क्वारेन्टाइनमा रहेका वडाध्यक्षको र्‍यापिड टेस्ट पोजिटिभ

धनुषाको क्वारेन्टाइनमा रहेको एकजना वडाध्यक्षको आरडिटी रिपोर्ट पोजिटिभ आएको छ। धनुषाको जनकनन्दनी गाउँपालिकाका एकजना वडाध्यक्ष वडाध्यक्षको रिपोर्ट पोजिटिभ आएको हो।

उनी चैत २४ गतेदेखि खजुरीस्थित क्वारेन्टाइनमा थिए। सोमबार गरिएको आरडीटी परीक्षणमा पोजिटिभ देखिएको खजुरी हेल्थपोस्ट ईञ्चार्ज अयोधिप्रसाद साहले बताएका छन् ।

साहले सोमबार तीनजनाको आरडीटी परीक्षण भएकोमा दुईजनामा निगेटिभ र एकजनामा पोजिटिभ देखिएको जानकारी दिए । आरडीटी पोजिटिभ देखिएका वडाध्यक्षलाई स्वाब परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ । उनी २२ चैतमा भारत मधुबनीबाट गाउँ फर्केका थिए ।

भारतमा कोरोना संक्रमण बढिरहेको बेला गाउँ फर्किएपछि स्थानीयवासीले उनलाई क्वारेन्टाइनमा राख्न प्रहरीमाथि दबाब दिएका थिए । स्थानीयको दबाबपछि प्रहरीले उनलाई क्वारेन्टाइनमा राख्न लगाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय