झापाका मुख्य दुई मस्जिदमा १८ भारतीय धर्मगुरू, ७० मस्जिदमा प्रहरी निगरानी

झापा प्रहरीले जिल्लाका ७० मस्जिदमा सुरक्षा निगरानीमा बढाएको छ। झुल्के मस्जिदमा बस्दै आएका मुस्लिम समुदायका १३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि झापाका सबै मस्जिदमा निगरानी बढाइएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उदयपुर त्रियुगा नगरपालिका–३ मा रहेको मस्जिदमा १३ जना संक्रमित फेला परेपछि जिल्लामा सतर्कता बढाइएको हो।

झापाका बिर्तामोड र दमक नगरपालिकामा दुई ठूला मस्जिद छन्। ती मस्जिदमा मुस्लिम समुदायका २० धर्मगुरु छन्। तीमध्ये १८ भारतीय नागरिक भएको झापा प्रहरीले जानकारी दिएको छ।

ठूला मस्जिदमा भारतीय धर्मगुरू बसेको भेटिएपछि प्रहरीले निगरानी बढाएको हो। ती मस्जिदमा बस्ने सबै धर्मगुरुको स्वास्थ्य परीक्षण गर्न सुरू गरिएको छ।

उनीहरूको आरडिटी परीक्षण गरिएको कोरोना रोकथाम तथा नियन्त्रण समिति झापाका सचिव जीवन चौलागाईंले बताए। तर, परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

झापा प्रहरीका अनुसार बिर्तामोडको मामे मस्जिद मुनवारमा नौ र दमकमा ११ मुस्लिम समुदायका धर्मगुरु छन्। चौलागाईंले दमकमा रहेका मस्जिदमा बस्ने धर्मगुरुसहित तीन कर्मचारीको पनि स्वास्थ्य परीक्षण गरिएको बताए।

झापामा ७० मस्जिद र ४९ मदरसा छन्। जिल्लामा रहेका सबै मस्जिद र मदरसा सञ्चालकसँगको समन्वयमा धार्मिक कर्म अहिले बन्द गराइएको बिर्तामोडस्थित जामे मस्जिदका सचिव एजाज अहमदले बताए।

मस्जिदमा आउनेलाई धर्मप्रतिको विश्वास, नमाज पढ्न सिकाउने, ध्यान, आचरण शिक्षा, दायित्व, कर्तव्यबारे धर्मगुरुहररूले सिकाउने गरेको एजाजले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय