जामे मस्जिदका धर्मगुरुलाई क्वारेन्टाइन पठाइयो

हेल्थपोस्ट नेपाल

झापाको बिर्तामोडको जामे मस्जिदमा बस्दै आएका नौजना (धर्मगरु) भारतीय नागरिकलाई क्वारेन्टाइनमा पठाइएको छ। उनीहरूलाई नेपाली सेनाले रेखदेख गरिरहेको भद्रपुर नगरपालिकाको कलवलगुडी क्वारेन्टाइनमा राखिएको छ।

स्थानीयले मस्जिदमा रहेकाहरूबाट कोरोना संक्रमण फैलनसक्ने भन्दै असन्तुष्टि जनाएपछि बिर्तामोड नगरपालिकाको पहलमा क्वारेन्टाइनमा हो।
आइतबार क्वारेन्टाइनमा लगिएका सबैको आरडिटी परीक्षण गरिएको र सबैको नेगेटिभ रिपोर्ट आएको बिर्तामोड नगरपालिकाका कोरोना संक्रमण रोकथाम संयोजक ओम खड्काले जानकारी दिए।

त्यसैगरी दमक नगरपालिका–६ को जामे मस्जिदमा बस्दै आएका ११ भारतीय धर्मगुरुसहित १४ को आरडीटी परीक्षण गरिएको छ। आरडिटी परीक्षणको रिपोर्ट नेगेटिभ आएको र उनीहरू मस्जिदमा नै सेल्फ क्वारेन्टाइनमा बसेको दमक नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिइन्।

बिर्तामोड र दमकको जामे मस्जिदमा २० जना भारतीय नागरिक बस्दै आएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *