कोभिड-१९ रोकथाम अभियान प्रभावकारी पार्न स्वास्थ्य विज्ञ एवं नागरिक अगुवाको ६ बुँदे सुझाब

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष, स्वास्थ्य विज्ञसहित नागरिक अगुवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण अभियानलाई प्रभावकारी पार्न ६ बुँदे सुझाब दिएका छन् । सोमबार एक विज्ञाप्तिमार्फत् उनीहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रयोगशाल परीक्षण, उपचार सामग्री खरिदमा भएको अनियमितता छानविन, स्वास्थ्यकर्मीको सुरक्षा तथा मनोवल बढाउन सरकारको ध्यानार्षण गराएका हुन् ।

उनीहरुले लकडाउनका कारण विपन्न वर्गको दैनीक जीवनयापन नै धौधौको अवस्थामा परेको भन्दै राहतका लागि समेत सरकारसँग माग गरेका छन् । य
यसरी ध्यानाकर्षण गराउँनेमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्षहरु डा. केदारनरसिंह केसी, डा. चोपलाल भुषाल, डा. अन्जनीकुमार झा, डा. मुक्तिराम श्रेष्ठसहित स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशकहरु डा. लक्ष्मीराज पाठक, डा. राजेन्द्र पन्तसमेत छन् । ध्यानकर्षण पत्र गराउनेमा बरिष्ठ पत्रकारहरु युवराज घिमिरे, तारानाथ दाहाल र नागरिक अगुवाहरु डा. चरण प्रसाई, मोहन ज्ञवाली, शिवहरी नेपाल छन् ।

विज्ञप्ति जारी गर्ने मध्येका एक सदस्य एवं चिकित्सक संघका पूर्व अध्यक्ष डा. केसीले सरकार नागरिकलाई राहत दिन, विश्वासनीय प्रयोगशाल परीक्षणको व्यवस्था गर्न र स्वास्थ्य जनशक्तिको मनोवल बढाउँनसमेत चुकेको बताए ।

विज्ञप्ति जारी गर्ने मध्येका एक सदस्य एवं चिकित्सक संघका पूर्व अध्यक्ष डा. केसीले सरकार नागरिकलाई राहत दिन, विश्वासनीय प्रयोगशाल परीक्षणको व्यवस्था गर्न र स्वास्थ्य जनशक्तिको मनोवल बढाउँनसमेत चुकेको बताए ।

उनले यापिड परीक्षणको विश्वसनीयतामा विज्ञले प्रश्न उठाइरहेको अवस्थामा पिसिआर परीक्षण बृद्धि, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानविन र स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा उपचारमा सरिक हुने वातावरण बढाउँन सरकारले तत्काल ध्यानाकर्षण नदिए कोरोनाविरुद्धको लडाई जित्न नसकिने टिप्पणी गरे ।

पिसीआर विधिबाट परीक्षणको दायरा तत्काल बढाउन, कोरोनाको उपचारमा खटिएका सबै स्वास्थ्यकर्मीलाई छुट्टै सुरक्षित र सुविधासम्पन्न स्थानमा बस्ने व्यवस्था मिलाउनुलगायतका सुझाव उनीहरूले दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय