कोरोना रोकथाममा सरकारी तयारी र प्राथमिकता

नेपालसहित संसार नै अहिले कोभिड-१९ को महामारीसँग लडिरहेको छ। हामी रोगको रोकथाम र नियन्त्रणमा लागिरहेका छौं। सरकारले नाकाहरू बन्द गरेलगत्तैदेखि मन्त्रालयले कामलाई अझै गति दिएर परीक्षणको दायरा बढाउन थालको छ।

परीक्षण पहिलो प्राथमिकता

कोरोनाका संक्रमितहरू नेपालमा देखिन थालेसँगै नेपाल सरकारले परीक्षणलाई प्राथमिकता राखेरै यसको दर र दायरा बढाउँदै आएको छ। अहिले परीक्षण विधिमा केही ‘कन्फ्युजन’ को कुरा आइरहेको छ। सरकारको पहिलो नीति पिसिआर परीक्षणको दायरा बढाउँदै लाने नै हो। त्यो अनुसार नै हामीले सबै प्रदेशमा कम्तीमा १४ ठाउँबाट पिसिआर परीक्षण गरिरहेका छौं। तर, विदेशबाट आएका नागरिकहरू जति पनि क्वारेन्टाइनमा रहेका छन्, १४ दिन पुगेको अवस्थामा हामीले र्‍यापिड टेस्टबाट नै जानुपर्छ। विज्ञहरूको छफलफबाट निष्कर्षमा पुगेर काम गरेका छौं।

पछिल्लो एक हप्तालाई हेर्ने हो भने परीक्षणको दायरा दोब्बर बढाउने काम गरेका छौं। कोरोना संक्रमण प्रभावित भएको सुदूरपश्चिमका जिल्लाहरूबाट र्‍यापिड टेस्टलाई आगाडि बढायौं। र्‍यापिड टेस्टमा पोजेटिभ आएकाको पिसिआर गर्दै आएका छौं।

अहिलेसम्म बाहिरबाट आएको मात्र केस देखिएको छ। सम्पर्कमा एउटा केस एउटामात्र हो। परिवारको सदस्यमा सरेको भेटिएको छ। समुदाय तहमा केस नसरेको हुनाले अहिलेको प्राथमकिता परीक्षणमै रहेको छ। सुरूमै भर्खरै  लक्षण लिएर आएका छन् भने उनीहरूको पिसिआरबाट नै परीक्षण गरिन्छ। क्वारेन्टाइनमा रहेका सबै नमूना लिँदा र्‍यापिड टेस्टबाट परीक्षण गरिन्छ भने पुन: परीक्षणको लागि पिसिआरमा जाने गरेका छौं।

जहाँसम्म र्‍यापिड परीक्षणको कीटको सन्दर्भमा पनि अहिले विश्व स्वास्थ्य संगठनले मान्यता नदिएपछि हामीले चलाएको कीट चीनको सरकारले मान्यता दिएको १७ वटा कम्पनीको सूचीभित्र पर्छ।

पिसिआर र र्‍यापिड टेस्टको कन्फ्युजन

अहिले र्‍यापिड परीक्षण र पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ र नेगेटिभ किन अन्तर छ भनेर कन्फ्युजन पनि भइरहेको छ। मानिसको शरीरमा भाइरस प्रवेश गरेको ४–५ दिन नभई शरीरले एन्टीबडी बनाइहाल्दैन। त्यो बनाएको हुनाले पहिलो हप्तामा पिसिआर टेस्ट पोजेटिभ आउने र पछि विस्तारै नेगेटिभ आउन सक्छ। १४ दिन क्वारेन्टाइन भइसकेकाहरूमा केही कारण बाहिरबाट ल्याउनुभएको छ कि भनेर र्‍यापिड टेस्टलाई लागू गरिएको हो। संक्रमित नयाँ छन् भने ३–४ दिनदेखि सुख्खा खोकी लागेको छ, ज्वरो आएको खण्डमा हामी पिसिआर परीक्षण नै गर्छौं।

१४ दिन क्वारेन्टाइनमा बसेकाहरूलाई घर कसरी पठाउने भन्नु अगाडि संक्रमणको आशंकाका लागि र्‍यापिड टेस्ट गर्छौं। संक्रमण प्रमाणित भएर रिकभरी फेजमा एन्टीबडी आउँदै–जाने हुनाले सुरूमा आइजीएम र पछि आइजीजी एन्टीबडी आउँछ ।

आइजीजी एन्टीबडी लामो समयसम्म रहने हुन्छ। यसले के देखाउँछ भने पहिला नै संक्रमण भएकाहरुमा पनि र्‍यापिड गर्दा पोजेटिभ देखाउँछ। यसकारण दुवै परीक्षणबाट जान सकियो भने क्वारेन्टाइनमा भएका जो व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूलाई लामो समयसम्म क्वारेन्टाइनमा राख्न नपर्ने हुन्छ। त्यसकारण १४ दिनदेखि २१ दिनसम्ममा र्‍यापिड टेस्ट गरेर नेगेटिभ भएपछि संक्रमण छैन भने घर फर्काउने हो। र्‍यापिडमा पनि नेगेटिभ आएका १० प्रतिशतमा हामीले पिसिआर गर्दै आएका छौं।

जहाँसम्म र्‍यापिड परीक्षणको कीटको सन्दर्भमा पनि अहिले विश्व स्वास्थ्य संगठनले मान्यता नदिएपछि हामीले चलाएको कीट चीनको सरकारले मान्यता दिएको १७ वटा कम्पनीको सूचीभित्र पर्छ।

उपचारको तयारी

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको कामलाई व्यवस्थित गर्न उच्चस्तरीय समिति बनाएको छ। त्यसको निर्णय कार्यान्वयनका लागि मन्त्रालयको प्रतिनिधि भएर सिसिएमसी छ। उच्चस्तरीय समितिको निर्णयअनुसार विज्ञहरूको छलफल भएर के गर्ने निष्कर्ष निकाल्ने र सोअनुसार कार्यान्वयनमा जाने गरिएको छ।

उपचारका सन्दर्भमा पनि अहिलेसम्म थोरै संक्रमित आएकोले सबैलाई आइसोलेसनमा राखिएको छ। आइसोलेसनमा राखेकाहरूलाई भोलि गम्भीर अवस्था भयो र आइसियुमा राख्नुपर्ने अवस्था आउनसक्छ कि भने जनशक्तिको व्यवस्था गरेका छौं। उपत्यकाभित्र कोरोनाका कति बिरामी आउँदा कहाँ उपचार गर्ने भन्नेमा मन्त्रालयको स्पष्ट तयारी छ। बिरामीको संख्या बढ्दै गएको अवस्थामा अहिलेका प्रमुख अस्पताल वीर, त्रिवि शिक्षणमा अन्य बिरामीको उपचार गरेर, पाटन अस्पताललाई पूर्णरूपमा कोरोना अस्पताल बनाएर पनि उपचार गर्ने भन्ने मन्त्रालयको तयारी छ। यही तहको तयारी उपत्यकाबाहिर पनि छ। जनशक्तिको सन्दर्भमा पनि मन्त्रालय सबै विकल्पमा छलफल र तयारी गरिरहेकै छ। जनशक्ति कम भएका र संक्रमण बढी देखिएको सुदूरपश्चिम, प्रदेश २ र बाग्लुङमा केन्द्रीय जनशक्तिलाई परिचालन गरिएको छ।

हामीसँग सघन उपचारका लागि भएका आइसियु भेन्टिलेटर पनि कमी हुनसक्छ भनेर हामी भेन्टिलेटर किन्न तयार छौं, तर, मार्केटमा अभाव छ।

पिपिईआइसोलेसन र क्वारेन्टाइन

लकडाउनपछि यो प्रकोपसँग लड्नका लागि क्वारेन्टाइन र आइसोलेसनको तयारी चाहिन्छ। उपचारका सन्दर्भमा पनि अहिले कोरोनाका लागि छुट्टै अस्पताल चाहिन्छ भन्नेमा हामी सहमत छौं। अहिले पनि आइसोलेसन वार्ड कति व्यवस्थित गर्ने सकिन्छ भनेर राज्य छिटो छरितो रुपमा लागेको छ।

अहिले भएकौं अस्पतालहरूलाई पनि कोभिड अस्पताल, नन कोभिड अस्पताल भनेर छुट्याएका छौं। सोही आधारमा जनशक्ति कसरी परिचालन गर्न सकिन्छ भनेर नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल सबैसँग छलफल गरेर अगाडि बढाएका छौं।

स्वास्थ्यकर्मीको सुरक्षाको लागि चाहिने पिपिइको सामान पर्याप्तमात्रामा ल्याउन नसकेको अवस्था छ। आज–भोलिमा केही सामान आउने प्रोसेसमा छ। यस्ता सामाग्रीहरू संसारभर नै कम छ। अन्य देशहरूले नपाएको अवस्थामा हामीले छिटो छरितो पाउने भन्ने कुरा गाह्रो छ। तैपनि स्वास्थ्य मन्त्रालयले जहाँबाट पनि जसरी स्वास्थ्यकर्मीलाई सामान उपलब्ध गराइरहेको छ।

हामीसँग सघन उपचारका लागि भएका आइसियु भेन्टिलेटर पनि कमी हुनसक्छ भनेर हामी भेन्टिलेटर किन्न तयार छौं, तर, मार्केटमा अभाव छ।

कोरोना रोकथाम कार्य र लकडाउन

अहिले पनि लकडाउन लगाउने निर्णय सरकारले गरेको हो। सबै खालका अवस्था सन्दर्भ र परिस्थितिको विश्लेषणबाटै राज्य यो निष्कर्षमा पुग्छ। यसको निर्धारण स्वास्थ्य मन्त्रालयले गर्ने होइन। विश्वका शक्तिशालीले गरेका त्रुटि वा कमजोरीलाई हामीजस्ता देशहरूले दोहर्‍याउन भएन। सरकारले वैशाखको १५ सम्म राज्यले लकडाउन गरेको छ।

लकडाउन १६ गतेबाट खुल्छ भन्न सकिने अवस्था अहिले पनि होइन। लकडाउन गरेर पनि एकैपटक सामान्य अवस्था फर्किँदा झन् बढी क्षति हुनसक्छ। तर, विस्तारै खोल्दै गएको अवस्थामा पनि अन्य राज्यले जति क्षति व्यहोरेका छन् त्यो अवस्थाबाट पनि हामीले सिक्नुपर्छ।

लकडाउनसम्बन्धी नीति र रणनीतिहरू पनि रोगको संक्रमण अवस्था, महामारीको परिस्थिति र अन्तर्राष्ट्रिय सन्दर्भबाट निर्धारित हुनेछ। अहिले आम नागरिकले सरकारले गरेको घरैमा बसौं भन्ने आह्वानलाई मानेर नेपालमा भयावह अवस्था आउन नदिने प्रयासमा सहयोग पुर्‍याउने समय हो।

(डिबेट फर नेपालले आयोजना गरेको भिडियाे कन्फरेन्समा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेलले व्यक्त गरेका विचारको सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय