बाजुरामा भारतबाट आएका एकजनामा कोरोना आरडिटी पोजेटिभ

सुदुरपश्चिम बाजुरामा एकजनामा  -यापिड परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलले नगरपालिकाको ९ नम्बरमा एक जनामा भाइरस पोजेटिभ देखिएको जानकारी दिए ।
एक महिनाअघि भारतबाट आएका उनको र्यापिड टेस्ट गर्दा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएपछि उनलाई सदरमुकाम मार्तडीमा आइसोलेशनमा राखिएको रावलले जानकारी दिए । उनका अनुसार पिसिआर परीक्षणका लागि नमूना बाहिर पठाइएको छ ।

नगरले विदेशबाट आएकालाई घरैमा आइसोलेसनमा बस्न यसअघि नै नगरपालिकाले आग्रह गरिसकेको थियो । उनले पोजेटिभ देखिन थालेपनि स्थानीय स्वास्थ्य संस्थामा पिपिई पनि नभएको बताए । सरकारले १ सय ४० थान किट उपलब्ध गराएपछि नगरपालिकाले बैशाख ३ गतेबाट सबै वडामा स्वास्थ्य परिक्षण शुरु गरेको थियो ।
नगरले भारतबाट आएका १८ जना १४ दिनको क्वारेन्टाइन पुरा गरेर घर फर्किसकेका छन ।

नगरपालिकाले मुख्य नाका मौरेको झोलुङ्गे पुल नजिक हेल्थडेस्क राखेको जानकारी दिएको छ ।

नगर प्रमुखले नगरमा कार्यकारी नहँुदा काम गर्न समस्या भएको बताएका छन। उनले नगरपालिकाका कार्यकारी प्रमुख बिना कुनै सुचना चैत्र १० गतेबाट कार्यालय उपस्थित नभएको बताए ।
९ वटा वडा रहेको त्रिवेणी नगरपालिकाले नगरभित्रका गरीब विपन्न, र दैनिक ज्यालादारी गरेर खानेहरुलाई पहिलो चरणको राहात उपलब्ध गराइसकेको र ८ नम्बर बाँकी रहेको जानकारी दिएको छ। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी भन्दै नगरपालिकाले ८६ लाख ३० हजारको उपचार कोष स्थापना गरेको छ।

विपद व्यवस्थापनका लागी भन्दै अन्य आयोजना रद्द गरेर नगरले कोष स्थापना गरेको हो कोषमा १४ लाख ३० हजार प्रदेश सरकारले सहयोग गरेको छ। भाइरस देखिएपछी गाउ आतंकित बनेको भन्दै नगरबासिलाई संयमता अपनाउन मेयरले आग्रह गरेका छ्न। संक्रमण फैलिन नदिन लकडाउनमा कडाइ गरी सर्वसाधारणलाई घरभित्रै बस्न अपिल गरिरहेका छौ, जनचेतना जोगाउने कामलाई निरन्तरता दिइ सबैको स्वास्थ्य परिक्षणमा जोड दिन्छौं नगर प्रमुख रावलले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय