धर्म गुरुहरू भन्छन्- ‘भाइरस कुनै धर्मको होइन, सबैले नियम पालना गरौं’

नेपालमा भेटिएका कोरोना भाइरस संक्रमित ३१ मध्ये १४ जना भारतीय नागरिक छन्। उनीहरू सबै मुस्लिम समुदायका हुन्। र, सबैजना नेपालकै मस्जिदमा भेटिए।

११ जना उदयपुरको मस्जिदमा बसिरहेका भेटिए भने तीनजना वीरगन्जको एउटा मस्जिदमा।

उनीहररू सबै केही महिना पहिला नै नेपाल आएका हुन् र विभिन्न मस्जिदको धार्मिक यात्रामा थिए।

योसँगै नेपालमा पनि मस्जिदहरूमा विशेष निगरानी बढाउन थालियो। ठाउँठाउँका मस्जिद क्षेत्र ‘सिल’ गरियो।

भारतमा मरकजमा भेला भएका जमातीहरूबाट कोरोना भाइरस संक्रमण फैलावट तीव्र भएपछि त्यसको प्रभाव पनि नेपालमा देखिएको छ।
वीरगन्जको एउटा मस्जिदमा बसिरहेका भारतीयलाई संक्रमणको पुष्टि भएपछि त्यो एरिया सिल गरियो।

प्रहरीको कडाइकै बीच पर्साको बहुदरमाई नगरपालिका ९ को विश्रामपुरमा शनिबार राति दुई पक्षबीच झडप नै भयो। झडपमा सातजना घाइते भए। दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीयका अनुसार विश्रामपुरस्थित एउटा मस्जिदमा केही अपरिचित मानिस बसेका थिए। त्यही विषयमा दुई पक्षबीच झडप भएको हो।

यद्यपि, नेपालमा भेटिएका संक्रमित भारत नयाँदिल्लीको त्यही भेलामा सहभागी भएका भने होइनन्।

तर, पनि यहाँ मुस्लिम, मस्जिद र मुस्लिम समुदायमाथि नै विशेष निगरानी हुन थालेपछि ‘धार्मिक सद्भाव नखलबल्याउन’ धार्मिक गुरुहरूले अपिल गरेका छन्।

मुस्लिम धर्मगुरु एवं राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका धनुषा अध्यक्ष मोहम्मद इजरायल अहमद रिजवी सरकारलाई शंका लागे मदरासा, मस्जिद र घर खानतलासी गर्नुपर्ने बताउँछन्।

‘कोरोना भाइरस सबैको दुश्मन बनेर आएको छ, सुरक्षित भएर बस्नु अहिलेको प्राथमिकता हो,’ रिजवीले भने।

धर्मगुरु मोहम्मद मोफती सौकत धर्म र सम्प्रदायमा नपरी एकजुट भएर लड्नुपर्ने बताउँछन्। कोरोनाविरुद्धको लडाइँमा आफूहररू सरकार र प्रशासनको साथमा रहेको उनले बताए।

‘अहिलेको अवस्थामा सबैले लकडाउन पालना गर्नुपर्छ नमाज, पूजा प्रार्थना सबै आफनो मस्जिद, मन्दिर नगई आफ््नो घरमै पढ्नुपर्छ,’ उनले भने, ‘अहिलेको संकटका बेला कुनै पनि धर्म र धर्मग्रन्थले मन्दिर मस्जिदमै गएर नमाज वा प्रार्थना गर्नू भनेको छैन।’

‘मस्जिदमा लुकेर बसेकाहररूसँग हाम्रो भेट छैन, जानेका पनि छैनौं, उनीहरु को हुन् कसरी यहाँसम्म आइपुगे हामीलाई केही थाहा छैन्,’ उनले भने,‘कोरोना संक्रमित मानिस मस्जिदमा लुकेर बसेको सुनेको छु, त्यस्तालाई तत्काल नियन्त्रणमा लिनुपर्दछ।’

बाहिरबाट आएका संक्रमितले यहाँ पनि कोरोना फैलाउने काम गरेको सुनेपछि दुःख लागेको उनी बताउँछन्। ‘मस्जिद पवित्रस्थल हो, यहाँ आएर मानिस अल्लाहलाई सम्झने गर्दछन्,’ उनले भने, ‘जाँच गराउन हुन्नँ भनेर कुनै धर्मले भनेको छैन, मुस्लिम धर्मले पनि भनेको छैन।’

हेल्थपोस्टनेपालसँग कुरा गर्दै नेपालगन्ज निवासी केन्द्रीय हज कमिटीका निवर्तमान अध्यक्ष तथा मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले मुस्लिम समुदायका धर्मावलम्बीलाई घरमै बसेर नमाज पढ्न भनिएको बताए।

‘अहिलेको अवस्थामा सबैले लकडाउन पालना गर्नुपर्छ नमाज, पूजा प्रार्थना सबै आफनो मस्जिद, मन्दिर नगई आफ््नो घरमै पढ्नुपर्छ,’ उनले भने, ‘अहिलेको संकटका बेला कुनै पनि धर्म र धर्मग्रन्थले मन्दिर मस्जिदमै गएर नमाज वा प्रार्थना गर्नू भनेको छैन।’

अन्नत धार्मिक सदभाव मञ्चका सचिव तथा शिख समुदायका धर्मगुरु राजेन्द्रसिहं सरदारले कोरोना भाइरस संक्रमणबाट आफू बच्न र सिंगो समाजलाई बचाउन घरभित्रै बस्न अपिल गरे।

‘यो बेला कुनै धार्मिक कट्टरता देखाउने समय होइन। अहिले जाति, समुदाय र धर्मभन्दा माथि उठेर मानवता देखाउने बेला हो,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय