिना र वर्षहरुमा प्रभावित हुन सक्ने एआइएनले महसुस गरेको छ। शिक्षा र बाल संरक्षणको क्षेत्रमा विशेषज्ञता भएका एआइएनका सदस्य संस्थाहरुले अपांगता भएका बालबालिकासहित सबै खाले बालबालिकालाई केन्द्रित गरी कार्यक्रम गर्दैछन् । यस बिषयमा सूचना, शिक्षा र सञ्चार (आइइसी) सामग्री र पम्प्लेटहरु स्थानीय सरकारको सहयोगमा वितरण गरिएका छन् ।

One thought on “‘महामारीमा आइएनजिओहरू पनि सरकारसँगै छन्’

  1. Good. Thank you healthpost.com for coverage. Most of the media are critical towards INGOs even in good work.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय